09
Dec
सरकारले विभिन्न विकास परियोजनाका लागि प्राप्त १४ अर्ब १५ करोड सहुलियतपूर्ण ऋण र एक अर्ब १९ करोड अनुदान स्वीकार गरेको छ । मन्त्रिपरिषद्का पछिल्ला दुई बैठकले उक्त रकम स्वीकार गर्ने निर्णय लिएको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिए । मन्त्रिपरिषद्ले गरेका निर्णयहरू सार्वजनिक गर्न बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री गुरुङले दिएको जानकारीअनुसार सरकारले एसियाली विकास बैंक र विश्व बैंकबाट उक्त रकम विभिन्न परियोजना सञ्चालनका लागि स्वीकार गरेको हो । मंसिर १५ गते बसेको मन्त्रिपरिषद्को बैठकले प्राथमिकता प्राप्त नदी बेसिन बाढी जोखिम व्यवस्थापन आयोजनाका लागि एसियाली विकास बैंकबाट प्राप्त हुने ४० मिलियन अमेरिकी डलर अर्थात् करिब…
