09
Dec
प्रधानमन्त्री एवं अध्यक्ष केपी ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालसँग पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसँगको सहकार्य तोडेर दुई अध्यक्षबीच सहकार्यको प्रस्ताव गरेका छन् । तर, कार्यकारी अध्यक्ष दाहालले समीकरण बनाउने र भत्काउनेभन्दा सबै समस्याको समाधान जारी स्थायी कमिटी बैठकबाट खोज्नुपर्ने अडान राखेका छन् । दुवै अध्यक्षका प्रस्ताव र पत्रको अध्ययन तथा अनौपचारिक छलफलका लागि स्थायी कमिटी बैठक एक साता स्थगित भएकै बेला नेकपा अध्यक्षद्वय ओली र दाहालबीच बुधबार भेटवार्ता भएको थियो । यही भेटमा ओलीले नेपालसँगको सहकार्य तोड्न दाहालसँग आग्रह गरेका हुन् । नेकपा विवाद झन्डै बहुमत–अल्पमतमा प्रवेश गरिसकेको अवस्थामा ओलीले दाहाल–नेपाल समीकरण भत्काउने प्रयासस्वरुप सहकार्यको प्रस्ताव अगाडि सारेको नेकपाका नेताहरुले विश्लेषण गरेका…
