कलंकीमा मालबहाक ट्रक दुर्घटना, १ को मृत्यु, ६ जना घाइते

थानकोटबाट कलंकीतर्फ आउँदै गरेको मालबहाक शुक्रबार साँझ ट्रक ब्रेक फेल भई दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी ६ जना घाइते भएका छन् ।

प्रदेश -२- ०३००१ ख १४२० नम्बरको मालबहाक ट्रक ब्रेक फेल भई दुर्घटना भएको ट्राफिक प्रहरी निरीक्षक पुरुषोत्तम कार्कीले जानकारी दिए । कार्कीका अनुसार मृतकको शव निकालिएको छ । मृतकको पहिचान खुलिसकेको छैन ।

घाइतेमध्ये ३ जनाको अवस्था चिन्ताजनक छ ।

ट्राफिक प्रहरी निरीक्षक कार्कीका अनुसार घटनास्थलमा क्रेन लगेर दुर्घटना भएको ट्रक तानिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *