30
Dec
चिनियाँ कम्पनी सिनोफार्मले बनाएको कोरोना खोप ७९ प्रतिशत प्रभावकारी देखिएको दाबी गरिएको छ । तेस्रो चरणको चिकित्सकीय परीक्षणमा खोपको प्रभावकारिता ७९ प्रतिशतसम्म देखिएको कम्पनीले बुधबार जनाएको छ । फाइजर र बायोएनटेकले संयुक्त रुपमा र मोर्डनाले बनाएको कोरोना खोपभन्दा सिनोफार्मको कोरोना खोपको प्रभावकारिता भने कम देखिएको छ । फाइजर–बायोएनटेकको प्रभावकारिता ९५ प्रतिशतसम्म र मोडर्नाको ९४.४ प्रतिशत प्रभावकारिता देखिएको थियो । त्यस्तै अक्सफोर्ड–एस्ट्राजेनेकाको कोरोनाविरुद्ध खोपको प्रभावकारिता ९० प्रतिशत रहेको दाबी गरिएको छ । चीनले पहिलो पटक कोरोना खोपको प्रभावकारिताबारेको तथ्यांक सार्वजनिक गरेको हो । चिनियाँ सरकारको स्वामित्वमा रहेको सिनोफार्मको कोरोना खोप चीनमा आपत्कालीन प्रयोगका रुपमा हजारौं नागरिकलाई दिइसकेको दाबी गरिएको छ । आपत्कालीन प्रयोगबमोजिम १० लाखभन्दा बढी…
