28
Dec
सरकार र उखु किसानबीच सोमबार सहमति भएको छ । सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि मन्त्रालय , गृहमन्त्रालय र आन्दोलनरत उखु किसान संघर्ष समितिबीच सम्झौता भएको हो । सहमतिअनुसार किसानलाई भुक्तानी गर्नुपर्ने बक्यौता रकम सरकारले सम्बन्धित उद्योगहरुबाट २१ दिनभित्रमा उपलब्ध गराउनेछ । तोकिएको म्यादभित्र बक्यौता रकम भुक्तानी नगर्ने चिनी उद्योगीहरुलाई सम्बन्धित निकायहरुसँग समन्वय गरी थप कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउने पनि सहमति पत्रमा उल्लेख छ । त्यस्तै उखु किसान र चिनी उद्योगसँग सम्बन्धित अन्य समस्याका बारेमा अध्ययन गरी १२० दिनभित्र सुझाव पेस गर्न एक संयुक्त प्राविधिक समिति गठन गर्ने पनि सहमति भएको छ । सरकारसँग सहमति भएसँगै उखु किसानले काठमाडौंमा १६ दिनदेखि…
