04
Jan
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एउटा फोन रेकर्ड बाहिरिएको छ । जसमा राष्ट्रपति ट्रम्पले जर्जिया राज्यका वरिष्ठ चुनाव अधिकृतलाई केही भोटको व्यवस्था गर्न दबाब दिएका छन् । आफ्नो जित सुनिश्चित गर्न ट्रम्पले सेक्रेटरी अफ स्टेट ब्राड रेफेनस्पर्जरलाई चुनावमा धाँधली भएको बताउँदै आफूलाई सहयोग गर्न आग्रह गरेका छन् । यो रेकर्डिङ वासिङ्टन पोस्टले सार्वजनिक गरेको हो । राष्ट्रपति ट्रम्पले रेफेनस्पर्जरसँग भनेका छन्, ‘म केवल ११ हजार ७ सय ८० भोट चाहन्छु । जुन हामीसँग भएकोभन्दा एक बढी हो । किनकी हामीले चुनाव जितेका छौं । ’ जर्जियामा राष्ट्रपतिमा निर्वाचित डेमोक्र्याट उम्मेदवार जो बाइडेन विजयी भएका थिए । जर्जियामा बाइडेनले २४ लाख ७३ हजार ६ सय ३३ मत प्राप्त…
