Nepal

कतारमा ‘मिनी नेपाल’

कतारमा ‘मिनी नेपाल’

कतारमा नेपालीपन झल्किने पोसाक मात्रै छैनन्, नेपाली स्वादले पनि आफ्नो बजार विस्तार गर्दैछ। कतारी मरुभूमिमा नेपाली ढिँडो भेटिन थालेको छ। नेपाली बाँसको तामाको अचार, गुन्द्रुक र भटमासको स्वाद कतारी थालमा चाख्न पाइन्छ। जिज्ञासाले प्रश्नतर्फ लैजान्छ, प्रश्नले उत्तरतर्फ। कतार आएपछि कतार प्रवेश गर्ने पहिलो नेपाली को होला ? थाहा पाएँ, नेपालको तराई क्षेत्रका रहेछन्। उनी अरबी र उर्दू भाषामा पोख्त थिए रे। त्यहाँको औकाफ तथा इस्लामिक मामिला मन्त्रालयमा कार्यरत रहेका थिए भन्ने सुनें। अर्को भनाइअनुसार पहिलो पटक सन् १९८२ मा दुईजना नेपाली कतार प्रवेश गरेका थिए जसमध्ये एकजना पूर्वी नेपालका राई थरका र अर्का तराईको धनुषा जिल्लाका मुस्लिम थिए तर राहदानी…
Read More
भारतीय रक्षा महाविद्यालयको प्रतिनिधिमण्डलको नेपाल भ्रमणको रणनीतिक अर्थ के

भारतीय रक्षा महाविद्यालयको प्रतिनिधिमण्डलको नेपाल भ्रमणको रणनीतिक अर्थ के

प्रधानसेनापतिका रूपमा नेपाली सेनाको नेतृत्व प्रभुराम शर्माले सम्हालेको पाँच साता पुग्दा उनले करिब एक वर्ष अध्ययन गरेको भारतको राष्ट्रिय रक्षा महाविद्यालयको एउटा प्रतिनिधिमण्डल अध्ययन भ्रमणका लागि काठमाण्डू आइपुगेको छ। भारतीय सेनाका रियर एड्मिरल धिरेन भिगको नेतृत्वमा आइतवार काठमाण्डू आएको ३९ सदस्यीय टोली कार्तिक ६ गतेसम्म नेपालमा रहने नेपाली सेनाले जनाएको छ। उक्त टोलीले नेपालका प्रधानमन्त्री, रक्षामन्त्री, अर्थमन्त्री र परराष्ट्रमन्त्रीसँग भेटघाट गर्ने कार्यक्रम छ। यो भ्रमण परम्पराको निरन्तरता भएको र यस्ता आदानप्रदानले दुई देशबीचको सैनिक सम्बन्धलाई अझ बलियो बनाउने नेपाली सेनाले उल्लेख गरेको छ। सुरक्षा मामिलाका विज्ञहरूले चाहिँ नेपाल-भारत सम्बन्धमा कैयौँ पेचिला विषयमा गतिरोध देखा परिरहेका बेला यस्ता खालको भ्रमणले दुई…
Read More
हिमालय एयरलाइन्सले दियो प्रयास नेपाललाई शैक्षिक सामग्री

हिमालय एयरलाइन्सले दियो प्रयास नेपाललाई शैक्षिक सामग्री

हिमालय एयरलाइन्सले शिक्षातर्फको सहयोगी हात बढाउँदै प्रयास नेपाललाई वर्षभरि आवश्यक पर्ने शैक्षिक सामाग्री प्रदान गरेको छ।  आज सम्पन्न एक कार्यक्रमबीच हिमालयका पदाधिकारीहरुले संस्थालाई आवश्यक पर्ने स्टेशनरी, नोट–बुक्स्, रजिष्टर, कलम र विभिन्न कक्षाका विद्यार्थीहरुका लागि पाठ्य पुस्तकहरु प्रदान गरेका हुन्। हिमालयले निरन्तर पाँचौ वर्षका लागि सामाग्री सहयोग गरेको हो। प्रयास नेपाल ३ जना फरक क्षमता भएका विद्यार्थीहरुका साथ २६ जना वालवालिकाहरु रहेको एक अनाथालय हो। हिमालय एयरलाइन्सकी ब्राण्ड तथा सेवा सुधार विभाग प्रमुख उज्ज्वला दलीले प्रयास नेपालका विद्यार्थीहरुको उज्ज्वल भविष्य, शिक्षा दीक्षा र प्रयास नेपालसँगको सहकार्यलाई जीवन्त राख्न संस्थागत सामाजिक उत्तरदायित्वतर्फ हिमालय सदा दृढ रहने बताइन्।
Read More
भारतको सहयोगमा पुनर्निर्मित  ६ वटा विद्यालय भवनको उद्घाटन

भारतको सहयोगमा पुनर्निर्मित ६ वटा विद्यालय भवनको उद्घाटन

भारत सरकारको आर्थिक अनुदानमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले निर्माण गरेका काभ्रेपलाञ्चोकका ६ वटा विद्यालय भवनहरूको संयुक्त रुपमा उद्घाटन काभ्रेमा पुनःनिर्माण सम्पन्न भएका ६ वटा विद्यालय भवनहरूको बुधवार भारतीय विदेश मन्त्रालयका उत्तरी महाशाखाका संयुक्त सचिव अनुराग श्रीवास्तव, काभ्रेपलाञ्चोक–२ का प्रतिनिधि सभा सदस्य गोकुल प्रसाद बाँसकोटा, काभ्रेपलाञ्चोक–१ का प्रतिनिधि सभा सदस्य गङ्गा बहादुर तामाङ्ग र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी सदस्य ध्रुव प्रसाद शर्माले संयुक्त रुपमा उद्घाटन गरेका हुन्। करिब साढे १९ करोड रुपैयाँभन्दा बढीको लागतमा बनेपा नगरपालिकाको आजाद माध्यामिक विद्यालय, पाँचखाल नगरपालिकाको श्री आजाद मध्यामिक विद्यालय, दुग्धेश्वर माध्यामिक विद्यालय र भगवति माध्यामिक विद्यालय तथा चौरीदेउराली गाउँपालिकाको खाँडादेवी माध्यामिक विद्यालय र पनौती नगरपालिकाको शारदा…
Read More
भारतीय विदेश मन्त्रालयका नेपाल हेर्ने शाखाका प्रमुख नेपालमा

भारतीय विदेश मन्त्रालयका नेपाल हेर्ने शाखाका प्रमुख नेपालमा

भारतीय विदेश मन्त्रालयको नेपाल र भुटानसहित ‘नर्थन डिभिजन’ हेर्ने जिम्मेवारी पाएका अनुराग श्रीवास्तव तीनदिने नेपाल भ्रमणमा मंगलबार काठमाडौं आइपुगेका छन् । भारतीय दूतावास र नेपाल सरकारका अधिकारीहरुले श्रीवास्तवले भ्रमणका दौरान कार्यवहाक परराष्ट्र सचिव प्रकाश सुवेदी, अर्थसचिव मधुकुमार मरासिनी र उद्योग, वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराई लगायत नेपाल सरकारका अधिकारीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको कान्तिपुरलाई जानकारी दिए । नेपालका परराष्ट्रमन्त्री नारायण खड्का र भारतका विदेशमन्त्री एस. जयशंकरबीच जारी संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भेटवार्ता भएको थियो । त्यसलगतै विदेश मन्त्रालयबाट नेपालमा एक कुटनीतिक आएका हुन् । श्रीवास्तवको भ्रमणको बारेमा नखुलाए पनि उनले दुई मुलुकबीच अर्थ, व्यापार र सम्बन्धको बारेमा छलफल गर्ने बताइएको छ । नेपाल…
Read More
नेपाल र भारतबीच तराई सड़क परियोजनाको समीक्षा

नेपाल र भारतबीच तराई सड़क परियोजनाको समीक्षा

नेपालको तराई क्षेत्रको सडक पूर्वाधारको सुदृढीकरण सम्बन्धमा चौथौं संयुक्त परियोजना अनुगमन समितिको बैठक सम्पन्न भएको छ । भिडियो कन्फरेन्स मार्फत सम्पन्न बैठकमा भारतका विदेश मन्त्रालयका उत्तरी महाशाखाका सहसचिव अनुराग श्रीवास्तव र नेपालका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव केशवकुमार शर्मा नेतृत्वको टोली सामेल थियो । बैठकले भारत सरकारको आर्थिक सहयोगमा नेपालमा निर्माण भइरहेको तराई सडक परियोजनाको समग्र कार्यान्वयनको समीक्षा गरेको भारतीय दूतावासले जानकारी दिएको छ । १४ वटा सडक प्याकेजहरुमध्ये १३ वटा निर्माण सम्पन्न भइसकेकोले बैठकले परियोजनाले हासेल गरेको उपलब्धिमाथि सन्तुष्टि व्यक्त गरेको थियो । दुवै पक्षले कोभिड महामारीले निम्त्याएको चुनौती हुँदाहुँदै पनि परियोजना सफलताका साथ अघि बढेको र निर्माण…
Read More
वैदेशिक रोजगारीः कोभिड फैलिएको बेलामा पनि बाहिर जाने नेपाली ‘खासै घटेनन्’

वैदेशिक रोजगारीः कोभिड फैलिएको बेलामा पनि बाहिर जाने नेपाली ‘खासै घटेनन्’

महामारीका बीच नेपालमा गत आर्थिक वर्ष २०७७/७८ मा झन्डै एक लाख ६६ हजार जनाले नयाँ श्रमस्वीकृति लिएको सरकारी विवरण छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अधिकारीहरूले यतिखेर सबैजसो मुख्य गन्तव्यमा नेपालीहरू कामका लागि गइरहेको र केहीमा त्यो खुलाउने अन्तिम तयारी भइरहेको बताउँछन्। उनीहरूका अनुसार मलेशियामा कोभिड अघिदेखि नयाँ कामदार जान पाएका छैनन्, दक्षिण कोरियामा दुवै देशमा सङ्क्रमण केही घटेको मौका छोपेर भाषा परीक्षा सकेकालाई लैजाने तयारी भइरहेको छ। इजरेलमा श्रम परीक्षाको लागि भाषा परीक्षाको नतिजा प्रकाशन भएको छ। वैदेशिक रोजगार विभागका निर्देशक कमल ज्ञवाली भन्छन्, "नयाँ आर्थिक वर्ष सुरु भएपछि समेत अहिले दैनिक १२सय देखि १५ सय बीचमा मानिसहरू…
Read More
फिल्म सुटिङका लागि नेपाल आउँदै अमिताभ

फिल्म सुटिङका लागि नेपाल आउँदै अमिताभ

फिल्म सुटिङका लागि गर्न बलिउड अभिनेता अमिताभ बच्चन नेपाल आउने भएका छन् । भारतीय मिडियामा उल्लेख भए अनुसार उनी ‘उचाईँ’  नामक फिल्मको सुटिङका लागि नेपाल आउन लागेका हुन् । पारिवारिक कथा बनाउन माहिर मानिने सुरज बडजात्याले याे फिल्मकाे निर्देशन गर्ने छन् । मित्रताको कथामा आधारित रहेर निर्माण हुने भनिएको फिल्ममा अमिताभसंगै अनुपम खेर , बोमन इरानी, नीना गुप्ता, पंकज त्रिपाठी लगायतको अभिनय रहनेछ । राजश्रीको व्यानरमा निर्माण हुने फिल्मका लागि अमिताभले नेपालमा ४० देखि ४५ दिन बिताउनेछन् । कोरोना भाइरसले सिर्जित अवस्थाको कारण नेपालमा फिल्मनगरी तंग्रिने तयारीमा रहेको अवस्थामा बलिउडको सुपर स्टार अमिताभ छायांकनका लागि आउन लागेका हुन् ।
Read More
भारतविरुद्धको खेलमा भोलि नयाँ गोर्खाली हौँ भन्ने प्रमाणित गर्नुपर्छ : अल्मुताइरी

भारतविरुद्धको खेलमा भोलि नयाँ गोर्खाली हौँ भन्ने प्रमाणित गर्नुपर्छ : अल्मुताइरी

नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले भारतविरुद्धको मैत्रीपूर्ण खेलका लागि जित्नका लागि खेल्ने बताएका छन् ।  विगतमा भारतविरुद्ध नेपालको नतिजा सन्तोषजनक छैन । तर प्रशिक्षक अल्मुताइरीले विगत हरेर चिन्ता गर्नुभन्दा राम्रो भविष्यका खेल्ने बताएका छन् । “नेपाल र भारत चीर प्रतिद्वन्द्वी टोली हो । तर मेरा लागि सबै प्रतिद्वन्द्वी एउटै हुन् । चाहे त्यो भारत होस् वा विश्वको अन्य कुनै टोली । हामीले राम्रो तयारी गरेका छौं र जित्नका लागि खेल्नेछौं । नेपालले खेल्ने सबै खेल जित्नुपर्छ । आशा गरौं हाम्रो प्रदर्शनबाट नेपालीले गर्व गर्नेछन्,” भारतविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलअघि अल्मुताइरीले भने, “नेपाल बलियो टोली हो । विगतको नतिजाको चिन्ता…
Read More
भारतीय अर्केस्ट्राबाट ७ नेपाली युवतीको उद्धार

भारतीय अर्केस्ट्राबाट ७ नेपाली युवतीको उद्धार

भारतको छौडादानोस्थित एक अर्केस्ट्राबाट ७ नेपाली युवतीको उद्धार गरिएको छ । उनीहरुलाई उद्धार गरेर वीरगन्ज ल्याइएको छ । मानव बेचबिखन नियन्त्रणमा  सक्रिय  संस्था आफन्त नेपालको वीरगन्ज शाखा  र पर्सा प्रहरीको संयुक्त टोलीले ७ युवतीलाई उद्धार गरेर भदौ ९ गते वीरगन्ज ल्याएको हो । करिब एक महिनाअघि पनि सोही ठाउँबाट ४ नेपाली युवतीलाई उद्धार गरी ल्याइएको थियो । उद्धार गरिएकाहरु उदयपुर, कास्की, बाग्लुङ, नवलपरासी, सुनसरी र पर्सा जिल्लाका हुन् । १८ देखि २७ वर्ष उमेर समूहका ती युवतीलाई छौडादानो स्थित पायल अर्केस्टाबाट उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी ओमप्रकाश खनालले जानकारी दिए । यस मिसनमा भारतीय प्रहरीको सहयोग रहेको उनले बताए । खनालका अनुसार भारतको छौडादानो नगर…
Read More