भारत अनि नेपालका प्रमुख क्यान्सर विशेषज्ञहरूमाझ क्यान्सरबारे कार्यशाला सम्पन्न

भारत र नेपालका अग्रणी क्यान्सर विशेषज्ञहरूले भर्खरै काठमाडौंको ऱ्याडिसन होटलमा नेपालमा बढ्दो टाउको र घाँटीको क्यान्सरविरुद्धको लड़ाइँसम्बन्धी कार्यशाला सञ्चालन गरेका छन्। सम्मेलनको मुख्य विषय र टाउको र घाँटीको क्यान्सर उपचारसँग सम्बन्धित क्लिनिकल मुद्दाहरूका साथै विरामीहरूको लागि इष्टतम क्लिनिकल परिणामहरू सुनिश्चित गर्न अपनाउन सकिने उत्तम अभ्यासहरूबारे मामिलाको अध्ययन साथै छलफल गर्ने थियो।

कार्यशालामार्फत सर्वसाधारणमा क्यान्सर सम्बन्धी जनचेतना फैलाउने कुरामा पनि ध्यान केन्द्रित गरेको थियो। कार्यशालामा शीर्ष क्यान्सर विशेषज्ञहरुको सहभागिता रहेको थियो। उन्नत टाउको र घाँटीको क्यान्सरमा उपचार व्यवस्थापन, रेकररेन्ट/मेटास्टेटिक टाउको र घाँटीको क्यान्सरको उपचार व्यवस्थापन, रेकररेण्ट टाउको र घाँटीको क्यान्सरमा उपचार विकल्पहरू छलफल गरिएका मुख्य विषयहरू थिए। फोर्टिस मेमोरियल रिसर्च इन्स्टिट्युट भारतको प्रमुख व्यापक क्यान्सर हेरचाह अस्पतालहरूमध्ये एक हो। यसले भर्खरको प्राविधिक आविष्कारहरू, उच्च दक्ष डाक्टरहरू र लक्षित सठीक औषधिद्वारा समर्थित एक बलियो क्यान्सर हेरचाह पूर्वाधार निर्माण गर्न लगानी गरिरहेको छ। फोर्टिस मेमोरियल रिसर्च इन्स्टिट्युट, गुरुग्रामका डा. एके आनन्द (रेडिएशन ओन्कोलोजी)-ले भने, “जोखिम कारकहरू, प्रभावकारी र प्रारम्भिक स्क्रीनिङ कार्यक्रमहरू र व्यापक उपचारबारेमा सचेतना एचएनसीको बोझ कम गर्न समयको आवश्यकता हो।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *