26
Sep
भारतीय शेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ बम्बई स्टक एक्सचेन्ज (बिएसई सेन्सेक्स ) ले पहिलो पटक ६० हजार अंक पार गरेपछि शुक्रवार त्यहाँ नयाँ उत्साह देखिएको छ । त्यस्तै, नेशनल स्टक एक्सचेन्ज ( निफ्टी ) मा शुक्रवार २५ विन्दुले वृद्धि हुँदै १७ हजार ८४७ अंकमा पुगेर बन्द भएको छ। करिब ४१ वर्षअघि १ सय लाई आधार अंक मानेर शुरु गरिएको शेयर बजार २०१४ मा हालका प्रधानमन्त्री नरेन्द्र मोदीले सरकारको नेतृत्व सम्हाल्दा मात्र २५ हजार अंकमा थियो अहिले सात वर्ष नपुग्दै त्यो बढेर ६० हजार माथि पुगेको छ । सन् २०१३ जनवरी १८ मा बीएसई इन्डेक्स २० हजार हुँदा यस्तैगरि…
