18
Sep
नेपालको तराई क्षेत्रको सडक पूर्वाधारको सुदृढीकरण सम्बन्धमा चौथौं संयुक्त परियोजना अनुगमन समितिको बैठक सम्पन्न भएको छ । भिडियो कन्फरेन्स मार्फत सम्पन्न बैठकमा भारतका विदेश मन्त्रालयका उत्तरी महाशाखाका सहसचिव अनुराग श्रीवास्तव र नेपालका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव केशवकुमार शर्मा नेतृत्वको टोली सामेल थियो । बैठकले भारत सरकारको आर्थिक सहयोगमा नेपालमा निर्माण भइरहेको तराई सडक परियोजनाको समग्र कार्यान्वयनको समीक्षा गरेको भारतीय दूतावासले जानकारी दिएको छ । १४ वटा सडक प्याकेजहरुमध्ये १३ वटा निर्माण सम्पन्न भइसकेकोले बैठकले परियोजनाले हासेल गरेको उपलब्धिमाथि सन्तुष्टि व्यक्त गरेको थियो । दुवै पक्षले कोभिड महामारीले निम्त्याएको चुनौती हुँदाहुँदै पनि परियोजना सफलताका साथ अघि बढेको र निर्माण…
