20
Jan
दशकौंदेखि भारतेली गोर्खाहरूले दिल्लीमाथि गिद्धे नजर गाड़ेर बसेका छन् कारण गोर्खाहरूलाई न्याय दिने नै दिल्ली हो । दिल्ली अर्थात दिल्लीको केन्द्र सरकार केन्द्रमा कंग्रेसको सरकार हुँदादेखि न्यायको आशा गर्ने गोर्खाहरूले भाजपाको सरकार बनिँदा समेत राजनैतिक रूपमा न्याय पाउन सकिरहेका छैनन् । छुट्टै राज्य प्राप्तिको निम्ति क्षेत्रीय दलहरूले राष्ट्रिय दलहरूलाई सघाउने कार्य गोरामुमोको शासनकालदेखि नै गर्दै आएका हुन् तर राष्ट्रिय दलहरूले गोर्खाहरूको छुट्टै राज्यको मुद्दालाई प्राथमिकता नदिएकै कारण अलग राज्य गठनको माग सय वर्षभन्दा पनि धेर पुगिसकेको दावी राजनैतिक दलहरूको छ। गोर्खाहरूले दिल्लीमा सरकार गठन गनार्थ क्षेत्रीय दलहरूले दार्जीलिङ लोकसभा सम ष्टिबाट राष्ट्रिय दलका प्रार्थीलाई जिताएर सांसद बनाउने कार्य गर्दै आएका…
