चिनियाँ सेनाद्वारा यी भारतीय नागरिक अपहरण, भारतमा मच्चियो हंगामा

चिनियाँ जनमुक्ति सेनाले एक भारतीय नागरिक अपहरण गरेको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन्। भारतीय राज्य अरुणाचलका एक युवकलाई हालै चिनियाँ सेनाले अपहरण गरेको अरुणाचलका भाजपा सांसद तापिर गाओले पनि पुष्टि गरेका छन्।

अरुणाचललाई चीनले दक्षिण तिब्बत भएको दाबी गर्दछ। तर भारतले अरुणाचले आफ्नो भूमि भएको र चीनले त्यसमा दाबी गर्नु गलत कार्य भएको उल्लेख गर्दै आएको छ।अपहरण परेका युवक १७ वर्षका मिराम तारोन भएको सांसद गओले जनाएका छन्। चिनियाँ सेनाले भारतीय नागरिक अपहरण गरेको खबरसँगै भारतमा हंगामा मच्चिएको छ। भारतीय संसदमा पनि यो विषय उठेको छ। चीनले यस्तो अतिक्रमण र अत्याचार गरिरहँदा भारतीय सरकार मौन बसेको भन्दै विपक्षी पार्टी काँग्रेस आईले सत्ताधारी पार्टी भाजपाको आलोचना गरिरहेको छ।अपहरणमा परेका युवक सियांग जिल्लाका हुन् र सो क्षेत्रमा यसअघि चिनियाँ सेनाले सडक नै बनाएको भारतीय आरोप छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *