30
Jun
मन्त्रिपरिषद्को निर्णयपछि सरकारले अघिल्लो साताबाट सीमित सङ्ख्यामा अन्तर्राष्ट्रिय उडानहरूको निम्ति अनुमति प्रदान गरेको थियो। तर हाल पनि सीमित नियमित र चार्टर्ड उडान दुवैले अनुमति पाएको भन्दै नागरिक उड्डयन मन्त्रालयका अधिकारीहरूले आगामी जुलाई १ बाट नियमित उडानहरूलाई बढी प्राथमिकतामा राखिने बताएका छन्। तर नेपालमा कोरोनाभाइरसको डेल्टा प्लस भेरिअन्ट देखा परेको भन्दै टर्कीले नेपालसहित सातवटा देशबाट अर्को सूचना नभएसम्मका लागि त्यहाँका हवाई यात्रीलाई आफ्नो देशमा प्रवेश नदिने जनाएको छ। जुलाई १ बाट लागु हुने भनिएको उडान तालिकाअनुसार हप्तामा बुधवार र शुक्रवार भारतको दिल्लीका लागि उडान हुनेछ। त्यसैगरी आइतवार, सोमवार, बुधवार र शनिवार कतारको दोहाका लागि उडान हुनेछ। अधिकारीहरूका अनुसार यसै हप्ता मन्त्रिपरिषद्ले…
