Health

देशमा ३७,३७९ कोरोना संक्रमित

देशमा ३७,३७९ कोरोना संक्रमित

देशमा गएको २४ घण्टामा कोरोनाभाइरसबाट अझ ३७ हजार ३७९ संक्रमित भएका केन्द्रिय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले मंगलबार जानकारी दिएको छ। यसैसँगै देशमा कोरोना शुरु भएदेखि हालसम्म तीन करोड ४८ लाख ८ हजार ८८६ जना संक्रमित भएका छन्। गत २४ घण्टामा भएका संक्रमितमध्ये एक हजार ८९२ जना भने ओमिक्रोन भेरियन्टका संक्रमित रहेको पनि जनाएको छ। तीमध्ये पनि ७६६ जना भने निको भएका छन् । सोही अवधिमा अझ १२४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। योसँगै देशमा कोरोनाको कारण ज्यान गुमाउने व्यक्तिको संख्या चार लाख ८२ हजार १७ पुगेको पनि मन्त्रालयले जानकारी दिएको छ । देशमा अहिले संक्रमित अवस्थामै रहेकाको…
Read More
भारतमा कोरोनाको तेस्रो लहर : आज ५८ हजार संक्रमित थपिए, ५३४ जनाको मृत्यु

भारतमा कोरोनाको तेस्रो लहर : आज ५८ हजार संक्रमित थपिए, ५३४ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा भारतमा ५८ हजार ९७ कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले आज बिहान जनाएअनुसार संक्रमणबाट थप ५३४ जनाको मृत्यु भएको छ । आजको दैनिक संक्रमणदर ४.१८ प्रतिशत छ । सक्रिय संक्रमित संख्या २ लाख १४ हजार पुगेको छ । पछिल्लो २४ घण्टामा निको हुने संख्या १५ हजार ३८९ छ । भारतमा ओमिक्रोन भेरिएन्ट संक्रमण संख्या २ हजार नाघेको छ । अहिलेसम्म २१३५ वटा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १९ वटा ओमिक्रोन भेरिएन्ट संक्रमण पुष्टि भएको छ । महाराष्ट्रमा मात्रै ६५३ ओमिक्रोन केस पुष्टि भएको छ । दिल्लीमा ६४६, केरला १८५ र राजस्थानमा १७४ ओमिक्रोन…
Read More
एकता कपुरलाई कोरोना संक्रमण

एकता कपुरलाई कोरोना संक्रमण

बलिउड निर्मात्री एकता कपुरलाई कोरोना संक्रमण पुष्टि भएको छ ।  एकता कपुरलाई कोरोना संक्रमण पुष्टि भएको भारतीय मिडियाले जनाएको छ । बलिउडका कलाकारहरु आमिर खान, कात्तिक आर्यन, विक्रान्त मैसे, मनोज बाजपेयी, तारा सुतारिया संक्रमित भइसकेका छन् । पछिल्लो समय भारतमा कोरोना संक्रमणको दर बढीरहेको छ ।
Read More
दिल्लीमा ओमिक्रोनको भयावह स्थिति, नेपालको तयारी शून्य

दिल्लीमा ओमिक्रोनको भयावह स्थिति, नेपालको तयारी शून्य

भारतको केन्द्रीय राजधानी दिल्लीमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण तीव्ररुपमा फैलिरहेको छ। पछिल्लो २४ घन्टामा दिल्लीमा करिब ४ हजार संक्रमित फेला परेको त्यहाँका अधिकारीहरुले जनाएका छन्। तीमध्ये ८४ प्रतिशत अर्थात् ३३ सय बढीमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित भएका छन्। दिल्लीमा आगामी हप्तादिनमै यसले नराम्रो संकेत देखाउन विज्ञहरुले दाबी गरिरहेका छन्। भारतमा पछिल्लोमा २४ घण्टामा देशभरि ३३ हजार ७५० नयाँ कोरोना संक्रमित थपिएका थिए। त्यस्तै भारतमा ओमिक्रोन संक्रमितको संख्या भने १ हजार ७ सय पुगेको छ।  महाराष्ट्र, दिल्ली र केरलामा बढी संक्रमण देखिएको हो। संक्रमितमध्ये ६३९ जना डिस्चार्ज भएका छन्। कोरोनासँगै ‌ओमिक्रोन फैलिएपछि भारतका ठूला सहरमा रात्रिकालीन कर्फ्यू जारी गरेको…
Read More
भारतमा थप झण्डै २३ हजार नयाँ सङ्क्रमित

भारतमा थप झण्डै २३ हजार नयाँ सङ्क्रमित

भारतमा कोरोनाभाइरसबाट थप झण्डै २३ हजार नयाँ सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले शनिबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा २२ हजार ७७५ नयाँ सङ्क्रमित भएका हुन् । सोही अवधिमा कोरोनाका कारण ४०६ को मृत्यु भएको पनि भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । नयाँ सङ्क्रमितमध्ये एक हजार ४३१ जनालाई भने ओमिक्रोनको सङ्क्रमण पुष्टि भएको अधिकारीले जनाएका छन् । भारतमा अहिलेसम्म २३ राज्यमा ओमिक्रोनको सङ्क्रमण पुष्टि भएको र यो फैलिने क्रम तीव्र भएको उनीहरुको भनाइ छ । ओमिक्रोनबाट सबैभन्दा बढी प्रभावित महाराष्ट्र राज्य रहेको छ । त्यसपछि धेरै केन्द्रीय राजधानीसमेत रहेको दिल्ली राज्यमा ओमिक्रोनका सङ्क्रमित भेटिएका छन् । भारतमा पछिल्लो एक…
Read More
डा मोहनस डायबिटीज स्पेशलिटीस सेन्टर अब सिलीगुड़ीमा  प्रवेश गर्दछ

डा मोहनस डायबिटीज स्पेशलिटीस सेन्टर अब सिलीगुड़ीमा प्रवेश गर्दछ

भारतको सबैभन्दा ठूलो डायबिटीज चेन, डा मोहनस डायबिटीज स्पेशलिटीस सेन्टरले अब उत्तर बङ्गालका मानिसहरूका लागि सिलीगुड़ीको सेवोके रोडमा रिलायन्स ज्वेल्स, होटेल सचित्राको माथि रहेको कमप्रिहेंसिभ केयर सेन्टर सुरु गरेको छ। कार्यक्रममा प्रमुख अतिथि डा जी.बी. दास, प्रख्यात गाईनेकोलॉजिस्ट र न्यू रामकृष्ण सेवा सदानन्दका प्रमुख थिए भनेगेस्ट योग ऑनर चाही डा. राजेश सैनी, मुख्य कार्यकारी अधिकारी, सिलीगुड़ी ग्रेटर लायन्स ऑय हॉस्पिटल थिए,र डा मनोदीप आचार्य आफ्नो टीम सहितको उपस्थितिमा थिए। सिलीगुड़ीको केयर सेन्टरले एउटै छानामुनि डायबिटीजको पूर्ण हेरचाह प्रदान गर्नेछ। डायबिटीजलाई प्रायः साइलेन्ट किलर भनिन्छ किनभने यसले कुनै पनि स्पष्ट लक्षण नदेखाइ अंगहरूलाई क्षति पुर्‍याउन सक्छ। सुसमाचार यो हो कि राम्रो…
Read More
भारतमा ओमिक्रोन भेरियन्टबाट ९६१ जना संक्रमित

भारतमा ओमिक्रोन भेरियन्टबाट ९६१ जना संक्रमित

भारतमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्टबाट ९६१ जना संक्रमित भएका छन्। केन्द्र सरकारले बिहीबार उक्त जानकारी दिएको हो। केन्द्रीय स्वास्थ्य मन्त्रालयका सहसचिव लव अग्रवालका अनुसार ३२० जना संक्रमणपछि निको भइसकेका छन्। भारतमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्टबाट ९६१ जना संक्रमित भएका छन्। केन्द्र सरकारले बिहीबार उक्त जानकारी दिएको हो। देशका ८ जिल्लामा साप्ताहिक पोजिटिभ दर १० प्रतिशतभन्दा बढी रहेको उनले बताए। तीमध्ये मिजोरमका ६ जिल्ला छन्। एउटा जिल्ला अरुणाचल प्रदेशको हो। यसमा पश्चिम बंगालको कोलकाता शहर पनि समावेश छ। अग्रवालले देशका १४ जिल्लामा साप्ताहिक पोजिटिभ दर ५ देखि १० प्रतिशत रहेको बताए । देशको ९० प्रतिशत वयस्क जनसंख्याले कोरोना भ्याक्सिनको पहिलो डोज…
Read More
अस्ट्रेलियामा ‘नेजल स्प्रे’ को परीक्षण सुरु

अस्ट्रेलियामा ‘नेजल स्प्रे’ को परीक्षण सुरु

अस्ट्रेलियाका वैज्ञानिकहरुले कोरोना भाइरसको संक्रमणबाट सुरक्षित रहनका लागि नाकमा लगाइने स्प्रेको परीक्षण सुरु गरेका छन् । अस्ट्रेलियामा दैनिक हजारौं नयाँ संक्रमण देखिइरहेको सन्दर्भमा यदि यो परीक्षण सफल भए भ्याक्सिनको साथमा भाइरस संक्रमणका लागि प्रयोगमा ल्याइने छ । यसको परीक्षणमा अस्ट्रेलियामा रहेको मेलबर्न युनिभसिटी, मोनास युनिभर्सिटी लगायतका विश्वविद्यालयका साथै अन्य अनुसन्धान संस्थाका अनुसन्धानकर्ता सम्मिलित छन् । समाचारसंस्था एबिसीका अनुसार यो औषधि यहाँ रहेको ३ सय ४० घरमा परीक्षण गरिनेछ । यो परीक्षण सफल भएमा हालै देखिएको ओमिक्रोन भेरिएन्ट नियन्त्रणका लागि समेत उपयोगी हुन सक्ने बताइएको छ । यो स्प्रेलाई राख्नका लागि कुनै फ्रिज वा निश्चित तापक्रम नचाहिने भएकाले आवश्यकता अनुसार वितरण गर्न सकिनेछ । यस…
Read More
कोभिड ओमिक्रोन: दिल्लीमा ‘येलो अलर्ट’

कोभिड ओमिक्रोन: दिल्लीमा ‘येलो अलर्ट’

भारतको राजधानी नयाँदिल्लीमा फेरि कोरोनाभाइरस सङ्क्रमण बढ्न थालेपछि 'येलो अलर्ट' भनिने चेतावनी जारी गरिएको छ। दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले सङ्क्रमित मानिसको सङ्ख्या बढिरहेको भए पनि डराइहाल्नुपर्ने अवस्था भने नरहेको बताएका छन्। कोरोनाभाइरसको ओमिक्रोन भेरिअन्टबाट सङ्क्रमण बढेको देखिएपछि दिल्ली सरकारले त्यस्तो घोषणा गरेको हो। लगातार दुई दिन सङ्क्रमण पुष्टि हुने दर ०.५ प्रतिशतभन्दा बढी भएको अवस्थामा चेतावनी जारी गरिने दिल्लीको मापदण्डअनुसार येलो अलर्ट जारी गरिएको केजरीवालले बताएका छन्। दिल्लीमा तीन दिनयता सङ्क्रमितहरूको दर निरन्तर बढिरहेको छ। चेतावनीसँगै चलचित्रघर र व्यायामशाला बन्द भए पनि शपिङ सेन्टर र पसलहरू जोरबिजोर दिनका आधारमा बिहान १० बजेदेखि राति ८ बजेसम्म खुला रहने आदेश जारी गरिएको…
Read More
कोभिड ओमिक्रोन: दिल्लीमा रात्रिकालीन कर्फ्यु

कोभिड ओमिक्रोन: दिल्लीमा रात्रिकालीन कर्फ्यु

भारतको राजधानी नयाँ दिल्लीमा कोरोनाभाइरसको सङ्क्रमणमा निरन्तर वृद्धि देखिएको भन्दै राज्य सरकारले सोमवारबाट पुनः रात्रिकालीन कर्फ्यु लगाउने निर्णय गरेको छ। ओमिक्रोन भेरिअन्टसँग जोडिएका सङ्क्रमणका घटना वृद्धि भएपछि यस्तो घोषणा गरिएको हो। दिल्ली सरकारले राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यु लगाउने निर्णय गरेको हो। यो निर्णय सोमवारबाटै लागु हुनेछ। पछिल्लो २४ घण्टामा दिल्लीका २९० जना नयाँ सङ्क्रमणका घटना पुष्टि भएको थियो। उक्त सङ्ख्या पछिल्लो छ महिनायताकै सर्वाधिक भएको बताइएको छ। पछिल्लो २४ घण्टामा दिल्लीमा एक जनाको मृत्यु भएको थियो। त्यहाँ सक्रिय सङ्क्रमितको सङ्ख्या ११ सयभन्दा बढी छ।
Read More