देशमा ३७,३७९ कोरोना संक्रमित

देशमा गएको २४ घण्टामा कोरोनाभाइरसबाट अझ ३७ हजार ३७९ संक्रमित भएका केन्द्रिय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले मंगलबार जानकारी दिएको छ। यसैसँगै देशमा कोरोना शुरु भएदेखि हालसम्म तीन करोड ४८ लाख ८ हजार ८८६ जना संक्रमित भएका छन्। गत २४ घण्टामा भएका संक्रमितमध्ये एक हजार ८९२ जना भने ओमिक्रोन भेरियन्टका संक्रमित रहेको पनि जनाएको छ। तीमध्ये पनि ७६६ जना भने निको भएका छन् ।

सोही अवधिमा अझ १२४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। योसँगै देशमा कोरोनाको कारण ज्यान गुमाउने व्यक्तिको संख्या चार लाख ८२ हजार १७ पुगेको पनि मन्त्रालयले जानकारी दिएको छ । देशमा अहिले संक्रमित अवस्थामै रहेकाको संख्या एक लाख ७१ हजार ८३० रहेको छ। अहिले संक्रमित अवस्थामै रहेकाको संख्या कुल संक्रमित संख्याको ०.४९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा देशमा ११ हजार सातजना कोरोनाबाट मुक्त भएका छन् । योसँगै कोरोना शुरु भएयता हालसम्म तीन करोड ४३ लाख ६ हजार ४१४ जनालाई कोरोना संक्रमण निको भएको छ ।

देशमा कोरोनाभाइरस निको हुने दर ९८.१३ प्रतिशत रहेको जनाएको छ देशमा कोरोना शुरु भएदेखि हालसम्म ६८ करोड २४ लाखभन्दा धेर व्यक्तिको कोरोना परीक्षण भएको छ । यहाँ सन् २०२१ को १६ जनवरीबाट कोरोनाभाइरसविरुद्ध भ्याक्सिन अभियान शुरु भएको थियो । त्यस समयदेखि हालसम्म एक अरब ४६ करोड ७० लाखभन्दा अधिक डोज भ्याक्सिन लगाएको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *