06
Jun
सखारै बिहानी सिलगढ़ीको एनजेपी मेन रोडनजिक 35 नम्बर वार्डमा भयानक आगलागीको घटना भएको छ। एउटा घरमा अचानक आगो लागेपछि त्यसको झिल्काले आगो तुरुन्तै फैलियो। आगलागीमा घरका फर्निचर, महत्त्वपूर्ण कागजातहरू जलेर खरानी भए। आगोको लप्काले घरबाहिर पार्क गरिएका तीनवटा गाड़ीलाई पनि पूर्ण रूपले क्षतिग्रस्त बनेका छन्।प्रारम्भिक अनुमानअनुसार आगोको कारण सर्ट सर्किट हुन सक्ने बताइएको छ। घटनापछि तुरुन्तै विद्युत विभाग र दमकल विभागलाई खबर दिइयो। दमकल विभागको एउटा गाडी र विद्युत विभागका कर्मचारीहरू घटनास्थलमा तुरुन्तै आइपुगे। दमकलकर्मीहरूको अथक प्रयासपछि आगो नियन्त्रणमा ल्याउन सकियो।घटनाबारे घरका मालिक बिक्की रायले भने, एका बिहानै अचानक आगो लाग्यो। धेरै ठूलो क्षति भयो। महत्त्वपूर्ण कागजातहरू केही पनि जोगाउन…
