दुलाली वनमा आगलागी, ठूलो संख्यामा चियाका बोट जलेर नष्ट

सिलगढी डिभिजनल काउन्सिल अन्तर्गत घोषपुकुर क्षेत्रको बरोगारिया गाउँ नजिकैको दुलाली जंगलमा भीषण आगलागी भएको घटना सार्वजनिक भएको छ । आगलागीको खबर पाएलगत्तै नजिकैको चिया बगानका प्रबन्धकसहित कर्मचारी घटनास्थल पुगेर आगो निभाउन थालेका थिए ।तर, आगलागी भएको जानकारी पाएपछि वन विभागका कर्मचारी घटनास्थलमा देखिएनन् । यसबारे वन विभागका एक अधिकारीलाई सोध्दा उनले क्यामेरा अगाडि केही भन्न चाहेनन् । यसैबीच आगलागीका कारण चिया बगानका धेरै चिया बगान जलेर नष्ट भएका छन् ।