28
Oct
आउँदो १६ अक्टोबरको दिनदेखि सबै सरकारी स्कूलहरू कक्षा ९ देखि १२ सम्म अनि कलेज प्रतिष्ठानहरू खोलिने राज्य सरकारको निर्णयलाई ध्यानमा राखेर आज कालचिनी बीडीओ कार्यालयमा स्कूलका शिक्षकहरूलाई लिएर एउटा जरुरी बैठक सम्पन्न भयो । उक्त बैठकमा कालचिनी बीडीओ प्रशान्त बर्मन लगायत कालचिनी पञ्चायत समितिको चेयरम्यान अरुणा परियार, पञ्चायत समितिको एसीओ अपूर्व रायको उपस्थितिमा बैठक शुरु भएको थियो। बैठकमा मुख्यमन्त्रीको घोषणा अनुरुप १६ अक्टोबरको दिनदेखि स्कूलहरू खोलिने भएकोले सम्पूर्ण कोभिड प्रोटोकललाई पालन गर्दै शिक्षकहरूले स्कूलको सरसफाई साथै सेनिटाइजेशन गर्ने कार्य सम्बन्धमा बीडीओ प्रशान्त बर्मनले शिक्षकहरूलाई जनाएका थिए । स्कूल खोल्न अघि आगामी १२ अक्टोबरभित्रै स्कूलहरू सबै सेनिटाइजेशन एवम् स्कूल परिसरको सफाई…
