12
Jul
इण्डियन एक्सप्रेस ग्रुपले भारतको भावी सिनेम्याटिक प्रतिभालाई पहिचान गरेर अभिवृद्धि गर्ने उद्देश्यमा स्क्रीन एकाडेमी नामक एक गैर-लाभदायक पहल आरम्भ गरेको छ। लोधा फाउण्डेशनद्वारा समर्थित यस एकाडेमीले प्रत्येक वर्ष प्रमुख फिल्म संस्थानहरूबाट आएका आर्थिक रूपले कमजोर तर होनहार विद्यार्थीहरूलाई स्नातकोत्तर फेलोशिप प्रदान गर्नेछ।यस पहललाई ओस्कर विजेता गुणीत मोङ्गा अनि रसूल पूकुट्टी, केन्स ग्राण्ड प्रिक्स विजेता पायल कपाड़िया तथा चर्चित स्क्रीनराइटर अञ्जुम राजाबली जस्ता प्रतिष्ठित व्यक्तित्वहरूले समर्थन गरिरहेका छन्। सहभागी फेलोहरूले फिल्म उद्योगका दिग्गजहरूबाट मेण्टरशिप, इण्टर्नशिपको पहुँच साथै व्यावसायिक विकासका अवसरहरू प्राप्त गर्नेछन्। एफटीआईआई, एसआरएफटीआई अनि व्हिसलिङ वूड्स इण्टरनेशनल जस्ता संस्थाहरूले यस पहललाई स्वागत गर्दै यस पहलले विविध क्षेत्रका उदीयमान स्टोरीटेलरहरूका लागि…
