10
Aug
वोडाफोन आइडिया लिमिटेड अधीनस्थ संस्थागत शाखा वी बिजिनेसले आगामी तीन वर्षभित्र भारतभरि 1.2 करोड़ स्मार्ट मिटर जड़ान गर्ने महत्त्वाकाङ्क्षी योजना सार्वजनिक गरेको छ। भारतको स्मार्ट ग्रिड मिसनसित मेल खाने यस विशाल पहलले देशको Advanced Metering Infrastructure एडभान्स्ड मिटरिङ इन्फ्रास्ट्रक्चर (एएमआई) अनि इण्टरनेट अफ थिङ्स (आईओटी) प्रणालीलाई थप दह्रो बनाउने लक्ष्य लिएको छ।सन् 2018 देखि स्मार्ट मिटर इण्टिग्रेशनमा सफलता हासिल गर्दै आएको वी बिजिनेसले आफ्नै आईओटी स्मार्ट सेण्ट्रल प्लेटफर्म प्रयोग गरी उपयोगिता कम्पनीहरू साथै उपभोक्ताहरूका लागि रियल-टाइम निगरानी, सञ्चालनको कार्यक्षमता अनि डेटाको सुरक्षामा सहयोग पुर्यााउनेछ। कम्पनीले अगावै स्थापना गरिसकेको आईओटी प्रयोगशाला अनि सशक्त अनबोर्डिङ प्रक्रियाले देशव्यापी रूपमा सजिलै र विस्तारपूर्वक मिटर…
