Accident

कुखुरा बोकेको गाड़ी दुर्घटनाग्रस्त

कुखुरा बोकेको गाड़ी दुर्घटनाग्रस्त

नियन्त्रण गुमाएर कुखुरा बोकेको एक गाड़ी सड़कको छेउमा पल्टिएर दुर्घटनाग्रस्त भएको छ। यो घटना शुक्रवार आमबारी–बेलाकोबा राज्य सड़कको शिकारपुर ग्राम पञ्चायतअन्तर्गत सरकारपाड़ा क्षेत्रमा भएको हो।प्रत्यक्षदर्शीहरूअनुसार, बेलाकोबादेखि कुखुरा बोकेर गाड़ी सिलगढ़ीको चम्पासारीतर्फ जाँदै थियो। बाटोमा अचानक गाड़ीको एउटा टायर पड़कियो। त्यसपछि चालकले नियन्त्रण गुमाए र गाड़ी सडकनजिक रहेको बिजुलीको पोलमा ठोक्किएर पल्टियो।घटनामा चालक सामान्य घाइते भए। स्थानीय वासिन्दाहरूले तत्काल तिनलाई उद्धार गरे अनि बेलाकोबा पुलिस चौकीमा खबर गरे। पुलिस घटनास्थलमा आइपुगेर स्थिति नियन्त्रणमा लिएर दुर्घटनाग्रस्त गाड़ीलाई उठाएर पुलिस चौकीमा लगिएको बताइएको छ। पुलिस सूत्रअनुसार घटनाको जाँच आरम्भ गरिएको छ। दुर्घटनाका कारण केही समय सड़कमा वाहनहरूको आवातजावात प्रभावित भएको थियो।
Read More
पिकअप भ्यान र ट्रक ठोक्किँदा एकको मृत्यु, दुई घाइते

पिकअप भ्यान र ट्रक ठोक्किँदा एकको मृत्यु, दुई घाइते

सोमवार बिहान एसियन हाइवे 2 अन्तर्गत बाघडुग्राको सन्न्यासी चियाबारी क्षेत्रमा भएको सड़क दुर्घटनामा आँप बोकेको पिकअप भ्यान र ट्रक आपस्तमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। प्राप्त जानकारी अनुसार, पिकअप भ्यान बिहारबाट आँप बोकेर सिलगढ़ीतर्फ आइरहेको थियो भने ट्रकरी सिलगढ़ीदेखि फर्कँदै थियो। बाघडुग्राको सन्न्यासी चियाबारीमा दुवै वाहन एकार्कामा सोझै ठोक्किए। ठक्करमा पिकअप भ्यान पूर्ण रूपले क्षतिग्रस्त भएको छ। दुर्घटनामा बिहार निवासी गड्डु कुमार यादवको घटनास्थलमै मृत्यु भएको बताइएको छ। पिकअप भ्यानका चालक र अर्का एक यात्री गम्भीर रूपले घाइते भएका छन्। तिनीहरूलाई उपचारका लागि उत्तर बङ्गाल मेडिकल कलेज तथा अस्पताल पुर्या्इएको छ। दुर्घटनापछि ट्रक चालकले घटनास्थलबाट…
Read More
राष्ट्रिय राजमार्ग नम्बर २७ मा दुर्घटनामा दुई जना घाइते

राष्ट्रिय राजमार्ग नम्बर २७ मा दुर्घटनामा दुई जना घाइते

सिलिगुडी महाकुमा परिषद् अन्तर्गत फाँसीदेवा ब्लकको विधान नगरमा बिहीबार राष्ट्रिय राजमार्ग नम्बर २७ मा एउटा स्कुटी दुर्घटनाग्रस्त भयो। घटनामा स्कुटीमा सवार दुई जना घाइते भएका छन्।  स्कुटरमा सवार दुवै जना सिलिगुडीबाट इस्लामपुर जाँदै गरेको थाहा भएको छ। त्यसपछि सिलिगुडी जिल्लाको विधान नगरमा राष्ट्रिय राजमार्ग नम्बर २७ मा पुग्ने बित्तिकै उनीहरूले नियन्त्रण गुमाए र सडकमा खसे। दुवै जना सवार गम्भीर घाइते भए। यो देखेर स्थानीय मानिसहरूले तुरुन्तै विधान नगर प्रहरी चौकीलाई खबर गरे। जानकारी पाएपछि विधान नगर प्रहरी चौकीको प्रहरी घटनास्थलमा पुगेर घाइतेहरूलाई उद्धार गरेर पहिले विधान नगर प्राथमिक स्वास्थ्य केन्द्र लगेको थियो। जब उनको अवस्था बिग्रियो, उनलाई उत्तर बंगाल मेडिकल…
Read More
सुकनामा टोय ट्रेनको इञ्जिन पल्टियो

सुकनामा टोय ट्रेनको इञ्जिन पल्टियो

सिलगढ़ीदेखि तीनधारिया जाँदै गर्दा सुकनानजिक टोय ट्रेनको एउटा इञ्जिन पल्टिएको छ। शुक्रवार दिउँसो 1 बजी इञ्जिन स्किड भएर रेल लीकबाट पल्टिएको हो। घटनामा चालक र सहचालक सामान्य रूपले घाइते भएका छन्। खबर पाएपछि रेल विभागका अधिकारीहरू घटनास्थलमा पुगेका थिए। रेल विभागले इञ्जिन उठाउने काम आरम्भ गरिसकेको छ। यद्यपि एनजेपीबाट दार्जीलिङतर्फ जाने टोय ट्रेन भने सामान्य रूपमा पहाड़तर्फ प्रस्थान गरेको जनाइएको छ।यसअघि पनि धेरैपल्ट टोय ट्रेन लीकबाट पल्टिएको घटनाहरू भइसकेका छन्। गत वर्ष 1 जनवरीमा दार्जीलिङको काकझोड़ामा टोय ट्रेनको एउटा इञ्जिन रेल लीकबाट बाहिरिएको थियो। त्यस घटनाले यात्रीहरूमा त्रास सिर्जना गरेको थियो। यद्यपि त्यति बेला कसैलाई चोटपटक लागेको थिएन। दार्जीलिङको नोस्टाल्जियासित…
Read More
ट्रकको ठक्करमा तीनजना यात्री घाइते

ट्रकको ठक्करमा तीनजना यात्री घाइते

भारत-नेपाल सिमानास्थित पानीट्याङ्कीनजिक राष्ट्रिय राजमार्ग नम्बर 327 मा आज एउटा ठूलो वाहन दुर्घटना भएको छ। तीव्र गतिमा आएको एउटा ट्रकले नियन्त्रण हराएर यात्रीवाहक बसलाई ठक्कर दियो। दुर्घटनामा तीन व्यक्ति घाइते भएका छन्। प्राप्त रिपोर्टअनुसार, शुक्रवार सिलगढ़ीबाट आउँदै गरेको ट्रकले नियन्त्रण हराएर विपरीत दिशाबाट आउँदै गरेको यात्रीवाहक बसलाई ठक्कर दिएको हो। ठक्कर धेरै शक्तिशाली थियो। बसलाई ठक्कर दिएपछि ट्रकले एउटा ई-रिक्सालाई धक्का दिँदै सड़क छेउको पसलमा पनि ठक्कर दिएको बताइएको छ।दुर्घटनापछि ट्रक चालकले घटनास्थलबाट सुइँकुच्चा ठोकेको छ। बसमा सवार तीनजना यात्रीहरू घाइते भएका थिए र तिनीहरूलाई तत्कालै उपचारका लागि अस्पताल लगियो। समाचार प्राप्त भएपछि खोरीबारीअन्तर्गत पानी ट्याङ्की आउटपोस्टका पुलिस अधिकारीहरू अनि…
Read More
बाइकको ठक्करले घाइते तृणमूल प्रवक्ता वेदव्रत दत्त

बाइकको ठक्करले घाइते तृणमूल प्रवक्ता वेदव्रत दत्त

बेपरवाह गतिमा आइरहेको बाइकको ठक्करले दार्जीलिङ जिल्ला समतलका तृणमूल कङ्ग्रेसका प्रवक्ता वेदव्रत दत्त गम्भीर रूपमा घाइते भएका छन्। यो घटना मङ्गलवार साँझ सिलगढ़ीको निवेदिता रोडमा भएको हो। स्थानीय सूत्रअनुसार एउटा एटीएमबाट पैसा झिकेर सड़क पार गरिरहेको क्रममा अचानक तीव्र गतिमा आइरहेको बाइकले तिनलाई जोड़ले ठक्कर दियो। ठक्करले तिनी सड़कमा पछारिएर लड़े अनि बेहोस भए।स्थानीय मानिसहरूले तत्कालै उद्धार गरेर तिनलाई पहिलो एउटा निजी अस्पतालमा भर्ना गराएका थिए। पछि थप उपचारका लागि तिनलाई मतिगढ़ास्थित अर्को प्रसिद्ध अस्पतालमा स्थानान्तरण गरियो जहाँ लगभग तीन दिनसम्म तिनको उपचार चल्यो। चिकित्सकहरूको भनाइमा हाल दत्तको स्वास्थ्य स्थिर भए पनि केही दिन पूर्ण आराम आवश्यक हुनेछ। वेदव्रत दत्तलाई…
Read More
ट्र्याक्टर र बाइक आपस्तमा ठोक्किँदा तीन घाइते

ट्र्याक्टर र बाइक आपस्तमा ठोक्किँदा तीन घाइते

ट्र्याक्टर र बाइक आपस्तमा ठोक्किँदा तीनजना घाइते भएका छन्। प्राप्त जानकारीअनुसार खोरीबारीको बुढ़ागञ्जदेखि तीनजना कुनै काम लिएर बाइकमा नक्सलबारी जाँदै थिए। सोही समय बुढ़ागञ्जतर्फ जाँदै गरेको बालुवा बोकेको ट्र्याक्टर विपरीत दिशाबाट आइरहेको थियो। नक्सलबारीको रथखोला क्षेत्रमा ट्र्याक्टर र बाइक आपस्तमा ठोक्किए। उक्त दुर्घटनामा बाइकमा सवार तीनैजना सड़कमा पछारिए। घटनापछि घाइतेहरूलाई उद्धार गरी नक्सलबारी अस्पताल पठाइयो। तर अवस्था गम्भीर भएकाले तिनीहरूलाई उत्तर बङ्गाल मेडिकल कलेज औ अस्पतालमा रेफर गरिएको छ। घाइतेहरू सुबोध सिंह, हरिपद सिंह र बकुल सिंह हुन्। तिनीहरू सबै खोरीबारीको बुढ़ागञ्जस्थित रायमतीका वासिन्दा हुन्। अर्कातिर खबर पाएपछि नक्सलबारी पुलिस थाना र ट्राफिक पुलिसले घटनास्थलमा पुगेर जाँच आरम्भ गरिसकेको छ।…
Read More
सड़क दुर्घटनामा विद्यार्थीको मृत्यु

सड़क दुर्घटनामा विद्यार्थीको मृत्यु

विद्यालयबाट फर्किने क्रममा भएको सड़क दुर्घटनामा एकजना विद्यार्थीको ज्यान गएको छ। यो घटना फाँसीदेवाको घोषपुकुर-खोरीबाड़ी राज्य राजमार्गमा भएको हो। मृत विद्यार्थी घोषपुकुर निवासी तथा सेण्ट जोसेफ विद्यालयमा कक्षा चारमा अध्ययनरत ज्याकलिन जेजे हुन्। प्राप्त रिपोर्टहरूअनुसार विद्यालयपछि सड़क पार गर्ने क्रममा साग-सब्जी बोकेको एउटा ट्रकले ठक्कर दिँदा विद्यार्थीको घटनास्थलमै मृत्यु भयो। स्थानीय मानिसहरूले तुरुन्तै ट्रकलाई पछ्याएर रोके पनि चालक भने भाग्न सफल भएको बताइएको छ। सूचना पाएलगत्तै पुलिसले घटनास्थलमा पुगेर ट्रकलाई नियन्त्रणमा लिएको छ। साथै शवलाई उद्धार गरी पोष्टमर्टमका लागि उत्तर बङ्गाल मेडिकल कलेज तथा अस्पताल पठाएको छ। घटनाले सम्पूर्ण क्षेत्र शोकमग्न बनेको छ।
Read More
सालुगढ़ामा भयावह सड़क दुर्घटना

सालुगढ़ामा भयावह सड़क दुर्घटना

हिजो राति भक्तिनगर थानाअन्तर्गत सालुगढ़ा क्षेत्रमा भयावह सड़क दुर्घटना भएको छ। दुर्घटनामा ट्रकले किच्याउँदा एक व्यक्तिको घटनास्थलमै मृत्यु भयो तर ट्रक चालकले भने सुइँकुच्चा ठोकेको छ। यो घटना उक्त क्षेत्रमा जड़ान गरिएको एउटा सीसीटीभी क्यामेरामा कैद भएको छ। प्राप्त जानकारीअनुसार, हिजो राति सालुगढ़ा क्षेत्रमा एकजना बाइक सवार असन्तुलित भएर सड़कमा लडेका थिए। त्यही बेला एउटा ट्रकले तिनलाई किच्यायो। तर ट्रक चालकले तुरुन्तै त्यहाँबाट सुइँकुच्चा ठोके। दुर्घटना देखेपछि स्थानीय मानिसहरू घटनास्थलमा पुगे र भक्तिनगर थाना पुलिसलाई जानकारी दिइयो। सूचना पाएर भक्तिनगर थाना पुलिस त्यहाँ आइपुग्यो। शवलाई उद्धार गरी पोस्टमर्टम गर्न उत्तर बङ्गाल मेडिकल कलेज तथा अस्पताल पठाइएको छ। मृत व्यक्तिको नाम…
Read More
दुर्घटना रोक्न इष्टर्न बाइपासमा रेट्रो-रिफ्लेक्टिभ टेपको जड़ान

दुर्घटना रोक्न इष्टर्न बाइपासमा रेट्रो-रिफ्लेक्टिभ टेपको जड़ान

दुर्घटनाहरूको रोकथाम गर्न महत्त्वपूर्ण कदम स्वरूप परिवहन विभागको एमभीआई टोलीले सिलगढ़ीको इष्टर्न बाइपासमा रेट्रो-रिफ्लेक्टिभ टेपहरू जड़ान गर्ने कार्य आरम्भ गरेको छ। 29 जनवरीको राति विभिन्न स्थानहरूमा टेपहरू जड़ान गरियो। प्राप्त रिपोर्टहरूअनुसार इष्टर्न बाइपास दुर्घटनाको केन्द्र बनेको छ अनि दुर्घटनामा धेरैले ज्यान समेत गुमाइसकेका छन्। यस समस्यालाई समाधान गर्न अधिकारीहरूले दुर्घटनाग्रस्त क्षेत्रहरू र अन्धकारमय भागहरू पहिचान गरी त्यहाँ रेट्रो-रिफ्लेक्टिभ टेप जड़ान गर्ने निर्णय लिएका हुन्। बुधवार साँझ परिवहन विभागको एमभीआई टोलीले ती रेट्रो-रिफ्लेक्टिभ टेप राखे। उक्त कार्यमा अब्दुल रोहान, नटन विश्वास, शुभङ्कर सेन, दयाल बर्मन, अभिषेक गुप्ता अनि अजय लामा लगायत अन्य सामेल थिए।दुर्घटना रोक्ने आफ्नो नैतिक जिम्मेवारी रहेको एमभीआई टोलीले…
Read More