Accident

दुई ट्रकको मुखामुखी ठक्कर

दुई ट्रकको मुखामुखी ठक्कर

जलपाइगढ़ीको धूपगुड़ीमा शुक्रवार सखारै बिहान एक भीषण दुर्घटना भएको छ। एशियन हाइवेको धूपगुड़ी स्टेशन मोड़नजिक ओभरब्रिज क्षेत्रमा दुई ट्रक मुखामुखी ठोक्किन पुगे। दुर्घटनामा दुवै ट्रकका चालक गम्भीर घाइते भएका छन्। स्थानीय सूत्रअनुसार फालाकाटाबाट मल बोकेको एक ट्रक हल्दीबारीतर्फ जाँदै थियो। त्यसै समय विपरीत दिशाबाट अर्को ट्रक असमतर्फ जाँदै थियो। ओभरब्रिजनजिक पुग्दा असमतर्फ गइरहेको ट्रकले नियन्त्रण गुमाएर मल बोकेको ट्रकलाई जोरदार ठक्कर दियो। भीषण आवाजसितै छेउछाउको क्षेत्र कम्पित भयो। दुर्घटनाका कारण फालाकाटाका वासिन्दा ट्रक चालक समीयर सरकार र असमका वासिन्दा रञअजन साव स्टेरिङले च्यापिएर अड्किए। लगभग आधा घण्टासम्म तिनीहरू गाड़ीभित्रै फँसै। स्थानीय मानिसहरूले उद्धार गर्न सकेनन्।खबर पाएपछि दमकल टोली र धूपगुड़ी…
Read More
नगराकट्टा सड़क दुर्घटनामा तीनको मृत्यु

नगराकट्टा सड़क दुर्घटनामा तीनको मृत्यु

सखारै बिहान भयावह दुर्घटना भएको छ। चिया श्रमिकहरू बोकेको पिकअप भ्यान पल्टिँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ अनि धेरै घाइते भएका छन्। सोमवार सखारै बिहान नगराकट्टाको गठिया चियाबारीको अप्पर डिभिजनमा यस्तो मर्मान्तिक घटना भएको हो।प्राप्त जानकारीअनुसार मृत अनि घाइते सबै खयेरकट्टा गाउँ र खयेरबारी क्षेत्रका वासिन्दा हुन्। अन्य दिन जस्तै आज पनि तिनीहरू पिकअप भ्यानमा चढ़ेर गठिया चियाबारीमा अस्थायी वा बिघा काम गर्न जाँदै थिए। तर अचानक गाड़ीले नियन्त्रण हराएर पल्टिँदा सड़क छेउको खाल्डोमा खस्यो। त्यसपछि स्थानीय मानिसहरूले घटनामा परेका सबैलाई उद्धार गरेर चियाबारीको अस्पताल र सोल्कापाड़ा ग्रामीण अस्पताल पुर्यानए। त्यहाँ तीनजनालाई मृत घोषणा गरियो।प्राप्त जानकारीअनुसार मृतहरूमा मृत मनीषा नागाशिया(18),…
Read More
होम–स्टेको बाल्कोनीदेखि सड़कमा खस्दा पर्यटकको मृ*त्यु

होम–स्टेको बाल्कोनीदेखि सड़कमा खस्दा पर्यटकको मृ*त्यु

दुर्घटनामा पहाड़ घुम्न आएका एक युवा पर्यटकको मृत्यु भएको छ। खरसाङको डाउहिलस्थित होम–स्टेको बाल्कोनीबाट खस्दा हाउड़ाका वासिन्दा युवकको मृत्यु भएको हो। लगभग 26 वर्षका उक्त युवकको नाम सप्तनील चट्टोपाध्याय हो। 18 अगस्त बिहान यो दुर्घटना भएको हो। तिनी 6 जनाको समूहसितै घुम्न पहाड़ आएका थिए। सोमवार नै तिनीहरूको घर फर्कने योजना थियो।सूत्रअनुसार केही दिनअघि पर्यटकहरूको एउटा समूह उक्त होम–स्टेमा बस्न आएको थियो। समूहमा रहेका 6 जनामध्ये को–को थिए भनेर जानकारी प्राप्त भएको छैन। सोमवार बिहान सप्तनील बाल्कोनीबाट सड़कमा खस्दा तिनका साथीहरू कहाँ थिए भनेर पुलिसले जाँच गरिरहेको छ। बाल्कोनीबाट सप्तनील कसरी खसे भन्ने विषयमा पनि जाँच भइरहेको छ। यो केवल…
Read More
सड़क दुर्घटनामा दुईको मृत्यु

सड़क दुर्घटनामा दुईको मृत्यु

एक दुखद सड़क दुर्घटनामा दुई साथीको ज्यान गएको छ भने अर्का एकजना घाइते भएका छन्। यो घटना आइतवार अबेर राति बाघडुग्राको गङ्गाराम चियाबारीस्थित राष्ट्रिय राजमार्गको चर्च मोड़नजिक भएको हो। मृतहरूमा मुनी चियाबारीका वासिन्दा बादल मुण्डा अनि अमन हुन्।प्राप्त रिपोर्टअनुसार तीनैजना साथी एउटा मोटरसाइकलमा घोषपुकुरदेखि घर फर्किंदै थिए। मोटरसाइकलको नियन्त्रण हराउँदा एउटा चार चक्के गाड़ीसित ठोक्कियो। घटनास्थलमै दुईजनाको मृत्यु भयो भने तेस्रो व्यक्ति गम्भीर रूपमा घाइते भएका छन्।दुर्घटनापछि बाघडुग्रा पुलिस तुरुन्तै घटनास्थल पुगेर घाइतेलाई उद्धार गरी उत्तर बङ्गाल मेडिकल कलेज तथा अस्पतालमा भर्ना गराएको छ। शवहरूलाई पोस्टमर्टमका लागि पठाइएको छ र पुलिसले घटनाको जाँच आरम्भ गरेको छ।
Read More
कुखुरा बोकेको गाड़ी दुर्घटनाग्रस्त

कुखुरा बोकेको गाड़ी दुर्घटनाग्रस्त

नियन्त्रण गुमाएर कुखुरा बोकेको एक गाड़ी सड़कको छेउमा पल्टिएर दुर्घटनाग्रस्त भएको छ। यो घटना शुक्रवार आमबारी–बेलाकोबा राज्य सड़कको शिकारपुर ग्राम पञ्चायतअन्तर्गत सरकारपाड़ा क्षेत्रमा भएको हो।प्रत्यक्षदर्शीहरूअनुसार, बेलाकोबादेखि कुखुरा बोकेर गाड़ी सिलगढ़ीको चम्पासारीतर्फ जाँदै थियो। बाटोमा अचानक गाड़ीको एउटा टायर पड़कियो। त्यसपछि चालकले नियन्त्रण गुमाए र गाड़ी सडकनजिक रहेको बिजुलीको पोलमा ठोक्किएर पल्टियो।घटनामा चालक सामान्य घाइते भए। स्थानीय वासिन्दाहरूले तत्काल तिनलाई उद्धार गरे अनि बेलाकोबा पुलिस चौकीमा खबर गरे। पुलिस घटनास्थलमा आइपुगेर स्थिति नियन्त्रणमा लिएर दुर्घटनाग्रस्त गाड़ीलाई उठाएर पुलिस चौकीमा लगिएको बताइएको छ। पुलिस सूत्रअनुसार घटनाको जाँच आरम्भ गरिएको छ। दुर्घटनाका कारण केही समय सड़कमा वाहनहरूको आवातजावात प्रभावित भएको थियो।
Read More
पिकअप भ्यान र ट्रक ठोक्किँदा एकको मृत्यु, दुई घाइते

पिकअप भ्यान र ट्रक ठोक्किँदा एकको मृत्यु, दुई घाइते

सोमवार बिहान एसियन हाइवे 2 अन्तर्गत बाघडुग्राको सन्न्यासी चियाबारी क्षेत्रमा भएको सड़क दुर्घटनामा आँप बोकेको पिकअप भ्यान र ट्रक आपस्तमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। प्राप्त जानकारी अनुसार, पिकअप भ्यान बिहारबाट आँप बोकेर सिलगढ़ीतर्फ आइरहेको थियो भने ट्रकरी सिलगढ़ीदेखि फर्कँदै थियो। बाघडुग्राको सन्न्यासी चियाबारीमा दुवै वाहन एकार्कामा सोझै ठोक्किए। ठक्करमा पिकअप भ्यान पूर्ण रूपले क्षतिग्रस्त भएको छ। दुर्घटनामा बिहार निवासी गड्डु कुमार यादवको घटनास्थलमै मृत्यु भएको बताइएको छ। पिकअप भ्यानका चालक र अर्का एक यात्री गम्भीर रूपले घाइते भएका छन्। तिनीहरूलाई उपचारका लागि उत्तर बङ्गाल मेडिकल कलेज तथा अस्पताल पुर्या्इएको छ। दुर्घटनापछि ट्रक चालकले घटनास्थलबाट…
Read More
राष्ट्रिय राजमार्ग नम्बर २७ मा दुर्घटनामा दुई जना घाइते

राष्ट्रिय राजमार्ग नम्बर २७ मा दुर्घटनामा दुई जना घाइते

सिलिगुडी महाकुमा परिषद् अन्तर्गत फाँसीदेवा ब्लकको विधान नगरमा बिहीबार राष्ट्रिय राजमार्ग नम्बर २७ मा एउटा स्कुटी दुर्घटनाग्रस्त भयो। घटनामा स्कुटीमा सवार दुई जना घाइते भएका छन्।  स्कुटरमा सवार दुवै जना सिलिगुडीबाट इस्लामपुर जाँदै गरेको थाहा भएको छ। त्यसपछि सिलिगुडी जिल्लाको विधान नगरमा राष्ट्रिय राजमार्ग नम्बर २७ मा पुग्ने बित्तिकै उनीहरूले नियन्त्रण गुमाए र सडकमा खसे। दुवै जना सवार गम्भीर घाइते भए। यो देखेर स्थानीय मानिसहरूले तुरुन्तै विधान नगर प्रहरी चौकीलाई खबर गरे। जानकारी पाएपछि विधान नगर प्रहरी चौकीको प्रहरी घटनास्थलमा पुगेर घाइतेहरूलाई उद्धार गरेर पहिले विधान नगर प्राथमिक स्वास्थ्य केन्द्र लगेको थियो। जब उनको अवस्था बिग्रियो, उनलाई उत्तर बंगाल मेडिकल…
Read More
सुकनामा टोय ट्रेनको इञ्जिन पल्टियो

सुकनामा टोय ट्रेनको इञ्जिन पल्टियो

सिलगढ़ीदेखि तीनधारिया जाँदै गर्दा सुकनानजिक टोय ट्रेनको एउटा इञ्जिन पल्टिएको छ। शुक्रवार दिउँसो 1 बजी इञ्जिन स्किड भएर रेल लीकबाट पल्टिएको हो। घटनामा चालक र सहचालक सामान्य रूपले घाइते भएका छन्। खबर पाएपछि रेल विभागका अधिकारीहरू घटनास्थलमा पुगेका थिए। रेल विभागले इञ्जिन उठाउने काम आरम्भ गरिसकेको छ। यद्यपि एनजेपीबाट दार्जीलिङतर्फ जाने टोय ट्रेन भने सामान्य रूपमा पहाड़तर्फ प्रस्थान गरेको जनाइएको छ।यसअघि पनि धेरैपल्ट टोय ट्रेन लीकबाट पल्टिएको घटनाहरू भइसकेका छन्। गत वर्ष 1 जनवरीमा दार्जीलिङको काकझोड़ामा टोय ट्रेनको एउटा इञ्जिन रेल लीकबाट बाहिरिएको थियो। त्यस घटनाले यात्रीहरूमा त्रास सिर्जना गरेको थियो। यद्यपि त्यति बेला कसैलाई चोटपटक लागेको थिएन। दार्जीलिङको नोस्टाल्जियासित…
Read More
ट्रकको ठक्करमा तीनजना यात्री घाइते

ट्रकको ठक्करमा तीनजना यात्री घाइते

भारत-नेपाल सिमानास्थित पानीट्याङ्कीनजिक राष्ट्रिय राजमार्ग नम्बर 327 मा आज एउटा ठूलो वाहन दुर्घटना भएको छ। तीव्र गतिमा आएको एउटा ट्रकले नियन्त्रण हराएर यात्रीवाहक बसलाई ठक्कर दियो। दुर्घटनामा तीन व्यक्ति घाइते भएका छन्। प्राप्त रिपोर्टअनुसार, शुक्रवार सिलगढ़ीबाट आउँदै गरेको ट्रकले नियन्त्रण हराएर विपरीत दिशाबाट आउँदै गरेको यात्रीवाहक बसलाई ठक्कर दिएको हो। ठक्कर धेरै शक्तिशाली थियो। बसलाई ठक्कर दिएपछि ट्रकले एउटा ई-रिक्सालाई धक्का दिँदै सड़क छेउको पसलमा पनि ठक्कर दिएको बताइएको छ।दुर्घटनापछि ट्रक चालकले घटनास्थलबाट सुइँकुच्चा ठोकेको छ। बसमा सवार तीनजना यात्रीहरू घाइते भएका थिए र तिनीहरूलाई तत्कालै उपचारका लागि अस्पताल लगियो। समाचार प्राप्त भएपछि खोरीबारीअन्तर्गत पानी ट्याङ्की आउटपोस्टका पुलिस अधिकारीहरू अनि…
Read More
बाइकको ठक्करले घाइते तृणमूल प्रवक्ता वेदव्रत दत्त

बाइकको ठक्करले घाइते तृणमूल प्रवक्ता वेदव्रत दत्त

बेपरवाह गतिमा आइरहेको बाइकको ठक्करले दार्जीलिङ जिल्ला समतलका तृणमूल कङ्ग्रेसका प्रवक्ता वेदव्रत दत्त गम्भीर रूपमा घाइते भएका छन्। यो घटना मङ्गलवार साँझ सिलगढ़ीको निवेदिता रोडमा भएको हो। स्थानीय सूत्रअनुसार एउटा एटीएमबाट पैसा झिकेर सड़क पार गरिरहेको क्रममा अचानक तीव्र गतिमा आइरहेको बाइकले तिनलाई जोड़ले ठक्कर दियो। ठक्करले तिनी सड़कमा पछारिएर लड़े अनि बेहोस भए।स्थानीय मानिसहरूले तत्कालै उद्धार गरेर तिनलाई पहिलो एउटा निजी अस्पतालमा भर्ना गराएका थिए। पछि थप उपचारका लागि तिनलाई मतिगढ़ास्थित अर्को प्रसिद्ध अस्पतालमा स्थानान्तरण गरियो जहाँ लगभग तीन दिनसम्म तिनको उपचार चल्यो। चिकित्सकहरूको भनाइमा हाल दत्तको स्वास्थ्य स्थिर भए पनि केही दिन पूर्ण आराम आवश्यक हुनेछ। वेदव्रत दत्तलाई…
Read More