Paromita

248 Posts
करीमूलको बायोपिक सुटिङमा देव

करीमूलको बायोपिक सुटिङमा देव

सुटिङ गर्दैछन् देव। सुटिङमा उत्रिन सक्छन् अमीर खान पनि। पद्मश्री सम्मानित करीमुल हकको बायोपिकको सुटिङ उत्तर बङ्गालमा चलिरहेको छ। यो चलचित्र हिन्दी भाषामा पनि बन्न सक्ने सम्भावना छ। त्यसबारे कुराकानी अघि बढ़ेको करीमुलले जानकारी दिएका छन्। रोगी आमालाई अस्पताल पुर्यासउन एम्बुलेन्स नपाएको पीड़ा मनमा बोकेर करीमुलले आफ्नै मोटरसाइकललाई एम्बुलेन्समा रूपान्तरण गरेका थिए। मालबाजारको क्रान्तिस्थित धलाबाड़ीका यी वासिन्दाले कति रोगीलाई अस्पताल पुर्यारए त्यसको कुनै हिसाब छैन। पद्मश्री सम्मानले सम्मानित कलीमुलको बायोपिकमा तिनको भूमिकामा अभिनय गरिरहेका छन् सांसद देव। सोमवारदेखि नै तिनी उत्तर बङ्गालमा डेरा जमाएका छन्। सुटिङ आरम्भ भइसकेको छ।मङ्गलवार बिहान 8 बजीको कल टाइममा देव उपस्थित भएका थिए। पहिलो दिनको…
Read More
डाक्टरमाथि कुटपिटको विरोधमा प्रतिवाद जुलूस

डाक्टरमाथि कुटपिटको विरोधमा प्रतिवाद जुलूस

सोमवार दिउँसो सिलगढ़ी शहरको केन्द्रस्थल हिलकार्ट रोडमा एक सनसनीपूर्ण घटना सार्वजनिक भएको थियो। मानवताको परिचय दिन खोज्दा शहरका परिचित चिकित्सक मैनाक मुखर्जीलाई कुटपिट गरिएको थियो। सोमवार दिउँसो डा. मैनाक मुखर्जी हिलकार्ट रोडस्थित एउटा सेलुनतर्फ जाँदै थिए। त्यसै क्रममा तिनले केही युवकहरूले एकजना युवकलाई चोरको शङ्कामा निर्दयतापूर्वक कुटपिट गरिरहेका देखे। ती युवकको टाउकोमा गम्भीर चोट लाग्न सक्ने आशङ्का हुँदा चिकित्सक मुखर्जीले अगाड़ि बढ़ेर कुटपिट गर्ने युवकहरूलाई रोक्ने प्रयास गर्दै कुटपिट बन्द गर्न अनुरोध गर्दै पुलिसलाई जानकारी दिने आग्रह गरेका थिए। त्यतिमै युवकहरू आक्रोशित बने। मानवताको मूल्य चिकित्सकले नै चुकाउनु पर्योग। प्रत्यक्षदर्शीहरूले बताएअनुसार ती युवकहरूले डा. मुखर्जीलाई पनि घटनास्थलमै कुटपिट गरे।मङ्गलवार त्यस…
Read More
सन्दकफूमा हिमपात अनि विभिन्न जिल्लामा वृष्टिपात

सन्दकफूमा हिमपात अनि विभिन्न जिल्लामा वृष्टिपात

मङ्गलवार सन्दकफू क्षेत्रमा हिमपातको खबरले पर्यटकहरूलाई धेरै उत्साहित बनाएको छ। सामान्यत फरवरी महीनामा सन्दकफू क्षेत्रमा हिमपात नहुने भए पनि यो वर्ष फरवरी महीनाको अन्त्यतिर भएको हिमपातले सबैलाई आनन्दित तुल्याएको छ। मौसम विभागले पश्चिम बङ्गालका विभिन्न जिल्लामा मङ्गलवार वृष्टिपात हुने सूचित गराएको थियो। मौसम विभागको पूर्वानुमान अनुरूप आज दार्जीलिङ जिल्लामा सामान्य वृष्टिपातसितै असिना परेको छ।वसन्तमै दक्षिण बङ्गालमा पनि मौसमको पहिलो वर्षा भयो। अलिपुर मौसम विभागको पूर्वानुमानअनुसार मङ्गलवार सखारै बिहान हल्कादेखि मध्यम वर्षाले कोलकातासहित वरिपरिका क्षेत्र भिजेका छन्। साथै विभिन्न जिल्लाहरूमा पनि मध्यम वर्षा भएको छ। यसैबीच जाड़ोको अनुभूति झण्डै समाप्त भएको छ। घामको ताप र गर्मी दुवै बढ्दो क्रममा छ। मौसमविद्हरूअनुसार…
Read More
लाखौँ मूल्यको ब्राउन सुगरसहित एक पक्राउ

लाखौँ मूल्यको ब्राउन सुगरसहित एक पक्राउ

अबेर राति गरिएको एक अभियानमा पुलिसले घोषपुकुरस्थित राष्ट्रिय राजमार्ग 27 को गान्धी मोड़ नजिकैबाट लगभग 10 लाख रुपियाँ मूल्य बराबरको 103 ग्राम ब्राउन सुगरसहित एकजनालाई पक्राउ गरेको छ।सूचनाको आधारमा फाँसीदेवा चौकीका सादा पोशाकमा रहेका पुलिसले एक संदिग्ध मोटरसाइकल चालकलाई रोकेर जाँच गर्दा तिनीबाट उक्त अवैध पदार्थ फेला पारियो। पुलिस सूत्रअनुसार आरोपी व्यक्ति विधाननगरबाट घोषपुकुरसम्म लागू औषधी हस्तान्तरण गर्ने योजनामा संलग्न रहेको आशङ्का गरिएको छ।पक्राउ पर्ने व्यक्तिको पहिचान विधाननगर निवासी सुरजित सरकारका रूपमा गरिएको छ। तिनलाई पछि सिलगढ़ी महकुमा न्यायालयमा प्रस्तुत गरियो। फाँसीदेवा पुलिस चौकीअन्तर्गत घोषपुकुर आउटपोस्टका पुलिसले थप जाँच जारी राखेको छ।
Read More
सिलगढ़ी न्यायालयमा पीड़ित परिवारको प्रदर्शन

सिलगढ़ी न्यायालयमा पीड़ित परिवारको प्रदर्शन

सेभोक रोड हिट-एण्ड-रन घटनामा पक्राउ परेका आरोपीलाई न्यायालयमा प्रस्तुत गराउँदा मृत शङ्कर छेत्रीको परिवारका सदस्यहरूले विरोध प्रदर्शन गरेपछि सिलगढ़ी न्यायालय परिसरमा तनाउ उत्पन्न भयो।आरोपी देवांशु पाल चौधरीलाई सिलगढ़ी पुलिसले सोमवार शङ्कर छेत्रीको ज्यान जाने गरी भएको उक्त हिट-एण्ड-रन घटनासित सम्बन्धित आरोपमा पक्राउ गरेको थियो। तिनलाई मङ्गलवार कठोर सुरक्षा व्यवस्थाबीच न्यायालयमा ल्याइएको थियो। तिनलाई न्यायालयमा प्रस्तुत गर्दा पीड़ितका परिवारजन तथा आफन्तहरूले न्यायालयबाहिर प्रदर्शन गर्दै आरोपीलाई कठोर दण्ड दिनुपर्ने माग गर्दै नाराबाजी गरे।मृत शङ्करकी दिदी न्यायालय परिसरमै भावुक भएर रुँदै आफ्नो भाइका लागि न्यायको माग गरिन् र सबैभन्दा कठोर सजाय दिनुपर्ने माग गरिन्। परिवारले प्रशासनसित आरोपीले कुनै कानूनी कमजोरीको फाइदा उठाउन नपावोस्…
Read More
नक्सलबारी थानामा भीषण आगलागी

नक्सलबारी थानामा भीषण आगलागी

मङ्गलवार नक्सलबारी पुलिस थाना भीषण आगलागीको साक्षी बन्यो। थानाको पछाड़ि जफत गरेर राखिएका धेरै मोटरसाइकल आगोमा जलेर खरानी भएका छन्। उक्त घटनाले क्षेत्रमा ठूलो हलचल मच्चायो।प्रत्यक्षदर्शी र पुलिस सूत्रअनुसार उक्त दिन अचानक थानाको पछाड़िको भागमा अचानक धुवाँ र आगोको ज्वाला देखियो। उक्त स्थानमा मुख्यतः पुलिसले जफत गरेको सयौँ वाहनहरू राखिएको थियो। आगो यी तीव्र थियो कि केही क्षणमै पङ्क्तिबद्ध ढङ्गले राखिएका मोटरसाइकलहरूमा जलेर खरानी भए। तुरुन्तै नक्सबारी दमकल केन्द्रमा खबर गरियो। खबर पाउन साथ दमकलका दुईवटा इञ्जिन घटनास्थलमा आइपुगे। त्यसपछि पुलिस र दमकलकर्मीहरूको लगभग आधा घण्टाको प्रयासपछि आगो नियन्त्रणमा ल्याइयो। तर त्यतिञ्जेलसम्म लगभग 20 वटा मोटरसाइकल पूर्ण रूपमा जलेर नष्ट…
Read More
दुई वर्षपछि नयाँ पुल सञ्चालनमा

दुई वर्षपछि नयाँ पुल सञ्चालनमा

उत्तर सिक्किमको लाचेनमा खुसीको वातावरण छ। लामो प्रतीक्षापछि फेरि लाचेनमा पर्यटकहरूको भीड़ बढ्ने आशा गरिएको छ जसले सिक्किम प्रशासनसितै पर्यटन क्षेत्रलाई पनि उत्साहित बनाएको छ। लगभग दुई वर्षअघि तीव्र पानीको बहाउका कारण एउटा पुल भत्किँदा चुङथाङ र लाचेनबीच सड़क सम्पर्क पूर्ण रूपमा विच्छिन्न भएको थियो। त्यसपछि लाचेन लगभग पर्यटन नक्साबाट बाहिरिएको थियो र स्थानीय वासिन्दाहरू आम्दानीविहीन भएका थिए। आइतवार नयाँ पुल उद्घाटनसितै तिनीहरूको अनुहारमा पुनः मुस्कान फर्किएको छ। यो केवल नयाँ सम्पर्क मार्ग खोलिएको मात्र होइन नयाँ इतिहास पनि बनेको छ, सिक्किमका मुख्यमन्त्री पीएस गोलेले भने। लाचेन–मङ्गनका विधायक तथा मन्त्री सेण्डुप लेप्चाले भने, स्टिलबाट बनेको यस पुलले भविष्यमा प्राकृतिक विपत्तिको…
Read More
दार्जीलिङ सिलगढ़ी छोड्दै चिनियाँहरू

दार्जीलिङ सिलगढ़ी छोड्दै चिनियाँहरू

चिनियाँहरू सबै कहाँ गए? एक समय सिलगढ़ीमा सयभन्दा अधिक चिनियाँ परिवार बसोवास गर्थे। दार्जीलिङ र कालेबुङ जिल्ला समेट्दा यो सङ्ख्या कम्तीमा दुई सय जति थियो। घट्दै घट्दै अहिले सिलगढ़ीमा चिनियाँहरूको सङ्ख्या बाह्रमा झरेको छ। पहाड़मा पनि अवस्था उस्तै छ। अझै रहेका मानिसहरूलाई हेर्दा लाग्छ तिनीहरू पनि अब धेरै समय नटिक्ने जस्तो छ। जीविकोपार्जनको खोजीमा सबैले अहिले सिलगढ़ी छोड्दैछन्। एक समय दार्जीलिङ शहर निर्माणका प्रमुख कारीगर रहेका, सिलगढ़ीका पुराना घरहरू निर्माण गर्ने हातहरू आज दार्जीलिङ त परै जावोस् सिलगढ़ीमै पनि जीविकाको कुनै आधार छैन। जो अझै बाँकी छन् तिनीहरूलाई यस पहाड़ी जिल्लासित आफ्नो सम्बन्ध के हो भन्ने पनि थाहा छैन। कसरी…
Read More
काँड़ेतार पारि खेती गर्न जाँदा किसानहरू हैरान

काँड़ेतार पारि खेती गर्न जाँदा किसानहरू हैरान

बङ्गलादेश सीमासित जोड़िएको सिताई क्षेत्रका धेरै गाउँका वासिन्दा बीएसएफको कठोर व्यवहारप्रति आक्रोशित भएका छन्। यस क्षेत्रमा अघिल्लो वाम सरकारको समय खासै विकास भएको थिएन। वर्तमान राज्य सरकारको कार्यकालमा विभिन्न विकास योजनाहरू अघि सारेर कोचबिहार लगायत राज्यको सीमावर्ती दुर्गम ब्लकलाई पुनर्जीवित गर्ने प्रयास भइरहेको छ। तर भारत-बङ्गलादेश सीमामा रहेको काँड़ेतारको पारि रहेका कृषियोग्य जमीनमा खेती गर्न जाँदा सामान्य गाउँलेहरूलाई बारम्बार बीएसएफको कठोर निगरानी र डरको सामना गर्नु परेको आरोप छ। यहाँ तस्करीको समस्या रहेकाले बीएसएफले कठोर सुरक्षा अपनाएको छ। यसकारण काँड़ेतार पारि जमीन भएका साधारण किसानहरूले पटक–पटक हैरानी भोगिरहेका छन्। यसले आगामी विधानसभा चुनाउको मत गणितमा समेत प्रभाव पार्न सक्ने अनुमान…
Read More
नाम मात्रै इञ्चार्ज तर सिलगढ़ीमा देखिँदैनन् निशीथ!

नाम मात्रै इञ्चार्ज तर सिलगढ़ीमा देखिँदैनन् निशीथ!

पूर्व केन्द्रीय गृह राज्यमन्त्री निशीथ प्रमाणिकलाई सिलगढ़ी सङ्गठनात्मक जिल्लाको इञ्चार्जको रूपमा भारतीय जनता पार्टीले नियुक्त गरेको छ। तर विधानसभा चुनाउ आउन लाग्दा पनि तिनलाई सिलगढ़ीमा खासै देख्न पाइँदैन। तिनको कुनै विशेष कार्यक्रम नदेखिएको दलकै एक अंशको आरोप छ। केही सभामा उपस्थित भए पनि तिनी प्रत्यक्ष रूपमा मैदानमा उत्रेर कार्य नगरेका साथै कार्यकर्ताहरूको मनोबल बढ़ाउन छुट्टै पहल नगरेको बताउँदै दलभित्रै चर्चा चुलिरहेको छ। शीर्ष नेताहरूले तिनलाई दिएका यस्तो महत्त्वपूर्ण जिम्मावारी पूरा गर्न आवश्यक कदमहरू त्यति नदेखिएको दलका केही कार्यकर्ताको दाबी छ। त्यसैले जिम्मावारी दिएर दलले निशीथमाथि राखेको विश्वास ठीकसित पूरा हुन्छ कि हुँदैन भन्ने विषयमा कार्यकर्तामाझ अन्योलता छ।यस विषयमा जिल्लाका इञ्चार्ज…
Read More