Paromita

248 Posts
एलपीजी ग्यासले ग्राहकहरू चिन्तित

एलपीजी ग्यासले ग्राहकहरू चिन्तित

खाना पकाउने ग्यासको मूल्य एकैचोटि 60 रुपियाँ बढ़ेको छ। यसकारण सामान्य मानिसहरूको खर्च बढ़ेको छ। त्यससितै चिन्ता पनि बढ़ेको छ। यसपछि पनि निर्धारित समयमा इन्धन ग्यास पाइन्छ कि पाइँदैन भन्ने विषयमा धेरै गृहस्थीहरू चिन्तित छन्। चिन्तित उपभोक्ताहरूले एलपीजी वितरकहरूलाई फोन गरिरहेका छन्। यससितै मूल्य बढ्नअघि सिलिण्डर बुक गरेका उपभोक्ताहरूले पनि अतिरिक्त मूल्य तिर्नु परेको छ। यस विषयमा पनि असन्तोष देखिएको छ। 21 दिनअघि सिलिण्डर बुक गर्न नपाइने भन्ने निर्देशनलाई बढ़ाएर अहिले 25 दिन गरिएको छ। यसले एलपीजी ग्यास प्रयोगकर्ताहरूको चिन्ता बढ़ाएको छ।इङ्ग्लिश बजारको तालतला क्षेत्रकी वासिन्दा पूजाश्री बोसले भनिन्, मैले 20 दिनअघि सिलिण्डर बुक गरेकी थिएँ। घरमा आफन्तहरू आउँदा ग्यास…
Read More
सीबीआई अधिकारी बनेर सुनका गहना लुट

सीबीआई अधिकारी बनेर सुनका गहना लुट

दिउँसै सार्वजनिक रूपमा एक व्यक्तिलाई ठगेर डकैती गरिएको छ। सीबीआई अधिकारीको परिचय दिएर एक पूर्व सैनिकबाट सुनका गहना लुटेर दुईजना अज्ञात व्यक्तिहरूले सुइँकुच्चाठोकेका छन्। यो घटना जलपाइगढ़ी शहरमा भएको हो।पीड़ित पूर्व सैनिक दीपक कुण्डुले बताएअनुसार बिहान तिनी बजार गर्न गएका बेला दुईजना अज्ञात व्यक्तिहरू मोटरसाइकलमा आएर तिनको अघि रोकिए। आफूहरूलाई सीबीआई अधिकारी बताउँदै तिनीहरूले परिचय पत्र पनि देखाए। त्यसपछि विभिन्न प्रकारका प्रश्नहरू सोध्न थाले। केही व्यक्तिहरूको नाम लिँदा आफूले तिनीहरूलाई नचिनेको बताउँदा तिनीहरूरले दीपकलाई किन घाँटीमा सुनको सिक्री र हातमा सुनको औंठी लगाएको भनेर सोधे। त्यसपछि ती गहनाहरू खोल्न लगाए। सुनको सिक्री र औँठी सबै खोलेरर खल्तीमा राख्न लगाउँदै एउटा…
Read More
सीपीएमद्वारा सिलगढ़ीमा विरोध प्रदर्शन

सीपीएमद्वारा सिलगढ़ीमा विरोध प्रदर्शन

सोमवार दार्जीलिङ जिल्ला समितिअन्तर्गत सीपीआई(एम) ले एसआईआर प्रक्रियाको क्रममा धेरै मतदाताहरूको नाम हटाइएको विरोधमा सिलगढ़ी महकुमा अधिकारी कार्यालय अगाड़ि प्रदर्शन गरेको छ। एसआईआर प्रक्रियाबाट धेरै वैध मतदाताहरू प्रभावित बनेका सीपीएमका नेताहरूले दाबी गरेका छन्। तिनीहरूले भारतीय महिला क्रिकेट टोलीकी सदस्य ऋचा घोसको नाम पनि रिभ्युमा राखिएको उल्लेख गरे। सीपीआई (एम) का कार्यकर्ता र समर्थकहरूले एसडीओ कार्यालयसम्म र्याुली निकाले अनि सड़क अवरोध गरे। पछि एसडीओ कार्यालयमा तिनीहरूले ज्ञापनपत्र चढ़ाए।काउन्सिलर शरदिन्दु चक्रवर्तीले एसआईआर प्रक्रिया सम्बन्धी कागजात प्रस्तुत गर्दा सर्वसाधारण मानिसहरूले अनावश्यक हैरानी भोगिरहेको बताए। तिनले नाम हटाउने कार्यलाई योजनाबद्ध षड़यन्त्र भनेर बताए अनि भारत चुनाउ आयोगलाई कुनै पनि राजनैतिक प्रभावबिना निष्पक्ष रूपमा…
Read More
हजारौँ आदिवासी चिया श्रमिकहरूको नाम विचाराधीन सूचीमा

हजारौँ आदिवासी चिया श्रमिकहरूको नाम विचाराधीन सूचीमा

अन्तिम मतदाता सूचीमा उत्तर बङ्गालमा हजारौँ आदिवासी चिया मजदुरहरूको नाम विचाराधीन अवस्थामा राखिएको छ। उत्तरी क्षेत्रका मूल निवासी राजवंशी समुदायका ठूलो हिस्सा पनि यसबाट मुक्त हुन सकेनन्। हटाइएका वा विचाराधीन सूचीमा परेका व्यक्तिहरूमा अल्पसङ्ख्यक समुदायका मानिसहरू पनि छन्। यस विषयले धेरै जिल्लामा व्यापक असन्तोष फैलिएको छ। यसका विरोधमा राज्यको सत्तारूढ़ दल तृणमूल कङ्ग्रेस मुखर भएको छ। तृणमूलको अग्रता भएका क्षेत्रमा लक्षित रूपमा नाम हटाइएको वा ठूलो सङ्ख्यामा नामलाई विचाराधीन सूचीमा राखिएको आरोप राज्यका आदिवासी विकास मन्त्री बुलुचिक बराइकले लगाएका छन्। जलपाइगढ़ी जिल्लामा 1 लाख 8 हजारभन्दा बढ़ी मतदाताको नाम विचाराधीन सूचीमा राखिएको छ। यीमध्ये चियाबारी क्षेत्र प्रमुख रहेको माल विधानसभा…
Read More
चुनाउ आयोगको शङ्का सूचीमा क्रिकेटर ऋचा

चुनाउ आयोगको शङ्का सूचीमा क्रिकेटर ऋचा

विचाराधीन मतदाता विश्वविजेता महिला क्रिकेटर ऋचा घोष! चुनाउ आयोगको सौजन्यमा पहिलो चरणको अन्तिम मतदाता सूचीबाट यस्तो चकित पार्ने तथ्य बाहिर आएको छ। यस विषयबारे भाजपा र चुनाउ आयोगमाथि आक्रमण गरेका छन् सिलगढ़ीका मेयर तथा तृणमूल कङ्ग्रेसको केन्द्रीय कमिटीका नेता गौतम देवले। महिलाप्रति आफ्नो दृष्टिकोण भाजपाले स्पष्ट पारेको तिनको भनाइ छ। यस विषयमा सीपीएम पनि सक्रिय बनेको छ। यद्यपि भाजपाले नरम स्वरमा यस विषय समाधान हुने जनाएको छ। यस मुद्दाले सिलगढ़ीको विधानसभा चुनाउ मैदान गर्मिएको छ।भारतीय महिला क्रिकेट टोलीकी प्रमुख स्टारमध्ये एक हुन् सिलगढ़ीकी ऋचा। तिनले महिला विश्वकप क्रिकेटमा पनि टोलीका लागि सहभागिता जनाएकी छन्। अहिले त्यही विश्वविजेता खेलाड़ी चुनाउ आयोगको…
Read More
तृणमूलमा स्वप्नाले चिन्तित भाजपा खेमा

तृणमूलमा स्वप्नाले चिन्तित भाजपा खेमा

तृणमूल कङ्ग्रेसमा प्रवेश गरेको 24 घण्टाभित्रै स्वप्ना बर्मन डाबग्राम–फूलबारीमा पुगेपछि भाजपामाथि दबाउ बढ़ेको छ। चुनाउको माहोल बने पनि कुनै पनि दलले अहिलेसम्म उम्मेदवार घोषणा गरेको छैन। शुक्रवार कोलकाताबाट फर्किने बित्तिकै स्वप्ना बर्मनलाई एनजेपी स्टेशनबाट सिधै डाबग्राम–फूलबारी ब्लक तृणमूल पार्टी कार्यालयमा लगेर सम्मान गर्दै दलका नेता–कार्यकर्तासित परिचय गराइएको थियो। यसले तृणमूलले डाबग्राम–फूलबारीमा स्वप्नालाई उम्मेदवार बनाउन सक्ने राजनीतिक विश्लेषकहरूको एक हिस्सासितै भाजपाभित्र पनि यस्तो धारणा बनेको छ। यस्तो सम्भावित समीकरणले भाजपा खेमामा चिन्ता बढ़ाएको छ। डाबग्राम–फूलबारी विधानसभा क्षेत्रमा राजवंशी मतदाताको सङ्ख्या धेरै छ। यहाँ विभिन्न दलहरूले पटक–पटक राजवंशी अनुहारलाई उम्मेदवार बनाउने माग उठाउँदै आइरहेका छन्। यदि तृणमूलबाट स्वप्ना बर्मन उम्मेदवार बनेमा राजवंशी…
Read More
भीषण हिमपातमा फँसिएका 3000 पर्यटकहरूको उद्धार

भीषण हिमपातमा फँसिएका 3000 पर्यटकहरूको उद्धार

सिक्किममा भीषण हिमपात भएको छ। सेतो हिउँले धेरै स्थानहरू ढाकिए। पछिल्ला दुई दिनको भीषण हिमपातका कारण लगभग साढ़े पाँच सय वाहनहरूसहित तीन हजार पर्यटक फँसिएका थिए। अभियान सञ्चालन गरेर भारतीय सेना र सिक्किम प्रशासनले तिनीहरूको उद्धार गरेको छ। एकातिर समतल क्षेत्रमा सुक्खा मौसम अर्कातिर पहाड़मा ठीक उल्टो अवस्था देखिएको छ। सोमवार र मङ्गलवार दार्जीलिङ र कालेबुङ जिल्लामा असिनासितै भीषण वर्षा भयो। यी दुवै दिन पूर्व र उत्तर सिक्किमका जिरो पोइण्ट, 15 माइल, छाङ्गु झील, नथुला, युमथाङलगायत विभिन्न स्थानमा भीषण हिमपात भयो। आरम्भमा त्यहाँ घुम्न गएका पर्यटकहरूले हिमपातको आनन्द लिइरहेका थिए तर केही घण्टामै स्थिति जटिल बन्न पुग्यो।भीषण हिमपातका कारण लगभग…
Read More
खाद्य सुरक्षा विषयबारे विधायक शङ्कर घोषको कठोर आलोचना

खाद्य सुरक्षा विषयबारे विधायक शङ्कर घोषको कठोर आलोचना

शहरमा खाद्य सुरक्षा विभागद्वारा निरन्तर सञ्चालन भइरहेको अभियानहरूको पृष्ठभूमिमा खाद्य विभागको भूमिकामाथि सिलगढ़ीका विधायक शङ्कर घोष मुखर भएका छन्। आज तिनी प्रत्यक्ष रूपमा खाद्य सुरक्षा विभागको कार्यालयमा पुगेर अधिकारीहरूसित बैठक गरे अनि अभियानका क्रममा एकपछि अर्को अनियमितता देखिए परे पनि किन कठोर कारवाही भइरहेको छैन भनेर प्रश्न उठाए।पछिल्ला केही महीनादेखि सिलगढ़ीभरि विभिन्न होटल तथा रेस्टुरेण्टहरूमा खाद्य सुरक्षा विभागले अभियान सञ्चालन गर्दै आइरहेको छ। विभागीय सूत्रअनुसार धेरै स्थानहरूमा स्वास्थ्य मापदण्ड उल्लङ्घन, अस्वच्छ वातावरणमा खाना पकाउने, म्याद सकिएका खाद्य सामग्रीहरूको भण्डारण लगायतका विभिन्न अनियमितताहरू भेटिएका छन्। तर निरन्तर अभियान गरिए पनि किन उस्तै प्रकारका घटनाहरू बारम्बार सार्वजनिक भइरहेका छन् भन्ने विषयमा विधायकले…
Read More
मेयर गौतमद्वारा भित्ते लेखन आरम्भ

मेयर गौतमद्वारा भित्ते लेखन आरम्भ

विधानसभा चुनाउको घोषणा हुन अब केही समय बाँकी छ। यसैबीच प्रत्येक राजनैतिक दलहरू प्रचार मैदानमा उत्रिसकेका छन्। तर यसपल्ट उत्तर बङ्गालको सबैभन्दा महत्त्वपूर्ण आसन सिलगढ़ी विधानसभा सम्बन्धमा अड़कलबाजी आरम्भ भइसकेको छ। राज्यको सत्तारूढ़ दल तृणमूल कङ्ग्रेसले यस आसनमा उम्मेदवार को बनाउला भन्ने विषयमा व्यापक चर्चा पनि भइरहेको छ। यसैबीच आफ्नै वार्ड अर्थात सिलगढ़ी नगर निगमको 17 नम्बर वार्डमा भित्ते लेखनमार्फत प्रचार आरम्भ गरेर मेयर गौतम देवले चुनाउ प्रचार अघि बढ़ाएका छन्। तिनले सिलगढ़ीनजिक फूलबारीमा आयोजित एक सरकारी कार्यक्रमको खुल्ला मञ्चबाट गत विधानसभा चुनाउमा डाबग्राम–फूलबारी आसनमा भारतीय जनता पार्टीबाट पराजित भएपछि अब आफू आफ्नै जन्मभूमि सिलगढ़ीमा फर्किने बताएका थिए। त्यसपछि नै…
Read More
वाहन दुर्घटनामा दुई घाइते

वाहन दुर्घटनामा दुई घाइते

मरमा चियाबारी अनि देउराली बस्तीबीच सिरिसेस्थित निर्माणाधीन सड़कमा एउटा वाहन दुर्घटना भएको छ। घटनास्थलको निरीक्षण गर्न साथै सहयोग गर्न तत्काल क्षेत्रीय सभासद मिलेश राई घटनास्थल पुगे अनि घाइतेहरूको उद्धार कार्यमा लागे।सभासद मिलेश राईले दिएका जानकारीअनुसार वाहनमा तीनजना सवार रहेका थिए। सवार यात्रीहरूमध्ये दुईजनालाई मिरिक अस्पताल लगिएको छ। डब्ल्यूबी 76 बी 0426 नम्बरधारी वाहन सिटोङको रहेको बताइएको छ। तिनीहरू लुगाफाटा बेच्न आवतजावत गरिरहेका बताइएको छ।
Read More