Paromita

223 Posts
नक्सलबारी थानामा भीषण आगलागी

नक्सलबारी थानामा भीषण आगलागी

मङ्गलवार नक्सलबारी पुलिस थाना भीषण आगलागीको साक्षी बन्यो। थानाको पछाड़ि जफत गरेर राखिएका धेरै मोटरसाइकल आगोमा जलेर खरानी भएका छन्। उक्त घटनाले क्षेत्रमा ठूलो हलचल मच्चायो।प्रत्यक्षदर्शी र पुलिस सूत्रअनुसार उक्त दिन अचानक थानाको पछाड़िको भागमा अचानक धुवाँ र आगोको ज्वाला देखियो। उक्त स्थानमा मुख्यतः पुलिसले जफत गरेको सयौँ वाहनहरू राखिएको थियो। आगो यी तीव्र थियो कि केही क्षणमै पङ्क्तिबद्ध ढङ्गले राखिएका मोटरसाइकलहरूमा जलेर खरानी भए। तुरुन्तै नक्सबारी दमकल केन्द्रमा खबर गरियो। खबर पाउन साथ दमकलका दुईवटा इञ्जिन घटनास्थलमा आइपुगे। त्यसपछि पुलिस र दमकलकर्मीहरूको लगभग आधा घण्टाको प्रयासपछि आगो नियन्त्रणमा ल्याइयो। तर त्यतिञ्जेलसम्म लगभग 20 वटा मोटरसाइकल पूर्ण रूपमा जलेर नष्ट…
Read More
दुई वर्षपछि नयाँ पुल सञ्चालनमा

दुई वर्षपछि नयाँ पुल सञ्चालनमा

उत्तर सिक्किमको लाचेनमा खुसीको वातावरण छ। लामो प्रतीक्षापछि फेरि लाचेनमा पर्यटकहरूको भीड़ बढ्ने आशा गरिएको छ जसले सिक्किम प्रशासनसितै पर्यटन क्षेत्रलाई पनि उत्साहित बनाएको छ। लगभग दुई वर्षअघि तीव्र पानीको बहाउका कारण एउटा पुल भत्किँदा चुङथाङ र लाचेनबीच सड़क सम्पर्क पूर्ण रूपमा विच्छिन्न भएको थियो। त्यसपछि लाचेन लगभग पर्यटन नक्साबाट बाहिरिएको थियो र स्थानीय वासिन्दाहरू आम्दानीविहीन भएका थिए। आइतवार नयाँ पुल उद्घाटनसितै तिनीहरूको अनुहारमा पुनः मुस्कान फर्किएको छ। यो केवल नयाँ सम्पर्क मार्ग खोलिएको मात्र होइन नयाँ इतिहास पनि बनेको छ, सिक्किमका मुख्यमन्त्री पीएस गोलेले भने। लाचेन–मङ्गनका विधायक तथा मन्त्री सेण्डुप लेप्चाले भने, स्टिलबाट बनेको यस पुलले भविष्यमा प्राकृतिक विपत्तिको…
Read More
दार्जीलिङ सिलगढ़ी छोड्दै चिनियाँहरू

दार्जीलिङ सिलगढ़ी छोड्दै चिनियाँहरू

चिनियाँहरू सबै कहाँ गए? एक समय सिलगढ़ीमा सयभन्दा अधिक चिनियाँ परिवार बसोवास गर्थे। दार्जीलिङ र कालेबुङ जिल्ला समेट्दा यो सङ्ख्या कम्तीमा दुई सय जति थियो। घट्दै घट्दै अहिले सिलगढ़ीमा चिनियाँहरूको सङ्ख्या बाह्रमा झरेको छ। पहाड़मा पनि अवस्था उस्तै छ। अझै रहेका मानिसहरूलाई हेर्दा लाग्छ तिनीहरू पनि अब धेरै समय नटिक्ने जस्तो छ। जीविकोपार्जनको खोजीमा सबैले अहिले सिलगढ़ी छोड्दैछन्। एक समय दार्जीलिङ शहर निर्माणका प्रमुख कारीगर रहेका, सिलगढ़ीका पुराना घरहरू निर्माण गर्ने हातहरू आज दार्जीलिङ त परै जावोस् सिलगढ़ीमै पनि जीविकाको कुनै आधार छैन। जो अझै बाँकी छन् तिनीहरूलाई यस पहाड़ी जिल्लासित आफ्नो सम्बन्ध के हो भन्ने पनि थाहा छैन। कसरी…
Read More
काँड़ेतार पारि खेती गर्न जाँदा किसानहरू हैरान

काँड़ेतार पारि खेती गर्न जाँदा किसानहरू हैरान

बङ्गलादेश सीमासित जोड़िएको सिताई क्षेत्रका धेरै गाउँका वासिन्दा बीएसएफको कठोर व्यवहारप्रति आक्रोशित भएका छन्। यस क्षेत्रमा अघिल्लो वाम सरकारको समय खासै विकास भएको थिएन। वर्तमान राज्य सरकारको कार्यकालमा विभिन्न विकास योजनाहरू अघि सारेर कोचबिहार लगायत राज्यको सीमावर्ती दुर्गम ब्लकलाई पुनर्जीवित गर्ने प्रयास भइरहेको छ। तर भारत-बङ्गलादेश सीमामा रहेको काँड़ेतारको पारि रहेका कृषियोग्य जमीनमा खेती गर्न जाँदा सामान्य गाउँलेहरूलाई बारम्बार बीएसएफको कठोर निगरानी र डरको सामना गर्नु परेको आरोप छ। यहाँ तस्करीको समस्या रहेकाले बीएसएफले कठोर सुरक्षा अपनाएको छ। यसकारण काँड़ेतार पारि जमीन भएका साधारण किसानहरूले पटक–पटक हैरानी भोगिरहेका छन्। यसले आगामी विधानसभा चुनाउको मत गणितमा समेत प्रभाव पार्न सक्ने अनुमान…
Read More
नाम मात्रै इञ्चार्ज तर सिलगढ़ीमा देखिँदैनन् निशीथ!

नाम मात्रै इञ्चार्ज तर सिलगढ़ीमा देखिँदैनन् निशीथ!

पूर्व केन्द्रीय गृह राज्यमन्त्री निशीथ प्रमाणिकलाई सिलगढ़ी सङ्गठनात्मक जिल्लाको इञ्चार्जको रूपमा भारतीय जनता पार्टीले नियुक्त गरेको छ। तर विधानसभा चुनाउ आउन लाग्दा पनि तिनलाई सिलगढ़ीमा खासै देख्न पाइँदैन। तिनको कुनै विशेष कार्यक्रम नदेखिएको दलकै एक अंशको आरोप छ। केही सभामा उपस्थित भए पनि तिनी प्रत्यक्ष रूपमा मैदानमा उत्रेर कार्य नगरेका साथै कार्यकर्ताहरूको मनोबल बढ़ाउन छुट्टै पहल नगरेको बताउँदै दलभित्रै चर्चा चुलिरहेको छ। शीर्ष नेताहरूले तिनलाई दिएका यस्तो महत्त्वपूर्ण जिम्मावारी पूरा गर्न आवश्यक कदमहरू त्यति नदेखिएको दलका केही कार्यकर्ताको दाबी छ। त्यसैले जिम्मावारी दिएर दलले निशीथमाथि राखेको विश्वास ठीकसित पूरा हुन्छ कि हुँदैन भन्ने विषयमा कार्यकर्तामाझ अन्योलता छ।यस विषयमा जिल्लाका इञ्चार्ज…
Read More
सिलगढ़ी शहर विस्तार आवश्यकतालाई मेयरको स्वीकारोक्ति

सिलगढ़ी शहर विस्तार आवश्यकतालाई मेयरको स्वीकारोक्ति

सिलगढ़ी शहरको विस्तार अत्यन्त आवश्यक छ। आइतवार तृणमूल कङ्ग्रेसद्वारा सञ्चालित सिलगढ़ी नगर निगमको वर्तमान बोर्डको चौथो वार्षिकोत्सव कार्यक्रममा मेयर गौतम देवले यस्तै बताएका हुन्। साथै तिनले असन्तुष्टि व्यक्त गर्दै भने, यहाँ तृणमूलका सांसद अनि विधायक छैन। खण्डित अधिकारबीच पनि चार वर्षमा यहाँ हजारौँ करोड़ रुपियाँ लगानी गरिएको छ। केन्द्रमाथि असहयोगको आरोप लगाउँदै मेयरले तर पनि विकासको स्वरूप परिवर्तन गर्ने प्रयास भइरहेको दाबी गरे। विधानसभा चुनाउको मुखमा शहरको विकासबारे मेयरको यस्तो भनाइले राजनीतिक वृत्तमा तीव्र चर्चा आरम्भ भएको छ।सन् 2022 को 22 फरवरीमा तृणमूलले नगर निगमको बोर्ड गठन गरेको थियो। त्यसै अवसरमा आज दीनबन्धु मञ्चमा बोर्डको चौथो वार्षिकोत्सव तथा वार्षिक साधारण…
Read More
अलिपुरद्वार डिपोका चार बस सेवा बन्द गरिने

अलिपुरद्वार डिपोका चार बस सेवा बन्द गरिने

म्याद समाप्त भइसकेको हुँदा जयन्ती, जलदापाड़ा, सिलगढ़ी र कोचबिहार रूटमा चारवटा बस हटाउने नर्थ बेङ्गल स्टेट ट्रान्सपोर्ट कर्पोरेशनले निर्णय गरेको छ। आगामी 23 र 24 फरवरीमा ती चारवटा बसले 15 वर्ष पूरा गर्नेछन्। अर्थात् सरकारी नियमअनुसार ती बसहरूलाई म्याद समाप्त भएको मानिनेछ। निगमको अलिपुरद्वार डिपोमा रिजर्भ बस नभएको हुँदा जल्दापाड़ा र जयन्तीको जङ्गल रूटमा समस्या देखिन सक्छ। उच्च माध्यमिक परीक्षा चलिरहेको बेला जयन्ती रूटमा निगमको बस नचले स्थिति कस्तो हुने हो भनेर धेरै अन्योलमा छन्। समस्या स्वीकार गर्दै अलिपुरद्वार डिपोका इञ्चार्ज प्रशान्त साहाले भने, यस विषयमा उच्च अधिकारीलाई जानकारी गराइएको छ। डिपोमा कम्तीमा थप 10 वटा बस आवश्यक छ। बस…
Read More
डाबग्राम–फूलबारी छोड्ने मेयर गौतम देवको घोषणा!

डाबग्राम–फूलबारी छोड्ने मेयर गौतम देवको घोषणा!

डाबग्राम–फूलबारीको माटो छोड़ेर अब के सिलगढ़ीको राजनीतिमै पूर्ण केन्द्रित हुन लागिरहेका छन् त सिलगढ़ीका मेयर गौतम देव? शुक्रवार फूलबारीमा आयोजित तृणमूल कङ्ग्रसेको एक जनसभाबाट मेयरले गरेको एउटा टिप्पणीबारे अहिले यस्तै प्रश्न राजनैतिक वृत्तमा घुमिरहेको छ। शुक्रवार फूलबारीको जनसभाबाट मेयर गौतम देवले अत्यन्त भावुक र अर्थपूर्ण टिप्पणी गरे। तिनले स्पष्ट रूपमा भने, म डाबग्राम–फूलबारी छोड्दैछु। म सिलगढ़ीतर्फ जाँदैछु। म आफ्नो जन्मभूमिमा फर्किँदैछु। मेयरको यस सार्वजनिक घोषणाले पार्टीका कार्यकर्ता–समर्थकहरूबीच जति हलचल सिर्जना गरेको छ त्यति विपक्षीहरूका मनमा पनि विभिन्न प्रश्नहरू उठेका छन्। राजनैतिक विश्लेषकहरूअनुसार, आफ्नो पुरानो निर्वाचन क्षेत्र छोड़ेर सिलगढ़ी केन्द्रित राजनीतिमा फर्किने यस चाहनालाई आगामी निर्वाचनअघि अत्यन्त महत्त्वपूर्ण मानिँदैछ।केवल आफ्नो राजनैतिक…
Read More
क्यान्सरविरुद्ध लड्ने सन्देश दिँदै वकाथन

क्यान्सरविरुद्ध लड्ने सन्देश दिँदै वकाथन

क्यान्सरविरुद्ध लड्नुपर्छ भन्ने जनचेतना फैलाउने उद्देश्यमा वकाथन आयोजना गरिएको हो। एई समय अनि हिमालय दर्पण दैनिक पत्रिकाको पहलमा यो वकाथन आयोजना गरिएको थियो। पर्सि आइतवार शहरको मेला ग्राउण्डमा पनि वकाथन हुनेछ। यस कार्यक्रममा सबै तहका मानिसहरूलाई स्वागत गरिने जनाइएको छ।पहाड़ क्षेत्रमा दौड़प्रति चासो बढ्दै गइरहेको छ। सर्वसाधारण यस कार्यक्रममा सहभागी हुन उत्साहित छन्। विभिन्न संस्थाहरूले यस महान पहललाई समर्थन गरिरहेका छन्। एसबीआई, द्वारिका, मणिपाल अस्पताल, डियर लटरी, रोयल एनफिल्ड, जिम्बा र रेड एफएमले यस पहललाई समर्थन गरेका छन्।
Read More
चुनाउअघि पुलिस अधिकारीहरूलाई सरुवाको आदेश

चुनाउअघि पुलिस अधिकारीहरूलाई सरुवाको आदेश

बूथ सङ्ख्या बढ्ने सम्भावना प्रबल रहेको छ। त्यसैले बिहीवार बिहारदेखि सिलगढ़ीमा थप 4780 वटा ईभीएम ल्याइएको छ। ती ईभीएमहरू मागअनुसार विभिन्न जिल्लाहरूमा पठाइएको छ। अर्कातिर चुनाउ आयोगले चुनाउका लागि सिलगढ़ीसहित दार्जीलिङ जिल्ला पुलिस अधिकारी तथा प्रशासनका अधिकारीहरूको डाटाबेस सङ्कलन गरिरहेको छ। प्रशासन सूत्रअनुसार चुनाउमा पारदर्शिता कायम राख्न आयोगले यस्तो कदम चालेको हो। यसैबीच सिलगढ़ी पुलिस कमिश्नरेटका ओसी पदका 36 जनालाई सरुवाको आदेश जारी गरिएको छ।दार्जीलिङ जिल्लामा विधानसभा क्षेत्रको सङ्ख्या पाँचवटा छ। प्रशासन सूत्रअनुसार यसपल्ट प्रत्येक 1200 मतदाताका लागि एउटा बूथ बनाइने सम्भावना छ। यसो भए विधानसभा क्षेत्रहरूमा बूथ सङ्ख्या बढ्नेछ। त्यसका लागि नै आयोगले जिल्ला जिल्लामा थप ईभीएम पठाइरहेको छ।…
Read More