Paromita

248 Posts
वर्षको पहिलो वर्षाले आलु किसानहरू समस्यामा

वर्षको पहिलो वर्षाले आलु किसानहरू समस्यामा

वर्षको पहिलो वर्षाले आलु किसानहरू चरम समस्यामा परेका छन्। वर्षाका कारण खेतमा रहेको सबै आलु नष्ट भएको छ। यसले गर्दा किसानहरू ठूलो सङ्कटमा परेका छन्। जलपाइगढ़ीका विभिन्न क्षेत्रका किसानहरूले उच्च ब्याजमा ऋण लिएर आलु खेती गरेका थिए। भर्खरै खेतबाट आलु निकाल्न आरम्भ गरिएको थियो। यसै बेला वर्षा हुँदा खेतमा पानी जमेर लाखौँ रुपियाँ बराबरको आलु नष्ट भएको छ। यस्तो अवस्थामा के गर्ने भनेर किसानहरू अन्योलमा परेका छन्। रातभरि पानीमा डुबेको आलु कुनै हालतमा पनि शीतभण्डारमा राख्न नसकिने तिनीहरूको भनाइ छ।वर्षाका कारण सबैभन्दा बढ़ी क्षति धूपगुड़ी क्षेत्रका आलु किसानहरूले ब्योहोरेका छन्। बिघा–बिघा आलु खेती भएको जमीनमा पानी जम्दा तिनीहरू ठूलो समस्यामा…
Read More
एसएफआईद्वारा सिलगढ़ीको एसडीओ कार्यालयअघि विरोध प्रदर्शन

एसएफआईद्वारा सिलगढ़ीको एसडीओ कार्यालयअघि विरोध प्रदर्शन

स्टुडेण्ट फोरम अफ इण्डिया (एसएफआई) को दार्जीलिङ जिल्ला समितिले बिहीवार सिलगढ़ीस्थित एसडीओ कार्यालयबाहिर विद्यार्थी सम्बन्धी विभिन्न माग उठाउँदै विरोध प्रदर्शन गरेको छ। विद्यार्थीहरूले सामना गरिरहेका विभिन्न समस्यालाई उजागर गर्दै उक्त प्रदर्शन आयोजना गरिएको थियो। प्रदर्शनकारीहरूले सरकारी विद्यालयहरूको पूर्वाधार सुधार गर्नुपर्ने माग गरे अनि अतिरिक्त शुल्क असुली अन्त्य गर्नुपर्ने पनि माग राखेका छन्।प्रदर्शनका क्रममा तिनीहरूले चियाबारी क्षेत्रका विद्यार्थीहरूका लागि विशेष सरकारी छात्रवृत्ति र भत्ताको व्यवस्था गर्नुपर्ने पनि माग गरेका थिए। संस्थाका सदस्यहरूले सार्वजनिक यातायातमा विद्यार्थीहरूका लागि विशेष सहुलियतको व्यवस्था गर्नुपर्ने माग पनि अघि सारे। तिनीहरूले यात्राको बढ्दो खर्चका कारण धेरै विद्यार्थीहरूलाई नियमित रूपमा विद्यालय जान कठिन भइरहेको मुद्दा पनि उठाए।सूत्रअनुसार प्रदर्शनकारीहरूले…
Read More
एसआईआरले पहाड़वासीहरू समस्यामा, थापाद्वारा आन्दोलनको चेताउनी

एसआईआरले पहाड़वासीहरू समस्यामा, थापाद्वारा आन्दोलनको चेताउनी

विधानसभा चुनाउ घोषणा नभए पनि पहाड़मा राजनीतिक तापक्रम बढ्दै गइरहेको छ। अहिले एसआईआर (स्पेशल इण्टेन्सिभ रिभिजन) मुद्दामा पहाड़ तातिएको छ। पहाड़को मतदाता सूचीबाट ठूलो सङ्ख्यामा गोर्खाहरूको नाम हटाइएको आरोप छ। यस विषयमा सड़कमा उत्रिने जीटीएका प्रमुख कार्यकारी तथा बीजीपीएम अध्यक्ष अनित थापाले चेताउनी दिएका छन्। कालेबुङमा तिनले एउटा सभा गरे। त्यहाँ अनित थापाले भने, एसआईआरमार्फत रोहिङ्ग्या र बङ्गलादेशी अनुप्रवेशकारीहरूको नाम मतदाता सूचीबाट काटिनेछ भनेर भाजपा नेताहरूले भनेका थिए। तर रोहिङ्ग्या वा बङ्गलादेशी त होइन बरु पहाड़का वास्तविक गोर्खाहरूको नाम नै मतदाता सूचीबाट हटाइएको छ। यस मुद्दामा बीजीपीएम सड़कमा उत्रिनेछ। अनित थापाले भने, अन्यायपूर्ण रूपमा गोर्खाहरूको नाम हटाइएको छ। काम गर्नेहरूलाई…
Read More
ग्यास अभावले मिड–डे मिल बन्द

ग्यास अभावले मिड–डे मिल बन्द

पश्चिम एसियामा भइरहेको युद्धको प्रभाव अहिले प्रत्यक्ष रूपमा गौड़ बङ्गका विद्यालयहरूमा देखिन थालेको छ। मिड–डे मिल पकाउन प्रयोग हुने ग्यास तीव्र रूपमा सकिँदै गएको छ। केही विद्यालयहरूमा त ग्यास पहिले नै सकिएको छ। त्यसकारण विद्यार्थीहरूलाई ड्राई फ्रुट्स वितरण गरिँदैछ। परिस्थितिले जुन दिशा लिइरहेको छ त्यसले आपतकालीन रूपमा एलपीजी सिलिण्डर जुटाइए पनि कति दिनसम्म पुग्ने हो भन्ने चिन्ता प्राथमिक तथा उच्च प्राथमिक विद्यालयका शिक्षक–शिक्षिकाहरूमा बढ्दै गइरहेको छ। शिक्षा प्रशासनका अधिकारीहरू पनि सचेत भएका छन्। विद्यालयहरूमा मिड–डे मिलका लागि प्रयोग हुने इन्धन ग्यासको अवस्था कस्तो छ भन्ने विषयमा गौड़ बङ्गका तीनवटै जिल्लामा खोजबिन आरम्भ गरिएको छ। आज दक्षिण दिनाजपुरको बालुरघाट हाई स्कूलमा…
Read More
वर्षा नहुँदा जल्दापाड़ा मरुभूमि झैँ!

वर्षा नहुँदा जल्दापाड़ा मरुभूमि झैँ!

चारैतिर जति टाढ़ासम्म आँखा पुग्छ केवल सुक्खा र रुखोपनको छाप देखिन्छ। एक समय हरियालीले ढाकिएको जलदापाड़ा राष्ट्रिय निकुञ्जको विशाल घाँसको मैदान अहिले सुकेर लगभग मरुभूमि जस्तै बनेको छ। एकातिर प्राकृतिक विपत्तिका कारण आएको बाढ़ीले ल्याएको पली माटोले विशाल क्षेत्रका घाँसहरू पुरिएका थिए जसले आजसम्म पनि बिहानको घाम देख्न पाएका छैनन्। त्यसमा घाउमाथि नुन छर्केझैँ लामो खड़ेरीले थप चोट पुर्यामएको छ। जहाँ बाढ़ीको पली पुगेन त्यहाँ पनि पानीको अभावका कारण घाँस काठझैँ सुकिसकेको छ। सामान्यतः अन्य वर्षहरूमा यस समयसम्म कम्तीमा केही चरणमा राहत दिने वर्षा भइसकेको हुन्छ। तर यस वर्षको अवस्था पूर्ण रूपमा फरक छ। गत वर्षको अक्टोबर 5 पछि यस…
Read More
एलपीजी डिलर–डिष्ट्रिब्युटरसित प्रशासनको बैठक

एलपीजी डिलर–डिष्ट्रिब्युटरसित प्रशासनको बैठक

खाना पकाउने ग्यासको अभावका कारण जलपाइगढ़ीमा सङ्कट चरममा पुगेको छ। हतार–हतार ग्यास डिलर, डिष्ट्रिब्युटर र ग्यासको बोटलिङ प्लाण्टका अधिकारीहरूसित जिल्ला पुलिस र प्रशासनले बैठक गरेको छ। कुन डिलरसित कति सिलिण्डर उपलब्ध रहेको छ भन्ने जानकारी मागिएको थियो। डिलरहरूले आफूहरूसित अहिले कुनै पनि स्टक नरहेको बताए। पछिल्ला दुई दिनदेखि ग्यास बोकेको गाड़ी भित्रिएको छैन। व्यावसायिक ग्यास सिलिण्डर नभएकाले उपलब्ध सकिएको छैन।अर्कातिर सर्भर समस्याका कारण ग्यास बुक गर्नै नसकिएको ग्राहकहरूको गुनासो छ। ग्यासको कालोबजारी भइरहेको छ। जलपाइगढ़ीका अतिरिक्त पुलिस अधीक्षक शौभनिक मुखोपाध्यायले भने, पुलिस सतर्क छ। ग्यासको कालोबजारीबारे उजुरी पाए तुरुन्तै कठोर कारवाही गरिनेछ। साथै डिलरहरूलाई प्रशासनसित सम्पर्क राखेर कार्य गर्न भनिएको…
Read More
ग्यासको मूल्यवृद्धि र अभावबारे मन्त्री पाँजाद्वारा आलोचना

ग्यासको मूल्यवृद्धि र अभावबारे मन्त्री पाँजाद्वारा आलोचना

एकातिर खाना पकाउने एलपीजीको मूल्य बढ़ेको छ। त्यसमाथि सिलिण्डर बूक गरेपछि कहिले आउने हो भन्ने पनि कुनै निश्चित छैन। इरानको सङ्घर्षपूर्ण परिस्थितिले व्यावसायिक एलपीजी सिलिण्डरमा अभाव देखिएको छ। तेल कम्पनीहरूले सिलिण्डर आपूर्तिमा अनिश्चित समयका लागि लगाम लगाएका छन्। यस्तो परिस्थितिमा विभिन्न जिल्लामा समस्या देखिएको छ। होटल–रेस्टुरेण्टदेखि घरको भान्सासम्म सबै ठाउँमा उस्तै अवस्था छ। बारम्बार ग्यास डिष्ट्रिब्युटर कार्यालयमा आए पनि समस्याको कुनै समाधान नभएको ग्राहकहरूको गुनासो छ। अचानक बुकिङको सङ्ख्या निकै बढ़ेपछि अवस्था अझ जटिल बनेको छ। पहिले जहाँ एउटा सेण्टरमा दिनमा लगभग 400 वटा बूकिङ हुन्थ्यो अहिले त्यो सङ्ख्या बढ़ेर हजारभन्दा अधिक पुगेको सूत्रले जनाएको छ।यद्यपि फोन गरेर कम्पनीको एप,…
Read More
एसआईआरसितै बाँकी रकम पनि टाउको दुखाइ!

एसआईआरसितै बाँकी रकम पनि टाउको दुखाइ!

एसआईआर मात्र होइन पहाड़ जत्रै बाँकी रकमको दबाउ अहिले कोचबिहार जिल्ला प्रशासनका लागि टाउको दुखाइको कारण बनेको छ। केही दिनअघि माइक्रो–अब्जर्भरहरूको बाँकी होटल बिलले अलिपुरद्वारको फालाकाटा ब्लक प्रशासन समस्यामा परेको थियो। बाँकी रकमबारे लिखित उजुरी गरेपछि यो विषय सार्वजनिक भएको थियो। अनुहार जोगाउन हतार–हतार पैसा तिरिएको थियो। कोचबिहारमा अहिलेसम्म लिखित उजुरी नभए पनि प्रशासनमाथि पर्याप्त दबाउ रहेको छ।नाम सार्वजनिक गर्न नचाहने एक अधिकारीअनुसार, पछिल्ला केही महीनादेखि बीडीओ र एसडीओ कार्यालयहरूमा एसआईआरको कार्य तीव्र रूपमा चलिरहेको छ। उक्त कार्यका लागि ठूलो मात्रामा कागज–कलम खरीद, प्रिण्टिङ र फोटोकपी गर्नु परेको छ। यसबाहेक अब्जर्भर र माइक्रो–अब्जर्भरहरूलाई बस्न विभिन्न भवन र होटल भाड़ामा लिनु…
Read More
उत्तर बङ्गालको पर्यटनमा नयाँ दिशा खोज्दै राज्य

उत्तर बङ्गालको पर्यटनमा नयाँ दिशा खोज्दै राज्य

उत्तर बङ्गालमा अझ नयाँ–नयाँ पर्यटन स्थलहरू खोज्ने कार्यमा पर्यटन विभागले जोड़ दिइरहेको छ। प्रत्येक पर्यटन केन्द्रसित सड़क सम्पर्क सुधार गर्ने निर्णय पनि गरिएको छ। साथै आम्दानी बढ़ाउन सरकारी पर्यटन आवासहरूलाई वेडिङ डेस्टिनेशनको रूपमा अझ व्यापक रूपमा प्रचार–प्रसार गर्ने निर्णय पनि राज्यको पर्यटन विभागले गरेको छ। सिलगढ़ीमा पर्यटन व्यवसायीहरूसित गरिएको छलफलपछि राज्यको पर्यटन विभागका अतिरिक्त मुख्य सचिव वरुण रायले यस्तो जानकारी दिएका हुन्। वरुण रायले भने, भारत सरकारको तथ्याङ्कअनुसार गत वर्ष पश्चिम बङ्गालमा 31 लाख विदेशी पर्यटकहरू आएका थिए। यसबाट राज्यको पर्यटनप्रति विश्वभरका मानिसहरूको चासो बढ्दै गइरहेको प्रमाणित हुन्छ। तिनले भने, ‘गजलडोबा पर्यटन स्थललाई अझ लोकप्रिय बनाउन सौन्दर्यीकरणको पहल भइरहेको छ।…
Read More
एलपीजीको जताततै अभाव

एलपीजीको जताततै अभाव

व्यावसायिक ग्यास सिलिण्डरको बिक्री बन्द भएको छ। यसकारण उत्तर बङ्गालका होटल व्यवसायीहरू अन्योलमा परेका छन्। दार्जीलिङ पहाड़देखि सिलगढ़ी, कोचबिहारदेखि अलिपुरद्वारसम्म होटल व्यवसायीहरूले भान्साको ढोकामा ताला लगाउने सोच बनाउन थालेका छन्। यता खाना पकाउने ग्यास सिलिण्डरको कालोबजारी आरम्भ भएको आरोप लागेको छ। सिलगढ़ी र जलपाइगढ़ीका केही स्थानमा कटिङ ग्यास अत्यधिक महँगो मूल्यमा बिक्री भइरहेको पनि आरोप छ। यसै आरोपमा मङ्गलवार जलपाइगढ़ीमा एउटा डिलरको कार्यालयमा ग्राहकहरूले विरोध प्रदर्शन गरे। सिलगढ़ीमा विभिन्न डिस्ट्रिब्युटरहरूको कार्यालयमा पनि भीड़ देखियो। उत्तर बङ्गाल मात्र होइन राज्यका ठूला शहरहरूमध्ये एक हो सिलगढ़ी। शहरको पूर्व, पश्चिम, उत्तर र दक्षिण सबै क्षेत्रमा असङ्ख्य होटलहरू छन्। यसबाहेक धेरै रेस्टुरेण्टहरू पनि छन्।…
Read More