Editor

5003 Posts
मन्त्री जाकिर हुसेनमाथि हमला गरेको आरोपमा दुईजना पक्राऊ

मन्त्री जाकिर हुसेनमाथि हमला गरेको आरोपमा दुईजना पक्राऊ

पश्चिम बंगालको श्रम राज्यमन्त्री जाकिर हुसेनको मुद्दा छानबिन गरिरहेको सीआईडीले गत हप्ता बुधवार (फेब्रुअरी १ on) मुर्शिदाबादको निमिता स्टेशनमा भएको बम बिष्फोटको मुद्दामा दुई.जाना युवकहरु माथि मुद्दा चलाएको थियो। उनीहरुलाई अबु सामद र शहीदुल इस्लाम उर्फ रासायनिक शहीदका रूपमा पहिचान गरिएको छ। सीआईडी आधिकारिक व्हाट्सएप समूहमा एक बयान शुक्रवार दिउँसो जारी गरिएको छ। दुबैलाई अदालतमा पेश गरी रिमान्डमा लिएको बताइएको छ। उनीहरूलाई सोधखोज गरी अनुसन्धान भइरहेको छ र उनीहरूका अन्य सहयोगीहरूको बारेमा पत्ता लगाउन विभिन्न ठाउँमा छापा मारिएका छन्। प्रारम्भिक अनुसन्धानले हमलाको मास्टरमाइन्ड अरु कोही छ भनेर पत्ता लगाएको छ। उस्तै बारे पत्ता लगाउन, निरन्तर खोजी भइरहेको छ। घटनाको दिन,…
Read More
बलिउड अभिनेत्री जरिना खानले आफू अभिनेत्री कट्रिना कैफसँग तुलना हुने विषयमा बोलेकी छन्।

बलिउड अभिनेत्री जरिना खानले आफू अभिनेत्री कट्रिना कैफसँग तुलना हुने विषयमा बोलेकी छन्।

जरिनाले आफू कट्रिनासँग तुलना भएकै कारण करिअरमा असर पुगेको हिन्दुस्तान टाइम्सले लेखेको छ। जरिनाले सन् २०१० मा अनिल शर्मा निर्देशित फिल्म ‘वीर’बाट बलिउड डेब्यू गरेकी हुन्। फिल्ममा उनीसँगै सलमान खानको मुख्य पात्रमा अभिनय छ। अभिनय राम्रो भएता पनि जरिनाले फिल्म क्षेत्रमा आफूलाई उकास्न सकेकी छैनन्। किनभने उनको अनुहार अभिनेत्री कट्रिना कैफको जस्तै देखिन्छ।  फिल्म क्षेत्रमा प्रवेश गरेसँगै उनी अभिनेत्री कट्रिना जस्तै देखिन्छिन् भन्ने हल्ला चलेको हो। आफ्नो अनुहार कट्रिनासँग मिल्छ भन्ने प्रश्नमा जरिनाले टाइम्स अफ इन्डियामा भनेकी छन्, ‘यो हल्ला कहाँबाट सुरू भयो भन्ने मलाई थाहा छैन। फिल्म क्षेत्रमा प्रवेश गर्नुअघि नै फेसबुक र सामाजिक सञ्जालमा म कट्रिन जस्तै देखिन्छु भन्ने प्रतिक्रियाचाहीँ आउथे।’…
Read More
सडक विस्तारपीडितलाई पुन:स्थापना माग गर्दै प्रदर्शन

सडक विस्तारपीडितलाई पुन:स्थापना माग गर्दै प्रदर्शन

बृहत् नागरिक आन्दोलनको अगुवाइमा शुक्रबार काठमाडौंमा प्रदर्शन गरिएको छ । ‘विकासका नाममा जारी प्रतिगमनविरुद्ध प्रतिरोध’ कार्यक्रमअन्तर्गत मातृभाषा संरक्षण र बालाजु बाइपासका सडक विस्तार पीडितलाई पुन:स्थापना गर्नुपर्नेलगायत विषय उठाइएका थिए ।
Read More
कपिलवस्तु, रूपन्देही र पाल्पामा पनि बाघ

कपिलवस्तु, रूपन्देही र पाल्पामा पनि बाघ

हालैको एक अध्ययनले कपिलवस्तु, रूपन्देही र पाल्पामा समेत बाघ रहेको पुष्टि गरेको छ । राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति र राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) ले संयुक्त रूपमा चुरे क्षेत्रमा गरेको अध्ययनले यस्तो देखाएको हो । ती जिल्लामा पहिलोपटक एक भाले र एक पोथी बाघ क्यामेरा ट्य्रापमा रेकर्ड भएका हुन् । ‘बुटवलबाट उत्तर पश्चिमतिरको जंगलमा सन् २००८, २००९, सन् २०१३ र २०१८ मा बाघ र बाघका आहारा प्रजाति गणना गर्दा बाघ रेकर्ड भएको थिएन,’ भर्खरै सार्वजनिक ‘रिपोर्ट अन फाउना डाइभरसिटी इन चुरे रिजन अफ नेपाल’मा भनिएको छ, ‘समग्र चुरे क्षेत्रमा ४१ प्रजातिका स्तनधारी वन्यजन्तु क्यामेरा ट्य्रापमा रेकर्ड भएका…
Read More
म्यान्मारमा सेना समर्थितद्वारा प्रदर्शनकारीमाथि आक्रमण

म्यान्मारमा सेना समर्थितद्वारा प्रदर्शनकारीमाथि आक्रमण

म्यान्मारमा लोकतन्त्र पक्षधरहरूले निकालेको विरोध र्‍यालीमा सेना समर्थितहरूले आक्रमण गरेका छन् । सैनिक ‘कु’ को विरोधमा बिहीबार यांगुनमा निकालिएको विरोध र्‍यालीमा सेना समर्थित व्यक्तिहरूले चक्कु, रड र ढुंगामुढा प्रहार गरेका हुन् । जसबाट केही व्यक्ति घाइते भएका छन् तर उनीहरुको संख्या र अवस्थाबारे केही खुलाइएको छैन । फेब्रुअरी १ मा सेनाले सत्या हत्याएपछि बन्धक बनाइएका नेताकोरिहाइ र जननिर्वाचित सरकार पुनःस्थापनाको माग गर्दै यहाँका सबैजसो सहरमा प्रदर्शन भइरहेको छ । बिहीबार सेना समर्थित समेत प्रदर्शनमा उत्रिएका थिए । सोही क्रममा आफ्ना विरोधीमाथि आक्रमण गरिएको बताइएको छ । उता विद्यार्थीले भने आफूहरूको शान्तिपूर्ण विरोध प्रदर्शनलाई हिंसात्मक बनाउने उद्देश्यले झन्डै एक हजार सैनिक समर्थकलाई खटाइएको दाबी गरेका छन् । ‘आजको…
Read More
सामाजिक सञ्जाल नियमन गर्दै भारत

सामाजिक सञ्जाल नियमन गर्दै भारत

भारतले सामाजिक सञ्जाल र डिजिटल सामग्रीलाई नियमन गर्ने गरी नयाँ कानुन ल्याउने भएको छ । आगामी ३ महिनाभित्रै त्यस्तो कानुन कार्यान्वयनमा आउने केन्द्रीय कानुनमन्त्री रविशंकर प्रसाद र सञ्चारमन्त्री प्रकाश जाबेडकारले बिहीबार पत्रकार सम्मेलनमार्फत जनाए । सामाजिक सञ्जालहरूले भारतमा राम्रै व्यापार गरिरहेको उल्लेख गर्दै मन्त्री प्रसादले पछिल्लो केही समययता यस्ता प्लेटफर्मलाई गैरजिम्मेवार रूपमा प्रयोग गरिएको गुनासा धेरै आइरहेको बताए । हिंसालाई बढावा दिने, अश्लील सामग्री सेयर गर्ने, दोस्रो देशका नागरिकका सामग्रीको प्रयोग गर्नेजस्ता गुनासा आएकाले त्यसलाई हटाउन उक्त कानुन ल्याउन लागिएको उनको भनाइ छ । उनका अनुसार सामाजिक सञ्जाल कम्पनीहरूले गुनासो सुन्ने संयन्त्र बनाउनुपर्नेछ । प्रयोगकर्ताको गरिमालाई मध्यनजर गर्दै कुनै गुनासो आएमा २४ घण्टाभित्र त्यस्ता…
Read More
दक्षिण कोरियामा आजदेखि खोप अभियान

दक्षिण कोरियामा आजदेखि खोप अभियान

दक्षिण कोरियाले शुक्रबारदेखि कोभिड–१९ विरुद्धको खोप अभियान सुरु गर्ने भएको छ । पहिलो चरणअन्तर्गत १० लाख मात्रा खोप दिइन लागिएको कोरियाली रोग नियन्त्रण तथा रोगथाम केन्द्र (केसीडीसी) ले जनाएको छ ।  चार दिनसम्म चल्ने यो अभियानमा देशैभरका ६५ वर्षभन्दा कम उमेर समूहका २ लाख ८९ हजार स्वास्थ्यकर्मी र कोभिड–१९ संक्रमित सामेल हुनेछन् । यसका लागि १९ सयभन्दा बढी खोप केन्द्र तोकिएको छ । स्थानीय कम्पनी एसके बायोसाइन्सले अस्ट्राजेनेकासँगको सहकार्यमा कोरियामै उत्पादन गरिरहेको खोप नै प्रयोगमा ल्याउन लागिएको हो । सरकारले फाइजर कम्पनीसँग किनेको खोप पनि बिहीबार नै कोरिया आइपुगेको छ । सरकारले हालसम्म विभिन्न कम्पनीसँग गरी १० करोडभन्दा बढी मात्रा खोप किन्ने सहमति गरेको जनाएको छ ।…
Read More
कोरोना भाइरस खोप: ईयूमा ‘भ्याक्सिन पासपोर्ट’ चलाउन आग्रह

कोरोना भाइरस खोप: ईयूमा ‘भ्याक्सिन पासपोर्ट’ चलाउन आग्रह

ग्रीस र अस्ट्रियाले युरोपेली सङ्घ (ईयू) का अन्य सदस्य राष्ट्रलाई कोरोनाभाइरस 'भ्याक्सिनेसन पासपोर्ट' अर्थात् 'खोप राहदानी' स्विकार्न आह्वान गरेका छन्। त्यसले महामारीका कारण जर्जर बनेको युरोपको पर्यटन उद्योग उकासिने उनीहरूको तर्क छ। ती देशहरूले युरोप यात्रा गर्नका लागि एउटा प्रमाणपत्र जस्तै खोप लगाएको प्रमाणित हुने कागजलाई अनुमति दिन प्रस्ताव राखेका हुन्। उनीहरूका प्रस्तावमा खोप लगाइसकेकाले त्यसको प्रमाण देखाएका आधारमा युरोपभरि विना रोकतोक घुम्न पाउनेछन्। ईयू नेताहरूबीच भएको एउटा भर्चुअल छलफलमा उक्त प्रस्ताव प्रस्तुत गरिएको थियो। तर 'भ्याक्सिन पासपोर्ट'लाई उक्त सङ्गठनका केही देशहरूको विरोधको सामना गर्नुपर्‍यो। अविश्वास फ्रान्स र जर्मनीले त्यस्तो प्रमाणपत्र अहिलेका लागि अपरिपक्व हुने बताएका छन्। उनीहरूका तर्कमा खोप…
Read More
श्रीलङ्काका कारागारमा रहेका २६ जना नेपाली महिला तत्काल छुट्ने सम्भावना

श्रीलङ्काका कारागारमा रहेका २६ जना नेपाली महिला तत्काल छुट्ने सम्भावना

विगत १० महिनादेखि श्रीलङ्काका कारागारमा रहेका २६ जना नेपाली महिला तत्काल छुट्ने सम्भावना नरहेको श्रीलङ्कास्थित नेपाली दूतावासले जनाएको छ। विभिन्न मुलुक जाने क्रममा ट्रान्जिटका रूपमा श्रीलङ्काको बाटो प्रयोग गरेका ती महिलालाई श्रीलङ्का प्रहरीले पक्राउ गरेको नेपाली दूतावासका तृतीय सचिव बालकृष्ण भण्डारीले बीबीसीलाई बताए। ती महिलालाई विभिन्न खाडी मुलुक लैजानका लागि एजेन्टको रूपमा काम गर्ने श्रीलङ्काली नागरिकलाई त्यहाँको प्रहरीले अदालतमा मुद्दा दायर गरेपछि प्रमाणका लागि नेपाली महिलालाई त्यहाँ राखिएको भण्डारीले बताए। उनले भने, "हामीले श्रीलङ्का सरकारसँग समन्वय गरिरहेका छौँ। अदालतले रिहा गर्ने आदेश नगरिन्जेल उनीहरूलाई छुटाउने सम्भावना न्यून छ।"
Read More
दिलीप राईद्वारा निर्देशित ‘जीवन’ शॉर्ट फिल्म प्रतियोगितमा पहिलो बने

दिलीप राईद्वारा निर्देशित ‘जीवन’ शॉर्ट फिल्म प्रतियोगितमा पहिलो बने

खुला वर्गमा दिलीप राई निर्देशित फिल्म 'जीवन' पहिलो, दीपंकर रत्न शाक्य निर्देशित 'प्रिटि वुमन' दोस्रो र विश्वास तिम्सिना निर्देशित 'अवेयरनेस स्टार्ट्स एट होम' तेस्रो भए। विजेताहरुलाई रु १ लाख, ८० हजार र ५० हजार क्रमैले सम्मान गरियो। त्यस्तै, अमोन राई निर्देशित 'एक साइलेन्स डायरी' विद्यार्थी वर्गमा पहिलो भए भने कुमार विश्वकर्माको 'एचआईभी संगा को जीवन' र सृष्टि प्रधानको 'भाग्य को विदम्बना' पहिलो, दोस्रो अनि तेसस्रो भए। प्रतियोगितामा कुल ४६ वटा फिल्महरुले भाग लिएका थिए, खुला वर्गमा ३३ र विद्यार्थी वर्गमा १३ । श्री केबी गुरुङ प्रतियोगिताको प्रमुख अतिथि थिए भने प्रतियोगिताको निर्णायकहरु भने सीएल घिमिरे, सीपी गिरी, दिपेन्द्र मोहोरा र…
Read More