Editor

5003 Posts
भारतीय कांग्रेसकी महासचिव प्रियंका गान्धी पक्राउ

भारतीय कांग्रेसकी महासचिव प्रियंका गान्धी पक्राउ

भारतीय कांग्रेसकी महासचिव प्रियंका गान्धीलाई प्रहरीले हिरासतमा लिएको छ । आज बिहान करिब साढे पाँच बजे उत्तरप्रदेशमा पर्ने सितापुरको हरगाउँबाट गान्धीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उत्तर प्रदेशको लखिमपुर खिरी भन्ने स्थानमा जारी किसानहरुको आन्दोलनमा सहभागी हुन जाने क्रममा प्रहरीले गान्धीलाई नियन्त्रणमा लिएको हो । गान्धीलाई प्रहरीले लखनउमै रोक्न खोजेको थियो । सो क्रममा केहीबेर कांग्रेस कार्यकर्ता र प्रहरीबीच धक्कामुक्की पनि भएको थियो । तर उनी प्रहरीलाई छल्दै केहीबेर पैदल हिंडेर गाडीमा चढिन् र लखिमपुर खिरी प्रस्थान गरिन् । गान्धीसँगै कांग्रेसका अन्य नेताहरुलाई त्यतै प्रस्थान गरेका थिए । प्रहरीले गान्धीलाई पक्रनका लागि सडकका विभिन्न ठाउँमा गाडीहरु रोक्दै चेकिङ गर्दै आएको…
Read More
भवानीपुरलगायत तीन केन्द्रमा आज मतगणना ममताले धेर मतको व्यवधानले जित्ने दावी

भवानीपुरलगायत तीन केन्द्रमा आज मतगणना ममताले धेर मतको व्यवधानले जित्ने दावी

भवानीपुरलगायत राज्यका तीनवटा विधानसभा आसनका उपचुनाउको मतगणना आइतवार हुँदैछ । यी तीन आसनमध्ये भवानीपुर आसनको परिणामलाई लिएर सबैको चासो छ किनभने यस आसनबाट राज्यकी मुख्यमन्त्री तथा तृणमूल कंग्रेस प्रमुख ममता ब्यानर्जी उम्मेद्वार छिन्। यस आसनबाट चुनाउ जित्नु ममता ब्यानर्जीको निम्ति धेरै महत्वपूर्ण छ मुख्यमन्त्रीको पदमा बसिरहनको लागि तिनले कुनै पनि मूल्यमा यस आसनबाट चुनाउ जित्नु पर्नेछ भवानीपुरलगायत राज्यका तीन विधानसभा केन्द्रको उपचुनाउ अन्तर्गत गत ३० सेप्टेम्बर मतदान भएको थियो । यसैबीच, तृणमूल कंग्रेस र भाजपा दुवै दलले यो आसन जिले दावी गरिरहेका छन् । भवानीपुर आसन ममता ब्यानर्जीले ५० हजारभन्दा धेर मतको व्यवधानले जित्ने दावी तृणमूल कंग्रेसले गरिरहेको छ। तृणमूल…
Read More
राजकुमारी माको: जापानी राजकुमारीले प्रेमीसँग विवाहका लागि शाही हैसियत त्याग्ने

राजकुमारी माको: जापानी राजकुमारीले प्रेमीसँग विवाहका लागि शाही हैसियत त्याग्ने

जापानी राजकुमारी माकोले सर्वसाधारण नागरिकसँग विवाह गर्नका लागि शाही हैसियत त्याग्ने घोषणा गरेकी छन्। जापानमा केही वर्षयता यो प्रेम सम्बन्ध विवादित बने पनि उनले पूर्व सहपाठी समेत रहेका आफ्ना प्रेमीसँग यही महिना विवाह गर्ने तयारी गरेकी छन्। जापानको राजपरिवार इम्पेरियल हाउसहोल्ड एजेन्सीले अक्टोबर २६ मा उनीहरूको विवाह तय भएको जनाएको छ। उनीहरूबीच सन् २०१८ मै विवाह तय भए पनि राजकुमारीसँग विवाह गर्न लागेका कोमुरोको परिवारमा आएको भनिएको आर्थिक सङ्कटका कारण विवाह सारिएको थियो। विवाहपछि नवदम्पती अमेरिकामा बस्ने बताइएको छ। उनका प्रेमी केइ कोमुरो अमेरिकामा कानुन व्यवसायीको काम गर्दै आएका छन्।स्थानीय सञ्चार माध्यममा यो जोडीबारे धेरै समाचारहरू आएका थिए। राजकुमार फुहिमितो…
Read More
चीन ताइवान विवादः ३८ चिनियाँ जहाज आफ्नो प्रतिरक्षा क्षेत्रभित्र प्रवेश गरेको ताइवानको दाबी

चीन ताइवान विवादः ३८ चिनियाँ जहाज आफ्नो प्रतिरक्षा क्षेत्रभित्र प्रवेश गरेको ताइवानको दाबी

ताइवानले ३८ वटा चिनियाँ जहाज आफ्नो हवाई प्रतिरक्षा क्षेत्रमा प्रवेश गरेको बताएको छ। शुक्रवार भएको यो घटना बेइजिङको अहिलेसम्मकै ठूलो घुसपैठ भनिएको छ। ताइवानको रक्षा मन्त्रालयले परमाणु बम खसाल्ने क्षमता सहितका विमानहरू "एअर डिफेन्स आइडेन्टीफिकेसन जोन" भनिने आफ्नो हवाई प्रतिरक्षा पहिचान क्षेत्र भित्र दुई चरणमा प्रवेश गरेको जनाएको छ। लगत्तै ताइवानले आफ्ना लडाकु विमानहरूको परिचालन गर्नुका साथै क्षेप्यास्त्र प्रणाली तैनाथ गरेर प्रतिक्रिया जनाएको छ। चीनले प्रजातान्त्रिक अभ्यास गरिरहेको ताइवानलाई आफ्नो प्रान्तको रूपमा हेर्ने गरेको छ भने ताइवानले आफूलाई छुट्टै सार्वभौम देश ठान्छ। ताइवानले विगत एक वर्ष यता चिनियाँ वायु सेनाले आफ्नो टापु नजिकै यस्ता मिसनहरू सञ्चालन गरिरहेको बताउँदै आएको छ।"चीन…
Read More
जनवरीदेखि पर्यटन उद्योग खोल्ने तयारी

जनवरीदेखि पर्यटन उद्योग खोल्ने तयारी

देशमा रेकर्ड भ्याक्सिन र कोरोना संक्रमणको गति कम भएको कारण सरकारले १ जनवरी २०२२ बाट पर्यटन उद्योग खोल्ने तयारी गरिरहेको छ। यसको उद्देश्य पर्यटनको माध्यमबाट अर्थव्यवस्थालाई गति दिनु हो यसमा अन्तर्राष्ट्रिय उडानहरु पनि शुरु हुनेछन् । यस बाहेक पहिलो पाँच लाख पर्यटकहरुलाई नि: शुल्क पर्यटक भिसा पनि दिइनेछ । यदि परिस्थिति दिसम्बर १५ सम्म ठीक रह्यो भने नयाँ बर्षमा स्वदेशी र विदेशी पर्यटकहरु भारत भ्रमण गर्ने मौका पाउनेछन् । वैश्विक महामारी कोभिड – १९ को कारण गत वर्ष मार्चदेखि बन्द पर्यटन उद्योग खोल्ने कार्ययोजना तयार पारिएको छ यद्यपि, अन्तिम निर्णय केन्द्रिय गृह मन्त्रालय, स्वास्थ्य र विदेश मामिला मन्त्रालयहरुद्वारा लिइनेछ ।…
Read More
जनवरीदेखि पर्यटन उद्योग खोल्ने तयारी

जनवरीदेखि पर्यटन उद्योग खोल्ने तयारी

देशमा रेकर्ड भ्याक्सिन र कोरोना संक्रमणको गति कम भएको कारण सरकारले १ जनवरी २०२२ बाट पर्यटन उद्योग खोल्ने तयारी गरिरहेको छ। यसको उद्देश्य पर्यटनको माध्यमबाट अर्थव्यवस्थालाई गति दिनु हो यसमा अन्तर्राष्ट्रिय उडानहरु पनि शुरु हुनेछन् । यस बाहेक पहिलो पाँच लाख पर्यटकहरुलाई नि: शुल्क पर्यटक भिसा पनि दिइनेछ । यदि परिस्थिति दिसम्बर १५ सम्म ठीक रह्यो भने नयाँ बर्षमा स्वदेशी र विदेशी पर्यटकहरु भारत भ्रमण गर्ने मौका पाउनेछन् । वैश्विक महामारी कोभिड - १९ को कारण गत वर्ष मार्चदेखि बन्द पर्यटन उद्योग खोल्ने कार्ययोजना तयार पारिएको छ यद्यपि, अन्तिम निर्णय केन्द्रिय गृह मन्त्रालय, स्वास्थ्य र विदेश मामिला मन्त्रालयहरुद्वारा लिइनेछ ।…
Read More
अब मिड डे-मील योजनाको नाम ‘पीएम पोषण हुनेछ

अब मिड डे-मील योजनाको नाम ‘पीएम पोषण हुनेछ

सरकारी र सहायता प्राप्त विद्यालयहरुमा राष्ट्रिय मध्याह्न भोजन योजना अब पीएम पोषण' योजनाको रूपमा जानिन्छ र बाल वाटिकादेखि प्राथमिक विद्यालय स्तरसम्म बिद्यार्थीहरुलाई कवर गरिनेछ । सरकारले बुधबार यस्तो घोषणा गरेको हो केन्द्रीय मन्त्री अनुराग ठाकुरले पत्रकारहरुलाई भने, यो प्रस्ताव प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा आर्थिक मामिला सम्बन्धी क्याबिनेट समितिको बैठकमा अनुमोदित भएको थियो प्रधानमन्त्री मोदीले एक ट्रीटमा भनेका छन्, 'हामी कुपोषणको समस्यालाई सम्बोधन गर्न सम्भव सबै गर्न प्रतिबद्ध छौं। पीएम पोषण को बारेमा केन्द्रीय क्याबिनेटको निर्णय धेरै महत्वपूर्ण छ र यो भारतको युवाहरुलाई लाभान्वित हुनेछ। शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले भने, यो योजना २०२१-२२ देखि २०२५-२६ सम्म पाँच बर्षको लागि हो, जसमा…
Read More
हाईकोर्टबाट ठूलो राहत

हाईकोर्टबाट ठूलो राहत

दिल्ली उच्च अदालतले बाबा रामदेवलाई ठूलो राहत दिँदै उनले सरकारको कोरोना भ्याक्सिन अभियानलाई प्रोत्साहित गरेको बताएको छ। उनले कसैलाई पनि भ्याक्सिनको लागि अस्पताल जानबाट रोकेनन् । माथिको टिप्पणी गर्दा, उच्च अदालतले भन्यो, यद्यपि उनले कोरानाको उपचारको लागि आफ्नो कोरोनिललाई बढावा दिए। एलोपैथी सम्बन्धी आपत्तिजनक कथन गरेको भन्दै दिल्ली उच्च अदालत बाबा रामदेवको बिरुद्ध मुद्दाको सुनुवाई गरिरहेको छ। अदालतले मुद्दाको अर्को सुनुवाईको लागि अक्टोबर ५ तारिख तोकेको छ । मुद्दाको सुनुवाईको क्रममा न्यायाधीश सी हरी शंकरले भने, अदालत वर्तमानमा यो मुद्दामा जाँदै छैन कि त्यहाँ प्रचार नियमको उल्लंघन भएको छ कि छैन । याचिकाकर्ताको तर्फबाट अधिवक्ता अखिल सिब्बलले भने, बाबा रामदेवले…
Read More
प्रशंसा गरेपछि तारोमा बाइडेन

प्रशंसा गरेपछि तारोमा बाइडेन

भारतीय मिडियाको प्रशंसा गरेपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले चर्को आलोचना खेप्नु परेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिका भ्रमणका क्रममा राष्ट्रपति बाइडेनले भारतीय मिडियाको प्रशंसा र अमेरिकी पत्रकारहरूको आलोचना गरेको थिए । उनले अमेरिकी पत्रकारहरू कयौँ पटक विदेशी नेता सामु आफ्ना मुद्धाहरुबाट विमुख हुने गरेको अभिव्यक्ति दिएका थिए यस्तै उनले भारतीय मिडिया आफ्ना मुद्धाहरुमा केन्द्रित रहेको बयान थिए। बाइडे नको यस्तो | अभिव्यक्तिप्रति अमेरिकी प्रेस जगतले चित्त दुखाएको छ । सोही कारण ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा प्रेस सचिव जोन साकीले यस विषयमा चर्को प्रश्नको सामना गर्नुपयो । प्रेस स्वतन्त्रताको मामिलामा भारत १४२ स्थानमा र अमेरिका ४४ औँ स्थानमा रहेको…
Read More
भवानीपुरलगायत तीन आसनमा शान्तिपूर्ण मतदान आइतवार मतगणना

भवानीपुरलगायत तीन आसनमा शान्तिपूर्ण मतदान आइतवार मतगणना

कलकत्ताको हाई प्रोफाइल भवानीपुरलगायत मुर्शिदाबादका • जङ्गीपुर र शमशेरगञ्ज विधानसभा आसनका उपचुनाउको निम्ति बिहीवार शान्तिपूर्ण मतदान सम्पन्न भएको छ । प्राप्त आँकड़ाअनुसार भवानीपुरमा ५३.३२ प्रतिशत अनि जङ्गीपुर र शमशेरगञ्जमा क्रमशः ७६.१२र७८.६० प्रतिशत मतदान भएको छ । भवानीपुर विधानसभा आसनबाट मुख्यमन्त्री तथा तृणमूल कङ्ग्रेस प्रमुख ममता ब्यानर्जी उम्मेद्वार छिन् । तिनको प्रतिद्वन्द्विता भाजपा उम्मेद्वार प्रियङ्का टिबड़ेवालसँग छ । तीनै विधानसभा केन्द्रका विभिन्न मतदान केन्द्रमा बेलुकी ६.३० बजीपछि पनि मतदाताहरू लाइनमा उभिएका थिए । यी तीनै विधानसभा केन्द्रको उपचुनाउको मतगणना १३ अक्टोबरमा हुनेछ भवानीपुरमा मतदान अन्य दुई आसनको तुलनामा कम्ती रह्यो । राज्यमा केही महीनाअघि भएको विधानसभा चुनाउमा भवानीपुर आसनमा ६९.७९ प्रतिशत…
Read More