भवानीपुरलगायत तीन केन्द्रमा आज मतगणना ममताले धेर मतको व्यवधानले जित्ने दावी

भवानीपुरलगायत राज्यका तीनवटा विधानसभा आसनका उपचुनाउको मतगणना आइतवार हुँदैछ । यी तीन आसनमध्ये भवानीपुर आसनको परिणामलाई लिएर सबैको चासो छ किनभने यस आसनबाट राज्यकी मुख्यमन्त्री तथा तृणमूल कंग्रेस प्रमुख ममता ब्यानर्जी उम्मेद्वार छिन्। यस आसनबाट चुनाउ जित्नु ममता ब्यानर्जीको निम्ति धेरै महत्वपूर्ण छ मुख्यमन्त्रीको पदमा बसिरहनको लागि तिनले कुनै पनि मूल्यमा यस आसनबाट चुनाउ जित्नु पर्नेछ भवानीपुरलगायत राज्यका तीन विधानसभा केन्द्रको उपचुनाउ अन्तर्गत गत ३० सेप्टेम्बर मतदान भएको थियो ।

यसैबीच, तृणमूल कंग्रेस र भाजपा दुवै दलले यो आसन जिले दावी गरिरहेका छन् । भवानीपुर आसन ममता ब्यानर्जीले ५० हजारभन्दा धेर मतको व्यवधानले जित्ने दावी तृणमूल कंग्रेसले गरिरहेको छ। तृणमूल कंग्रेस नेता तथा राज्यका मन्त्री फिरहाद हाकिमले दावी गरेअनुसार भावनीपुर आसन ममता ब्यानर्जीले ५० हजारभन्दा धेर मतको व्यवधानले जित्नेछिन् । यस आसनमा भाजपा उम्मेद्वार प्रियंका टिबरेवाल छिन्। भवानीपुरलगायत तीन विधानसभा केन्द्रको मतगणना आइतवार बिहान ८ बजी शुरू हुनेछ अनि मध्याह्नसम्ममा परिणामको स्पष्ट संकेत पाइने सम्भावना छ।

भवानीपुर विधानसभा आसनका मतगणना २१ राउण्डमा हुनेछ । चुनाउ आयोगले मतगणनाको निम्ति तीन स्तरीय सुरक्षा व्यवस्था गरेको छ। सुरक्षाको निम्ति केन्द्रिय अर्द्ध सैनिक बलका २४ कम्पनी तैनाथ गरिएको छ । राज्य पुलिस सुरक्षाको बाहिरी घेरामा रहने छ । भवानीपुरबाहेक शमशेरगञ्ज र जंगीपुर विधानसभा आसनको मतगणना पनि आइतवार नै हुँदैछ। तृणमूल कंग्रेसले तीनवटै आसन जिले दावी गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *