Editor

5003 Posts
भारतः हिन्दू देवता कृष्णको चित्र बनाउने मुस्लिम युवती

भारतः हिन्दू देवता कृष्णको चित्र बनाउने मुस्लिम युवती

जासना सलीमसँग उनको मनपर्ने विषयमा कुरा गरियो भने उनी एक बच्चाजस्तै खुसी हुन्छिन्। उनको मनपर्ने विषय बालकृष्ण हो जसका हात मक्खनको भाँडोमा हुन्छ भने उनको अनुहारमा पनि मक्खन लतपतिएको हुन्छ। अट्ठाइस वर्षीया जासना पछिल्लो छ वर्षदेखि लगातार यस्तो चित्र बनाइरहेकी छिन् र अब उनी आफैँले उक्त चित्र श्रीकृष्णको मन्दिरमा प्रस्तुत गरेकी छिन्। बालकृष्णलाई चित्रकला प्रस्तुत गर्ने सपना पूरा गर्न पाउँदा जासना आफूलाई धेरै खुसी लागेको बताउँछिन्। दुई दिन पहिले जसनाले केरला राज्यको ८० वर्ष पुरानो उलानाडु श्रीकृष्ण स्वामी मन्दिरमा बालकृष्णको चित्र चढाएकी थिइन्। यो मन्दिर पत्तनमतिट्टा जिल्लाको पन्दलम शहरमा छ जहाँ बालकृष्णको पूजा हुन्छ। मन्दिर समितिले जासनाले बताएको चित्र गुरुवायूरको…
Read More
पत्रकारहरूलाई एकजुट गर्दै प्रेस क्लब अफ सोनादा गठन

पत्रकारहरूलाई एकजुट गर्दै प्रेस क्लब अफ सोनादा गठन

वर्षौंदेखि सोनादा क्षेत्रमा कार्य गरिरहेका विभिन्न प्रिन्ट अनि इलेक्ट्रोनिक मिडियाहरू एउटै मञ्चमा आउदै बुधवार एक सभाको आयोजना गरियो । उक्त सभामा प्रेस क्लब अफ सोनादा गठन गरियो । सोनादा बजारको सोनादा क्रोनिकल कार्यालयमा आयोजना गरिएको सभामा भ्रष्टा मञ्च सोनादाका अध्यक्ष एवं वरिष्ठ साहित्यकार सूर्य श्रेष्ठ, कवि जइन्द्र जेनियम, हिमालय दर्पणका पत्रकार किरण छेत्रीको उपस्थितिमा आयोजित सभामा सोनादा क्षेत्रभरिका विभिन्न प्रिन्ट अनि इलेक्ट्रोनिक मिडिया कर्मीहरु क्रमैले सोनादाको सेरोफेरो च्यानलका मुख्य सम्पादक एवं हाम्रो प्रजाशक्ती दैनिकका पत्रकार सञ्जीव मोहोरा, सोनादा क्रोनिकलका सम्पादकद्वय सुमन गुरूङ, सोयम प्रधान केवल सिन्च्युरी, ई-खबर अनि न्युजका किरण शर्मा उपस्थित रहेको सभामा सोनादा क्षेत्रका पत्रकारहरूले हालसम्म भोग्दै आईरहेको…
Read More
मन्त्री मण्डलको बैठकमा विभिन्न विभागअन्तर्गत धनराशि स्वीकृति

मन्त्री मण्डलको बैठकमा विभिन्न विभागअन्तर्गत धनराशि स्वीकृति

राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङको नेतृत्वमा बसेको राज्य मन्त्रीमण्डलको बैठकमा विभिन्न योजनाहरूलाई अनुमोदन गर्दै धनराशि स्वीकृत गरिएको छ। २७ सेप्टेम्बरको दिन आयोजित बैठकमा मन्त्रीमण्डलले योजनाहरूमाथि छलफल गर्दै प्रशासनिक स्वीकृतिसँगै वित्तीय आवण्टनको निम्ति स्वीकृति दिएको छ । बैठकमा वर्ष २०२१-२२-को निम्ति कृषि सांख्यिकी रिपोर्टिङको निम्ति एजेन्सी स्थापना कार्यान्वयन गर्न रु. १०६.१७ लाख धनराशिलाई प्रशासनिक स्वीकृति दिइएको छ । यसको निम्ति रु. ७० लाख वित्तीय स्वीकृति दिइयो । राज्यमा रहेका पशु चिकित्सा पोलिक्लिनिक अनि पशुपालन एवं पशु चिकित्सा सेवा विभागको एनेक्स भवनमा विद्युत ब्याक अप सुविधाहेतू वर्तमान रहेको विद्युतीकरणलाई मरम्मति अनि बढ़ोत्तरी गर्न रु. २४.९३ लाख प्रशासनिकसँगै वित्तीय स्वीकृति दिइयो यसैगरी, सुँगुर उत्पादन…
Read More
सौरभले बुद्धिमानीको साथ ब्याटिङ्ग गरे: रोहित

सौरभले बुद्धिमानीको साथ ब्याटिङ्ग गरे: रोहित

इण्डियन प्रीमियर लीग (आइपीएल) - मा पञ्जाब किङ्ग्स विरुद्ध मङ्गलवार राति ६ विकेटले जीतको साथ प्लेअफ् को दिशामा कदम बढ़ाउने मुम्बई इण्डियन्सका कप्तान रोहित शर्माले ईशान किशनको स्थानमा टोलीमा सामेल हुने सौरभ तिवारीको प्रशंसा गरे । केवल १६ रनमा २ विकेटको पतनपछि तिवारीले ३७ बलमा ४५ रनको इनिङ्ग्स खेलेर टोलीलाई जीत दिलाउनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरे उनले इनिङ्ग्सले गर्दा मुम्बईले जीतको निम्ति प्राप्त भएको १३६ रनको लक्ष्यलाई ६ बल बाँकी रहँदै हासिल गयो । म्याचपछि रोहितले भने, ईशानलाई बाहिर राख्नु मुश्किल फसेला थियो तर हामीलाई टोलीमा फेरबदल गर्नु जरूरी लाग्यो । उनी असाधारण युवा खेलाड़ी हुन् अनि टोलीमा उनको निम्ति…
Read More
अफगानिस्तानमा महिला न्यायाधीशको खोजी

अफगानिस्तानमा महिला न्यायाधीशको खोजी

अफगानिस्तानमा महिला अधिकारका उनीहरु अगुवा हुन् यो कानून र ती मानिसहरूका रक्षक हुन् जो देशमा सीमान्तकृत थिए र न्याय चाहन्थे । तर अब २२० भन्दा अधिक अफगान महिला न्यायाधिवक्ता तालिबानको कब्जापछि सजाय पाउने डरले लुकेर बसेका छन् । अफगानिस्तानका अनेकौं गोप्य स्थानहरूबाट ६ पूर्व महिला न्यायधिशहरुले यसबारे आफ्नो मन्तव्य पोखेका छन् । सुरक्षाका कारण यी सबैको नाम फेरिएको छ । मासूमाले आफ्नो न्यायाधीशको करियरको समय सयौं पुरुषहरूलाई | महिलाविरुद्ध हिंसा, बलात्कार, हत्या र प्रताडनाका लागि सजाय दिएकी छन् । तर तालिबानले जब शहरमाथि कब्जा गरे तब हज्जारौं दोषी अपराधीहरूलाई जेलबाट रिहा गरियो । यस्तो अवस्थामा उनीहरुलाई हत्या गरिदिने धम्की आइरहेको…
Read More
रिया चक्रवतीलाई बिगबसको अफर

रिया चक्रवतीलाई बिगबसको अफर

नायक शुसान्तसिंह राजपूतको आत्महत्या प्रकरण पछि सर्वाधिक चर्चा पाएकी रिया चक्रवति अझै पनि बलिउडमा हेडलाइन बनिरहेकी छिन् । उनी बिगबोस सिजन १५ मा सहभागी हुने भन्ने चर्चा चलेको नै महिनौँ दिन भइसक्यो तर, अझैसम्म निश्चित भने भइसकेको छैन। सञ्चारमाध्यमहरूका अनुसार रियालाई बिगबोसको निर्माता समूहले हालसम्मकै सर्वाधिक अधिक पारिश्रमिकसहित अफर गरेको छ। उनलाई एक साताको ३५ लाख दिनेगरि बिगबोसमा सहभागिताको प्रस्ताव अघि बढाइएको छ। लामो समयसम्म अनेकौँ टिप्पणीहरूसहित चर्चाको केन्द्रमा रहेकी रियालाई बिगबोसको घरमा भित्र्याउन सके त्यो रियालिटी सो को टीआरपी निकै माथि पुग्ने आँकलनका साथ यस्तो अफर गरिएको सञ्चार माध्यमहरूले जनाएका छन्। यदि उनी बिगबोसमा सहभागी भइन भने उनका बारेमा…
Read More
तालिवानले भारतसँग व्यावसायिक हवाई उडान पुनः सुरू गर्ने

तालिवानले भारतसँग व्यावसायिक हवाई उडान पुनः सुरू गर्ने

तालिवानले व्यावसायिक हवाई उडान पुनः सुरू गर्न भारतसँग अनुरोध गरेको छ । अफगानिस्तानको नागरिक उड्यन प्राधिकरणले भारतलाई एक पत्र पठाउँदै काबुलबाट नयाँ दिल्लीको उडान पुनः सञ्चालन गर्न अनुरोध गरेको हो । ‘अमेरिकी सेनाले अफगानिस्तान छोड्नुअघि काबुल विमानस्थलमा क्षति पुगेको थियो । कतारको प्राबिधिक सहयोगमा विमानस्थल पुनः सञ्चालनमा आएकोले अबरुद्ध हवाई उडान पुनः सुरू गर्न अनुरोध गर्छौ,’ प्राधिकरणले दुई साताअघि पठाइएको पत्रमा भनिएको छ । तालिवानले पत्र पठाएपछि काबुलमा उडान सञ्चालन गर्ने बारेमा भारतीय सरकारले समिक्षा गरिरहेको छ । दुबै देशका यात्रुहरुको सहज यात्राका लागि अनुरोधसहितको पत्र भारत पठाइएको तालिवानको हवाई उड्यन प्राधिकरणले पुष्टि गरेको छ ।
Read More
हिमालय एयरलाइन्सले दियो प्रयास नेपाललाई शैक्षिक सामग्री

हिमालय एयरलाइन्सले दियो प्रयास नेपाललाई शैक्षिक सामग्री

हिमालय एयरलाइन्सले शिक्षातर्फको सहयोगी हात बढाउँदै प्रयास नेपाललाई वर्षभरि आवश्यक पर्ने शैक्षिक सामाग्री प्रदान गरेको छ।  आज सम्पन्न एक कार्यक्रमबीच हिमालयका पदाधिकारीहरुले संस्थालाई आवश्यक पर्ने स्टेशनरी, नोट–बुक्स्, रजिष्टर, कलम र विभिन्न कक्षाका विद्यार्थीहरुका लागि पाठ्य पुस्तकहरु प्रदान गरेका हुन्। हिमालयले निरन्तर पाँचौ वर्षका लागि सामाग्री सहयोग गरेको हो। प्रयास नेपाल ३ जना फरक क्षमता भएका विद्यार्थीहरुका साथ २६ जना वालवालिकाहरु रहेको एक अनाथालय हो। हिमालय एयरलाइन्सकी ब्राण्ड तथा सेवा सुधार विभाग प्रमुख उज्ज्वला दलीले प्रयास नेपालका विद्यार्थीहरुको उज्ज्वल भविष्य, शिक्षा दीक्षा र प्रयास नेपालसँगको सहकार्यलाई जीवन्त राख्न संस्थागत सामाजिक उत्तरदायित्वतर्फ हिमालय सदा दृढ रहने बताइन्।
Read More
तालिवानले अफगानिस्तान कब्जा गर्नुको कारण ट्रम्प प्रशासन : अमेरिकी अधिकारी

तालिवानले अफगानिस्तान कब्जा गर्नुको कारण ट्रम्प प्रशासन : अमेरिकी अधिकारी

अफगानिस्तानमा तालिवानले कब्जा गर्नुको कारण ट्रम्प प्रशासन र दोहामा तालिवानबीच भएको सम्झौता रहेको केही वरिष्ठ अमेरिकी अधिकारीहरुले जनाएका छन् । दोहा सम्झौता फेब्रुअरी २०२० मा हस्ताक्षर भएको थियो। यस अन्तर्गत अमेरिकाले अफगानिस्तानबाट आफ्नो सेना फिर्ता गर्ने मिति तय गरेको थियो।अमेरिकी रक्षा अधिकारीहरूले बुधवार देशको प्रतिनिधि सभाको सशस्त्र सेवा समितिमा यी टिप्पणी गरे। अमेरिकी सेन्ट्रल कमाण्डका प्रमुख जनरल फ्रान्क म्याकेन्जीले यस सम्झौताले अफगानिस्तान सरकार र सेनामा प्रतिकूल असर परेको बताएका छन्।अमेरिकाबाट फिर्ता हुने मिति तय गर्नुको अलावा, दोहा सम्झौताले तालिवानलाई अल–कायदा जस्ता समूहहरुमा लगाम लगाउन आवश्यक बनायो ताकि ती संगठनहरुले अमेरिका र उसका सहयोगीहरुको सुरक्षा खतरामा नपरोस्। राष्ट्रपति निर्वाचित भएपछि जो…
Read More
अजयको ‘मैदान’ जुन ३ बाट रिलिज हुने

अजयको ‘मैदान’ जुन ३ बाट रिलिज हुने

नायक अजय देवगण अभिनित चलचित्र ‘मैदान’को प्रदर्शन मिति पनि तय गरिएको छ । बलिउडका मेकरले विगत केही दिनदेखि एकपछि अर्को प्रदर्शन मिति तय गरिरहेका छन् । अजयको मुख्य भूमिका रहेको फुटबल केन्द्रित यो चलचित्रलाई सन् २०२२ को जुन ३ गतेबाट रिलिज गर्ने तयारी यसको निर्माणपक्षले गरेको छ । यो चलचित्रलाई अमित रविन्द्रनाथ शर्माले निर्देशन गरेका हुन् । चलचित्रमा प्रियामणी, गजराज राव, रुद्रानी घोषको मुख्य भूमिका छ । यो चलचित्रले भारतीय फुटबललाई विश्वमाझ परिचित गराउन महत्वपूर्ण भूमिका खेलेका कोचको कथा भन्छ । जसको भूमिकामा अजयले काम गरेका छन् । यो चलचित्र सन् १९५२ देखि १९६२ सम्मको भारतको फुटबलको कथामा आधारित छ…
Read More