सर्बियाका ३४ वर्षीय जोकोभिचले सुरुआती दुई सेट गुमाएर पनि ६–७, २–६, ६–३, ६–२ र ६–४ ले फाइनल जिते । उनले ग्रिसका स्टेफानोस सिसिपासलाई हराएर फ्रेन्च ओपन जितेका हुन् । यसका लागि उनले खेलमा उत्कृष्ट पुनरागमन गरेका थिए । अन्तिम सेटमा जोकोभिचको अनुभव निर्णायक देखिएको थियो । यो सफलतापछि जोकोभिच ग्रान्ड स्लाम उपाधि जितेको संख्याका आधारमा आफ्ना दुई खास प्रतिद्वन्द्वी राफेल नाडाल र रोजर फेडेररको नजिक पुगेका छन् । नाडाल र फेडेररले समान २० ग्रान्ड स्लाम उपाधि जितेका छन् । यसपल्ट फाइनल पुग्न पनि जोकोभिचले नाडाललाई नै हराएका थिए । सिसिपासले भने आफ्नो खेलजीवनको पहिलो ग्रान्ड स्लाम फाइनल खेलेका हुन् । यसअघि उनी ग्रान्ड स्लामका तीन सेमिफाइनलमा पराजित भएका थिए ।
Related Posts
शर्लिन चोपडाको खुलासाः शिल्ला शेट्टीसँग खुसी थिएनन् राज कुन्द्रा – देखापढी
- Editor
- July 29, 2021
- 0
बलिउड मोडल तथा नायिका शर्लिन चोपडाले ‘पोर्न फिल्म’को आरोपमा पक्राउ परेका राज कुन्द्रा र उनकी पत्नी नायिका शिल्पा शेट्टीबीच सम्बन्ध राम्रो नभएको बताएकी छन्। शर्लिनले […]
जो बाइडन को हुन्?
- Editor
- November 9, 2020
- 0
जो बाइडन अमेरिकाको ४६औँ राष्ट्रपति निर्वाचित भएका छन् ।डेमाक्र्याटिक पार्टीका उम्मेदवार बाइडन अमेरिकाको आगामी राष्ट्रपति बन्नका लागि आवश्यक मत हासिल गर्न सफल भएका छन्, तर […]
उडानले १.७ बिलियन प्रोडक्ट को सिप्पिंग गरेको छ
- News Editor
- January 20, 2023
- 0
उडान, भारतको सबैभन्दा ठूलो व्यापार-देखि-व्यवसाय (B2B) eCommerce प्लेटफर्मले आज घोषणा गर्यो कि CY 2022 मा 22 मिलियन भन्दा बढी अर्डरहरू पूरा गर्ने 1.7 बिलियन उत्पादनहरू […]