नोभाक जोकोभिचले आइतबार १९औं ग्रान्ड स्लाम उपाधि जितेका छन्।

सर्बियाका ३४ वर्षीय जोकोभिचले सुरुआती दुई सेट गुमाएर पनि ६–७, २–६, ६–३, ६–२ र ६–४ ले फाइनल जिते । उनले ग्रिसका स्टेफानोस सिसिपासलाई हराएर फ्रेन्च ओपन जितेका हुन् । यसका लागि उनले खेलमा उत्कृष्ट पुनरागमन गरेका थिए । अन्तिम सेटमा जोकोभिचको अनुभव निर्णायक देखिएको थियो । यो सफलतापछि जोकोभिच ग्रान्ड स्लाम उपाधि जितेको संख्याका आधारमा आफ्ना दुई खास प्रतिद्वन्द्वी राफेल नाडाल र रोजर फेडेररको नजिक पुगेका छन् । नाडाल र फेडेररले समान २० ग्रान्ड स्लाम उपाधि जितेका छन् । यसपल्ट फाइनल पुग्न पनि जोकोभिचले नाडाललाई नै हराएका थिए । सिसिपासले भने आफ्नो खेलजीवनको पहिलो ग्रान्ड स्लाम फाइनल खेलेका हुन् । यसअघि उनी ग्रान्ड स्लामका तीन सेमिफाइनलमा पराजित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *