जापानमा सङ्कटकालको घोषणापछि थप त्रास

जापानका प्रधानमन्त्री योशिहिदे सुगाले कोभिड १९ भाइरसको महामारी तीव्र रुपमा फैलिएपछि फेरि पनि सङ्कटकालको घोषणा गर्नुभएको छ ।
प्रधानममन्त्री सुगाले शुक्रबार जापानको राजधानी टोकियोसहितका क्षेत्रमा फेरि सङ्कटकालको घोषणा गर्नुभएको अधिकारीहरूले जानकारी दिएका छन् । उहाँले जापानको राजधानी टोकियो र अरु केही पश्चिमी प्रान्तहरु ओसाका, क्योटो र ह्योगोमा सङ्कटकालको घोषणा गर्नुभएको थियो ।
शुरुका महिनाहरुमा यो महामारी फैलिएको थिएन । प्रभावकारी रुपमा जापानमा महामारीको नियन्त्रण भइरहेको बताइएको थियो । तर पछिल्लो समयमा कोरोना भाइरसको नयाँ प्रजातिको जीवाणु देखिएपछि भने यहाँ महामारी तीव्र बन्दै गएको बताइएको छ । यो महामारी थप नफैलियोस् भन्ने उद्देश्यले यहाँ सङ्कटकाल घोषणा गरिएको अधिकारीहरूले जानकारी दिएका छन् ।
प्रधानमन्त्री सुगाले अहिले हिजो घोषणा गर्नुभएको सङकटकाल आगामी मे ११ सम्म लागु हुने बताइएको छ । संकटकालको घोषणा भएपछि बार तथा रेस्टुरेन्टहरूलाई मादक पदार्थ विक्री वितरण नगर्न कडा प्रतिबन्ध लगाइएको छ भने ठूला व्यावसायिक प्रतिष्ठानहरू पनि बन्द हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *