ब्रुट अरुणाचल २०२६ मा गोर्खा ट्रेल रनर्सको ऐतिहासिक सफलता, ५० किमिमा हेमन्त प्रथम र सोमबहादुर दोस्रो

अरुणाचल प्रदेशमा आयोजित प्रतिष्ठित ब्रुट अरुणाचल २०२६ ट्रेल रनिङ प्रतियोगितामा गोर्खा ट्रेल रनर्स क्लब, दार्जिलिङ–सिक्किमका धावकहरूले उत्कृष्ट प्रदर्शन गरेका छन्। प्रतियोगिताको ५० किलोमिटर खुल्ला वर्गमा हेमन्त लिम्बुले ४ घण्टा ३९ मिनेटमा दूरी पूरा गर्दै प्रथम स्थान हासिल गरे भने सोमबहादुर थामी ४ घण्टा ४५ मिनेटसहित दोस्रो बने। हेमन्तले भारतमै ५० किलोमिटर ट्रेल दौडको उत्कृष्ट समयको कीर्तिमान बनाएको दाबी गरिएको छ। त्यसैगरी, ३० किलोमिटर खुल्ला वर्गमा वीरबहादुर राई दोस्रो तथा पेम्बा छिरिङ शेर्पा चौथो भए। ४०–४५ वर्ष उमेर समूहको ३० किलोमिटर विधामा क्लबका मेन्टर मोङ्गिया शेर्पाले प्रथम स्थान हासिल गरे। स्मरण रहोस्, क्लबका धावकहरूले यसै वर्ष मलेसियामा आयोजित यूटीएमबी प्रतियोगितामा समेत देशको प्रतिनिधित्व गर्दै उत्कृष्ट प्रदर्शन गरिसकेका छन्।

By Paromita