दार्जीलिङमा ७७औँ संविधान गौरव दिवस पालन गरियो। राज्यसभा सांसद हर्षवर्द्धन श्रृङ्गलाको उपस्थितिमा सम्पन्न यस दिवसको अवसर विभिन्न शैक्षिक संस्थान अनि जातगोष्ठीका प्रतिनिधिहरु जमा भएका थिए।
यस अवसरमा भारतीय संविधानविद् डा. भीमराव अम्बेडकरलगायत संविधानबारे चर्चा भएको जानकारी छ। यसबारे मिडियामा बोल्दै सांसद हर्षवर्द्धन श्रृङ्गलाले
जीएसटी सुधार, आर्थिक उदारीकरण, महिला आरक्षण, भारतीय न्याय संहिता, अनुच्छेद ३१ ए हटाउनु पछि भाजपा सरकारको प्रशंसा गरे भने ३५६ धारा प्रयोग गरेर पछिल्लो कंग्रेस सरकारले विभिन्न राज्य, मौलिक अधिकार साथै प्रेस स्वतन्त्रता हनन गरेको आरोप लगाए। यसलगायत उनले मतदाता सूचीबाट नाम कटौती र जीटीए सभामा प्रशासक नियुक्तिबारे सोधिएको प्रश्नमाथि पनि प्रतिक्रिया जनाए।
दार्जीलिङमा ७७औँ संविधान गौरव दिवस पालन, सांसद हर्षवर्द्धन श्रृङ्गलाद्वारा संविधान र भाजपा सरकारका उपलब्धिबारे चर्चा
