मिरिकको सोह्रसाले खोलामा पक्का पुल निर्माण हुने, स्थानीय ज्येष्ठ नागरिक बुद्धराज तामाङद्वारा शिलान्यास

मिरिक नगरपालिका वार्ड नम्बर नाै साेह्रसाले निम्नमा रहेकाे खाेलामा पक्का पूल निर्माण गाेर्खाल्याण्ड क्षेत्रीय प्रशासन मार्फत हुने भएकाे छ। जसकाे शिलान्यास कार्य आइतबार स्थानीय मानिसहरूकाे उपस्थितिमा स्थानीय जेष्ठ नागरिक बुद्धराज तामाङले नरिवल फुटाएर पण्डितकाे मन्त्राेच्चारणकाे साथमा गरे ।यस अवसरमा धेरै स्थानीय मानिसहरूकाे उपस्थिति रहेकाे थियाे।भारत नेपाल सीमा रहेकाे उक्त ठाँउमा पूल निर्माणले साेह्रसाले ,एकतीस गाउँ, सिस्ने गाउँ लगायत छिमेकी देश नेपालका मानिसहरूलाई यातायातमा सुविधा हुनेछ।स्थानीय भाजपा नेता प्रकाश पाख्रिनले कति सरकार आए गए तर पूल निर्माण भएन।जसले गर्दा यातायातमा स्थानीय मानिस ,बिध्यार्थी,राेगी ,चालक आदिले धेरै समस्या भाेग्न परेकाे थियाे।तर राज्यमा भारतीय जनता पार्टीकाे सरकार गठनपछि पक्का पूल निर्माण हुने भएकाे छ भने।तिनले पूल निर्माणकाेलागि पहल गरिदिएकाेमा सांसद राजू विष्ट,बिधायक साेनाम लामा,सियाेक गाेपालधारा ओकेटी मण्डल अध्यक्ष अमित छेत्री,मण्डल संयाेजक अरूण घिसिङप्रति आभार प्रकट गरे।तिनले पूल निर्माणमा एक महिना समय लाग्ने भएकाे कारण निर्माण कार्य भइन्जेल उक्त ठाँउबाट कसैलाई पनि वाहन नकुदाइदिने अनुराेध गरे।

By Paromita