मिरिकको सौन्दर्य संरक्षण गर्न होटल व्यवसायीको अपिल, झीलको घट्दो आयतन र फोहोर व्यवस्थापनप्रति चिन्ता

मिरिक पर्यटन केन्द्रकाे सुन्दरतालाई संरक्षण गर्नु पर्ने विषयमा मिरिक हाेटल अनर्स एशाेसिएशनका अध्यक्ष गाेपाल तामाङ अनि सचिव हेमकुमार तामाङले बताए। द्वयले दिन दिनै मिरिक झीलकाे आयतन घटी रहेछ।बड्दाे फाेहाेरले झील डम्पिङ सरह भएकाे छ। जतासुकै शाैचालय निर्माणले यहाँकाे सुन्दरतामा प्रभाव पारेकाे छ भन्दै यस विषयमा सम्बन्धित निकायले चाँडाे ध्यान दिएर सकरात्मक पहल गर्न अति आवश्यक रहेकाे छ भने।द्वयले उक्त विषयमा एशाेसिएशनले सबैलाई अघि आईदिने अनुराेध गर्दै एशाेसिएशनले सबै संघ संस्थाहरूलाई सहभागी गराई चाँडै सभा पनि गर्नेछ भने।द्वयले मिरिक नगरपालिका क्षेत्रकाे कतिपय जीर्ण सडककाे मरमती,महादेवटार क्षेत्रमा विछाइएकाे पानीकाे पाइपलाई पनि ब्यावस्थित गर्नु पर्ने विषयमा जाेर दिए।

By Paromita