स्थायीकरणको माग गर्दै पहाडभर ग्राम पन्चायतका अस्थायी कर्मचारीद्वारा ‘पेनडाउन’ हडताल शुरु

जीटीएअन्तर्गत दार्जिलिङ र कालेबुङ जिल्लाका विभिन्न खण्डका ग्राम पन्चायतहरुमा कार्यरत ग्राम रोजगार सहायक, भीएलई, एसटीपीलगायतका अस्थायी कर्मचारीहरूले स्थायीकरणको माग गर्दै बिहीबारदेखि ‘पेनडाउन’ हडताल सुरु गरेका छन्।

गत २५ सेप्टेम्बरमा पञ्चायत तथा ग्रामीण विकास विभागलाई मागबारे जानकारी गराए पनि सुनुवाइ नभएपछि आन्दोलनमा उत्रिनुपरेको उनीहरूले बताएका छन भने विभिन्न खण्ड विकास कार्यालयअगाडि धर्ना दिँदै कर्मचारीहरूले खण्ड बिकास अधिकारी मार्फत आफ्ना माग सरकारसमक्ष पुर्‍याएका छन्। साथमा वर्षौंदेखि स्थायी कर्मचारीसरह जिम्मेवारी निर्वाह गर्दै आए पनि कम पारिश्रमिक र अतिरिक्त कार्यभारका कारण समस्या भोग्नुपरेको उनीहरूको भनाइ छ। साथमा ग्राम पञ्चायतका रिक्त स्थायी पदमा आफूहरूलाई प्राथमिकता दिँदै तत्काल स्थायीकरण गर्नुपर्ने उनीहरूको माग छ भने विभागबाट लिखित जवाफ नआएसम्म ‘पेनडाउन’ हडताल जारी रहने उनीहरूले बताएका छन्।
याद रहोस् दार्जिलिङ जिल्लामा डेढ सयभन्दा अधिक र कालेबुङ जिल्लामा सयभन्दा बढी अस्थायी कर्मचारी कार्यरत रहेको जनाइएको छ।]

By Paromita