बाघपुलबाट हामफाल्दा युवतीको मृत्यु

कोरोनेशन ब्रिज (बाघपुल) बाट हामफालेर एक युवतीले आत्महत्या गरेको घटना प्रकाशमा आएको छ। उक्त घटना आज मंगलबार दिउँसो भएको छ। मृतक युवती सिलगढी निवासी रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
घटना बाघपुलको कालेबुङ जिल्लातर्फ भएको हो। मङ्पङ पुलिस तत्काल घटनास्थलमा पुगेर गम्भीर अवस्थामा रहेकी युवतीलाई उद्धार गरी ओदलाबारी अस्पताल पुर्‍याए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेको बताइएको छ।
घटनाबारे परिवारलाई जानकारी गराइएको छ भने परिवारका सदस्यहरू पुलिस चौकीमा पुगिरहेको बताइएको छ।

By Paromita