राजगञ्जमा भूमि विभागबाट हराएका पाँच हजार फाइलको खोजीमा आइतवार बिदाको दिन पनि छापा मारिएको छ। उक्त दिन माझीयाली पञ्चायतअन्तर्गत राजस्व अधिकारीको कार्यालयमा न्यायालयको आदेशअनुसार गठन गरिएको स्पेशियल इन्भेष्टिगेशन टीम (एसआईटी)का सदस्यहरूले हराइएका फाइलहरूको व्यापक रूपमा खोजी गरे। यद्यपि हालसम्म कुनै फाइल फेला परेको छ वा छैन भन्ने विषयमा अनुसन्धानकर्ताहरू मौन रहेका छन्। तर सूत्रअनुसार, पानीकौड़ी पञ्चायतअन्तर्गत पर्ने रेविन्यु इन्स्पेक्टरको कार्यालयमा छापा मार्दा हराइएका फाइल सम्बन्धी कुनै जानकारी नपाए पनि माझीयाली पञ्चायतको राजस्व अधिकारीको कार्यालयमा दिनभरि खोजीपछि 275 वटा फाइल फेला परेका छन्। राति मैनबत्ती बालेर त्यहाँ कागजातहरू जाँच गरियो। भूमि अधिकारीहरूले आवश्यक जानकारी ल्यापटपमा अपलोड गरिरहेका पनि देखियो।
आरोपअनुसार, 2021 देखि 2024 को बीचमा राजगञ्ज भूमि विभागबाट म्युटेशनका पाँच हजारभन्दा बढ़ी फाइल हराएका छन्। एक व्यक्तिले दर्ता गरेको मुद्दापछि यो विषय सार्वजनिक भएको हो। त्यसपछि गत जनवरीमा कोलकाता उच्च न्यायालयको जलपाइगढ़ी सर्किट बेञ्चले यस विषयमा एसआईटी गठन गरी जाँचको आदेश दिएको थियो। उक्त आदेशअनुसार जाँच आरम्भ भए पनि राज्यमा विधानसभा निर्वाचन हुँधा त्यसमा ढिलो भएको थियो। अहिले चुनाउपछि फाइलको खोजीमा फेरि तीव्रता दिइएको छ। जाँचकर्ताहरूले भूमि विभागका अधिकारीहरूसित मिलेर फाइल खोज्न व्यापक रूपमा अभियान सञ्चालन गरिरहेका छन्।
एसआईटीका सदस्य तथा राजगञ्ज थाना इञ्चार्ज अमिताभ दासले भने, न्यायालयको आदेशअनुसार जाँच भइरहेको छ। आज माझीयाली पञ्चायतअन्तर्गत रेविन्यु इन्स्पेक्टरको कार्यालयमा छापा मारिएको हो। त्यसबाहेक थप केही भन्न सकिँदैन। राजगञ्ज ब्लकका भूमि तथा भूमि सुधार अधिकारी गोपाल विश्वासले भने, मैले 2025 को मध्यतिर यस ब्लकको जिम्मेवारी लिएको हुँ। तर यो घटना मेरो जिम्मेवारी लिनुभन्दा अगाड़िको हो। न्यायालयको आदेशअनुसार गठन गरिएको टोलीले जाँच गरिरहेको छ। जाँचका क्रममा तिनीहरूले हामीसित जे जे सहयोग माग्छन्, त्यो उपलब्ध गराइरहेका छौँ। सूत्रअनुसार, म्युटेशन सम्बन्धी सबै फाइल ब्लक भूमि सुधार कार्यालयमै राखिनुपर्ने हो। तर ती सबै फाइल रेविन्यु इन्स्पेक्टरको कार्यालयमा राख्न भनिएको थियो। त्यहाँबाट सबै फाइल हराएका हुन् कि भन्ने प्रश्न उठेको छ। यसमा राजगञ्जका पूर्व बीटीओ प्रशान्त बर्मनको कुनै संलग्नता छ कि भन्ने विषयमा पनि प्रश्न उठ्न थालेको छ। राजगञ्जमा जमीन किनबेचमा भएका अनियमितताका प्रमाण लुकाउनका लागि म्युटेशन फाइल हराइएको हो कि भन्ने विषयमा पनि शङ्का गरिएको छ। सरकारी कार्यालयबाट यति धेरै फाइल कसरी हराए भन्ने विषयमा डाबग्राम–फूलबारी क्षेत्रकी विजयी भाजपा उम्मेद्वार शिखा च्याटर्जीले आरोप लगाउँदै भनिन्, तृणमूल शासनकालमा राजगञ्जमा सरकारी कामकाजमा धेरै अनियमितता भएका छन्। त्यसमा थप भूमि विभागबाट फाइल हराउने काण्ड पनि भएको हो। विभागका अधिकारी र कर्मचारीहरू जिम्मेवारीबाट पन्छिन सक्दैनन्। आवश्यक परे दोषीहरूलाई पक्राउ गरिनुपर्छ। राजगञ्जका विजयी भाजपा उम्मेद्वार दिनेश सरकारले पनि भने, तृणमूल सरकारको समयमा राजगञ्जमा जमीन किनबेचमा गम्भीर अनियमितता भएका छन्।
राजगञ्जमा भूमि विभागबाट हराएका फाइलको खोजी
