नेपाल चियाको गुणस्तर जाँचपछि मात्र अनुमति

नेपालबाट चिया आयात हुँदा अबदेखि त्यसको गुणस्तर जाँच गरिनेछ। हप्ताको पहिलो दिनमै टी बोर्डले यस्तो निर्देशन जारी गरेको हो। भारतमा प्रवेश गर्ने सबै चियालाई परीक्षण गरेपछि मात्र अनुमति दिइने निर्देशनमा भनिएको छ। यस पहलबाट चियाबारी मालिकहरू खुशी भएका छन्। धेरै समयदेखि नेपालबाट न्यून गुणस्तरको चिया भित्रिँरहेको तिनीहरूको भनाइ छ। त्यसपछि त्यसलाई दार्जीलिङ चिया भनेर देशका विभिन्न स्थानमा बिक्री भइरहेको थियो। यहाँसम्म कि विदेशमा पनि दार्जीलिङ चियाको नाममा नेपाल चिया पुगिरहेको थियो। अब चियाको परीक्षण आरम्भ भएपछि न्यून गुणस्तरको चियालाई रोक्न सकिनेछ।
धेरै समयदेखि दार्जीलिङ चियाको नाम प्रयोग गरेर राज्यको खुल्ला बजार मात्र नभई देश–विदेशका विभिन्न स्थानहरूमा नेपाल चिया बिक्री भइरहेको आरोप लाग्दै आइरहेको थियो। आरोप अनुसार, नेपाल चियाको गुणस्तर परीक्षण गर्ने कुनै निश्चित व्यवस्था नभएकाले यसको आर्थिक लाभ पूर्ण रूपमा नेपालतर्फ जाँदै थियो। यसकारण एकातिर दार्जीलिङ चियाको परम्परा र प्रतिष्ठालाई क्षति पुगिरहेको थियो भने अर्कातिर राज्यको राजस्वमाथि पनि गम्भीर प्रभाव परिरहेको थियो। त्यसैले अब चियाको गुणस्तर परीक्षण गरेपछि मात्र त्यसलाई बजारमा ल्याउने निर्णय गरिएको हो।

By Paromita