यसपल्ट युवा साथी शिविरमै स्वयम् भाजपा प्रमुख देखिए। हालै सार्वजनिक भएको एक भिडियोमा यस्तो दृश्य देखिएको छ जुन जलपाइगढ़ीको सदर ब्लकअन्तर्गत खड़िया पञ्चायतको बड़तलामा आयोजना गरिएको युवा साथी शिविरको हो। उक्त शिविरमा बहादुर पञ्चायत भाजपा प्रमुख अमित दास उभिएका थिए। भिडियोमा तिनले भने, तिमीहरूकै पैसा राज्य सरकारले तिमीहरूलाई दिइरहेको छ भनेर हामी क्षेत्रका बेरोजगार युवक–युवतीहरूलाई भनिरहेका छौँ। किन तिमीहरूले त्यो पैसा नलिने? तिमीहरूले युवा साथीको भत्ता लिए पनि हामीलाई कुनै समस्या छैन। त्यसैले म शिविरमा आएर फारम भर्न सहयोग गरिरहेको छु।
अर्कातिर सीपीएमका जलपाइगढ़ी जिल्ला सचिव पीयूष मिश्रले भने, सरकारले हाम्रो करको पैसा युवा साथीमार्फत दिइरहेको छ। हामी शिक्षित बेरोजगार युवक–युवतीहरूलाई यो भत्ता लिएर अध्ययनमा प्रयोग गर्न भनिरहेका छौँ।
फेरि अर्को भिडियोमा जलपाइगढ़ी लोकसभा क्षेत्रअन्तर्गत मेखलीगञ्जको एक बैठकमा भाजपा जिल्ला महासचिव दधीराम रायले बने, राज्यमा हामी सत्तामा आयौँ भने लक्ष्मी भण्डारमा 3 हजार रुपियाँ दिनेछौँ। बङ्गालमा घर निर्माणका लागि राज्य सरकारले 1 लाख 20 हजार रुपियाँ दिइरहेको छ। यदि राज्यमा भाजपा सरकार आए घर बनाउन 3.5 लाख रुपियाँ दिइनेछ।
युवा साथी योजनालाई भाजपा–सीपीएमको समर्थन
