सड़क दुर्घटनामा शिक्षकहरू घाइते

मङ्गलवार बिहान जलपाइगढ़ीमा उच्च माध्यमिक परीक्षाको ड्युटीका लागि जाँदै गर्दा सड़क दुर्घटनामा परेर केही शिक्षक घाइते भएका छन्। उक्त घटना राष्ट्रिय राजमार्ग 31 को बालापाड़ा क्षेत्रमा भएको हो।
रिपोर्टअनुसार शिक्षकहरू जलपाइगढ़ीदेखि मैनागुड़ी जाँदै थिए अनि तिनीहरू म्याजिक भ्यानमा सवार थिए। सोही क्रममा पछाड़िबाट एउटा चारचक्के वाहनले ठक्कर दिएको आरोप छ। ठक्करका कारण धेरै शिक्षकहरू घाइते भएका छन्।
दुर्घटनापछि घटनास्थलमा तनाउको स्थिति सिर्जना भएको थियो। आक्रोशित भीड़ले ठक्करमा संलग्न चारचक्के वाहन तोड़फोड़ गरेको आरोप छ। घाइतेहरूलाई उद्धार गरी उपचारका लागि अस्पताल लगिएको छ। जानकारी पाएपछि पुलिस घटनास्थलमा पुगेको थियो र घटनाबारे जाँच आरम्भ गरिएको छ।

By Paromita