सात दिनभित्र कोरोना बिमितको सही विवरण पठाउन स्वास्थ्य मन्त्रालयको निर्देशन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना बिमा दाबी भुक्तानी प्रमाणिकरणको क्रममा कतिपयको संक्रमण पुष्टि भएको विवरण नभेटिएको तथा परीक्षणको मिति नमिलेको भन्दै सात दिनभित्र विमितको सही विवरण पठाउन निर्देशन दिएको छ ।

सोमबार मन्त्रालयले सूचना जारी गर्दै सात दिनभित्र सोमबारभन्दा अगाडिको मितिमा परीक्षण गरिएको तर तोकिए अनुसार विवरण छुट भएका विवरण तोकिएको ढाँचामा अलग्गै सफ्टकपी अनिवार्य रुपमा पठाउन निर्देशन दिएको छ ।

साथै तोकिए बमोजिमको समयभित्र र ढाँचामा ती विवरण उपलब्ध नभएमा कोरोना बिमा दाबी प्रमाणीकरण लागि अयोग्य ठहरिनेछन् । नियमित रुपमा तोकिएअनुसार रिर्पोटिङ नगरिएको पाइएमा ती प्रयोगशालाको सम्बन्धन खारेज गरी नियमानुसार कारबाही समेत गरिने मन्त्रालयले चेतावानी दिएको छ ।

सूचनामा मन्त्रालयले केही व्यक्ति कोभिड–१९ परीक्षण गरिएको मितिभन्दा अगाडिको मितिमा नै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला तथा ईडिसिडीमा रिर्पोटिङ भएको उल्लेख छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले ती विवरण कोरोना बिमा दाबी भुक्तानीका लागि प्रमाणीकरण अयोग्य भएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *