टीकेएम प्रतिस्पर्धी रूपमा अर्बन क्रुजर हाइराइडरको मूल्य निर्धारण गर्दछ

टोयोटा किर्लोस्कर मोटर (टीकेएम) ले आफ्नो ब्रैण्ड-न्यू टोयोटा अर्बन क्रुजर हाइराइडरको मूल्य घोषणा गरेको छ। चरणबद्ध रूपमा घोषणा गरिने, टोयोटाको पछिल्लो प्रस्तावका शीर्ष चार ग्रेडको प्रतिस्पर्धात्मक मूल्य रु. १५,११,००० देखि रु. १८,९९,००० रहेको छ। ब्रैण्ड-न्यू एसयूभी जुलाईको सुरुमा अनावरण गरिएको थियो र बुकिङहरू पनि एकै समयमा घोषणा गरिएको थियो।


यो महत्वपूर्ण माइलस्टोन बारे टिप्पणी गर्दै श्री अतुल सूद, एसोसिएट प्रेसिडेण्ट, सेल्स एण्ड स्ट्रेटेजिक मार्केटिङ, टीकेएम ले भन्नुभयो, “हामीले चरणबद्ध रूपमा अर्बन क्रुजर हाइराइडरको मूल्य घोषणा गर्ने निर्णय गरेका छौं। बाँकी ग्रेडहरूको मूल्य छिट्टै घोषणा गरिनेछ।


बी एसयूभी सेगमेण्टमा आफ्नो किसिमको पहिलो सेल्फ-चार्जिङ स्ट्रङ्ग हाइब्रिड इलेक्ट्रिक भेहिकल अर्बन क्रुजर हाइराइडरको उद्देश्य अनुकरणीय कार्यसम्पादन, उत्कृष्ट इन्धन दक्षता, द्रुत गति, कनेक्टेड कार सुविधाहरू र ग्रीनर फ्यूचरका लागि डिजाइन गरिएको हो। भी ईड्राइव २डब्लुडी हाइब्रिड को मूल्य रु. १८,९९,०००, जी ईड्राइव २डब्लुडी हाइब्रिड रु. १७,४९,०००, एस ईड्राइव २डब्ल्यूडी हाइब्रिड १५,११,००० र भी एटी २डब्ल्यूडी नियो ड्राइव १७,०९,००० रुपये रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *