बाइजुको ‘एजुकेशन फर् अल’ पहल सुरु भएको एक वर्ष पूरा भएको छ

बाइजुको प्रमुख सामाजिक प्रभाव पहल, एजुकेशन फर् अल (ई एफ ए) ले यसको सुरुवातको एक वर्षको माइलस्टोनलाई चिन्ह लगाउँछ र प्राविधिक-सण्चालित शिक्षालाई पहुँचयोग्य, समतामूलक र सम्भव बनाएर २६ राज्य र ३४०+ जिल्लाका ३४ लाख बालबालिकालाई प्रभाव पारेको छ। यस महत्वपूर्ण एक वर्षको वार्षिकोत्सवको अवसरमा, बाइजुस एजुकेशन फर् अल ले ५ मिलियन बाट उच्च गुणस्तरीय डिजिटल शिक्षा मार्फत २०२५ सम्म एक करोड बालबालिकालाई सशक्तिकरण गर्ने आफ्नो लक्ष्यलाई परिमार्जन गरेको छ जुन यस पहलको सुरुवातमा निर्णय गरिएको थियो।

बाइजुस एजुकेशन फर् अल ले आफ्ना साझेदार एनजीओहरू मार्फत भारतको ग्रामीण क्षेत्र र शहरी बस्तीका बालबालिकाहरूलाई बाइजुको नि:शुल्क स्ट्रिमिङ लाइसेण्सहरूमा पहुँचको साथ सिक्ने समान अवसर प्राप्त गर्न सक्षम बनाउँदै आएको छ। ययो पहल विद्यार्थीहरूलाई पर्याप्त श्रोतहरूको साथ सशक्तिकरण र सक्षम बनाएर र डिजिटल सिकाइको बृहत् इकोसिस्टमलाई बढावा दिएर देशभर डिजिटल विभाजन हटाउने दृष्टिकोणमा केन्द्रित छ। एजुकेशन फर् अल (ई एफ ए) को वार्षिक माइलस्टोनमा, दिव्या गोकुलनाथ, को-फाउण्डर, बाइजुस ले भनिन्, “हामी विश्वास गर्छौं कि देशका युवाहरूमा अपार प्रतिभा छ, र सही स्रोत र सहयोगले हामी भारतको भविष्यलाई परिवर्तन गर्न सक्छौं। “

Leave a Reply

Your email address will not be published. Required fields are marked *