भारतमा फेरि बढ्यो कोरोना संक्रमण : एकैदिन ३ लाखभन्दा बढीमा संक्रमण, ४९१ को मृत्यु

भारतमा एकैदिन तीन लाखभन्दा बढीमा कोरोना संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा ३ लाख १७ हजार ५३२ नयाँ कोरोना संक्रमित थपिएका छन्। साथै भारतमा बिहीबार कोरोना संक्रमणबाट ४९१ जनाको मृत्यु भएको छ। २ लाख २३ हजार ९९० जना उपचारपछि निको भएका छन्।
 
हाल भारतमा सक्रिय संक्रमितको संख्या १९ लाख २४ हजार ५१ छ। योसँगै  कोरोना पोजिटिभ दर १६.४१% पुगेको छ। हालसम्म भारतमा कुल ९ हजार २८७ जनामा  ​​कोरोनाको ओमिक्रोन भेरियन्टबाट संक्रमण पुष्टि भएको छ । पछिल्लो एक दिनको  तुलनामा कोरोना संक्रमितको संख्या ३.६ % बढेको हो। 
 भारतमा बुधबार २ लाख ८२ हजारभन्दा धेरै संक्रमित भएका थिए भने ४४१ जनाको  मृत्यु भएको थियो। सोमबार र मंगलबार भने संक्रमण दर कम देखिएको  थियो।
  

Leave a Reply

Your email address will not be published. Required fields are marked *