के आलिया भट्ट हलिउडमा सफल हुने छिन्?

बलिउडका धेरै अभिनेता र अभिनेत्रीहरुलाई हलिउडबाट भूमिकाको अफर आएको छन् तर धेरैले त्यस आफरलाई अस्वीकार गरेका छन् किनकी जति पनि बलिउडका सेलिब्रिटीहरुले ति ऑफरहरु स्वीकार गरेका छन् उनीहरु हलिउडमा आफ्नो करियर स्थापना गर्न असफल भएका छन्। प्रियंका चोपडा भन्दा पहिले धेरै बलिउड अभिनेता र अभिनेत्रीहरूले हलिउडमा आफ्नो प्रतिभा प्रमाणित गर्न असफल भएका छन्।

अहिले आलिया भट्टले हलिउडको फिल्ममा अभिनेत्रि गेल गडोट र अभिनेता जेमी डोरणन सँग काम गर्ने खबर सोशल मीडियामा शेयर गरेकी छिन् र उनले हलिउडमा प्रभाव पार्न सक्छिन् कि सक्दैनन् भन्ने कुरा चाही चासोको विषय हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *