युक्रेनमा पढने तीस सिक्किमी विद्यार्थीहरू सकुशल सिक्किम आइपुगे

अनिश शर्मा अखिल सिक्किम स्टुडेन्ट्स फोरमका अध्यक्षले सिक्किम क्रॉनिकल्स मार्फत युक्रेनमा पढने तीस सिक्किमी विद्यार्थीहरू सकुशल सिक्किम आइपुगेको विज्ञप्ति जारी गरेका छन्। अखिल सिक्किम स्टुडेन्ट्स वेलफेयर फोरमले युक्रेनमा अध्ययनरत सिक्किमका विद्यार्थीहरूलाई सुरक्षित रूपमा बाहिर निकालेकोमा भारत सरकार र सिक्किम सरकारप्रति आभार व्यक्त गर्दछ। विद्यार्थीहरू सुरक्षित रूपमा आफ्नो घरमा आउन र आफ्नो परिवार र आफन्तहरूसँग भेट हुन सक्ने सरकारको सबै प्रयासप्रति फोरमले विद्यार्थीहरूको तर्फबाट धन्यवाद ब्यक्त गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *