मरमा चियाबारी अनि देउराली बस्तीबीच सिरिसेस्थित निर्माणाधीन सड़कमा एउटा वाहन दुर्घटना भएको छ। घटनास्थलको निरीक्षण गर्न साथै सहयोग गर्न तत्काल क्षेत्रीय सभासद मिलेश राई घटनास्थल पुगे अनि घाइतेहरूको उद्धार कार्यमा लागे।
सभासद मिलेश राईले दिएका जानकारीअनुसार वाहनमा तीनजना सवार रहेका थिए। सवार यात्रीहरूमध्ये दुईजनालाई मिरिक अस्पताल लगिएको छ। डब्ल्यूबी 76 बी 0426 नम्बरधारी वाहन सिटोङको रहेको बताइएको छ। तिनीहरू लुगाफाटा बेच्न आवतजावत गरिरहेका बताइएको छ।
वाहन दुर्घटनामा दुई घाइते
