23
Jul
भारतीय नागरिकले दशगजामा फालेका फोहोरको दुर्गन्ध र प्रदूषणका कारण सास्ती खेप्दै नेपाली, आफ्नै भूमिमा नाला बनाउन नेपालीलाई भारतीयले रोके अन्तर्राष्ट्रिय सीमा सम्झौताअनुसार दशगजा क्षेत्रमा भौतिक संरचना निर्माण गर्न र प्रयोग गर्न कसैले पनि पाउँदैन । तर, नेपाल–भारत सिमानामा पर्ने दशगजा क्षेत्रमा भारतीयले निर्वाध रूपमा घरटहरा बनाएका छन् । मोरङको विराटनगर महानगरपालिका–१७ इस्लामपुरमा पर्ने दशगजा क्षेत्रमा भारत विहार राज्यको जोगबनी नगर क्षेत्रका भारतीय नागरिकले घरटहरा, शौचालयजस्ता संरचना निर्माण गरेका छन् । जोगबनीसँग जोडिएको दशगजा क्षेत्रमा भारतीयका एक सयभन्दा बढी घरटहरा छन् । धेरैले घेराबारसहितको घरभित्रै शौचालय निर्माण गरेका छन् भने केहीले कपडाले बेरेर अस्थायी शौचालय बनाएका छन् । शगजा क्षेत्रमा बनाइएका संरचनाका कारण नेपाल भारत सीमा…